सुदूरपश्चिमबाट एमालेकी भण्डारी र काँग्रेसका खाती विजयी

धनगढी । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले)की लीला कुमारी भण्डारी र नेपाली काँग्रेसका खम्मबहादुर खाती विजयी भएका छन् ।

प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार महिला समूहबाट एमालेकी भण्डारीले ३ हजार ९८४ मत प्राप्त गर्दै विजयी भइन् । उनकी प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेतले १ हजार ६ सय ७६ मत प्राप्त गरिन् ।

यसैगरी, अन्य समूहबाट नेपाली काँग्रेसका खम्मबहादुर खाती ३ हजार ९ सय ६९ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपाका टिकाराम जैशीले १ हजार ८०५ मत प्राप्त गरेका थिए । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ५३ र पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको मतभार १९ निर्धारण गरिएको थियो ।

कुल २ सय २४ मतदाता रहेकोमा ४९ प्रदेश सभा सदस्य र १७१ पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष गरी २ सय २० जनाले मतदान गरेका थिए । चार जनाले भने मतदान गरेनन् ।
मतदान नगर्नेमा नेपाली काँग्रेसका प्रदेश सभा सदस्य प्रकाश देउवा, राप्रपाका प्रदेश सभा सदस्य खेमा विष्ट, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र जोशिपुर गाउँपालिकाकी उपाध्यक्ष रेखा कठरिया रहेका छन् ।

महिला समूह र अन्य समूह गरी दुई पदका लागि चार जना उम्मेदवार प्रतिस्पर्धामा थिए । निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गठबन्धन रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 76 times, 1 visits today)

epaper

ताजा समाचार

अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक