के राजेन्द्र बजगाईं कांग्रेस पार्टी परित्याग गर्ने सोचमा पुगेका हुन् ?

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसद राजेन्द्र बजगाईंले पार्टी परित्याग गर्ने सोचमा पुगेको बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत् बजगाईंले ‘केही निकृष्ट पात्र’का कारण कांग्रेस छाड्नु पर्ने अवस्थामा पुगेको जिकिर गरेका छन्।

‘धेरै भारी मनले म नेपाली कांग्रेससँगको आबद्धता अब समाप्त गर्ने सोचमा पुगेको छु। धेरै पटक मृत्युको मुखबाट आफूलाई बचाएँ, धेरैलाई सन्तानको सुख र गास- नामसारी गरिदिएँ, कैयौँको जीवन जोगाईदिएँ । एकाध निकृष्ट पात्रका कारण निर्दोष कांग्रेसलाई छाड्नैपर्ने भयो,’ उनले एक्समा लेखेका छन्।

बजगाईं २०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा गोरखा-१ बाट निर्वाचित भएका थिए। कांग्रेस नेता शेखर कोइराला निकट बजगाईं आसन्न फागुन २१ मा हुने निर्वाचनमा पनि टिकटको आकांक्षी थिए ।

कांग्रेसमा विशेष र नियमति महाधिवेशनको मतभेद हुँदा उनी सुरुमा नियमित महाधिवेशनको पक्षमा थिए। अन्तिममा विशेष महाधिवेशनमा पुगेका बजगाईं गोरखा-१ को टिकट पाउनेमा आशावादी थिए।

विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले गोरखा-१ को टिकट प्रेम खत्रीलाई थमाए। त्यसपछि उनले कांग्रेस छोड्ने सोचमा पुगेको जनाएका हुन्।

तपाइको प्रतिक्रिया
(Visited 124 times, 1 visits today)

epaper

ताजा समाचार

निर्वाचन २२ दिन बाँकी : ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम