सर्वोच्चले झिकायो लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि फेला परेका प्रमाण

काठमाडौं । सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि फेला परेका प्रमाण झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ।

आइतबार सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले फेला परेका प्रमाण झिकाउन आदेश दिएको हो । सर्वोच्चको आदेशमा भनिएको छ, ‘अभियोगपत्र संशोधन सम्बन्धमा फेला परेका थप सक्कल प्रमाण कागजातहरू महान्यायाधिवक्ताको कार्यालयबाट झिकाई आएपश्चात नियमानुसार अन्तरिम आदेश छलफलका लागि पेश गर्नुहोला ।’

महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्धका संगठित अपराध र सम्पत्ति सुद्धीकरण सम्बन्धी मुद्दा फिर्ता लिएको थियो। त्यसका विरुद्ध युवराज सफल, दिनेश त्रिपाठी र आभास रेग्मीले रिट हालेका थिए।

त्यसमाथि सुनुवाइका क्रममा महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेविरुद्ध मुद्दा दर्तापछि थप प्रमाण फेला परेको बताएकी थिइन्। त्यसपछि फेला परेका प्रमाणका आधारमा अभियोग संशोधन गरिएको उनको जिकिर थियो ।

त्यसैमा टिकेर सर्वोच्चले भेटिएका थप प्रमाण झिकाउन भनेको छ। महान्यायाधिवक्ताको कार्यालयबाट प्रमाणसहितका कागजात आएपछि सर्वोच्च अदालतले अन्तरिम आदेश दिने वा नदिने तय गर्ने भएको छ।

तपाइको प्रतिक्रिया
(Visited 371 times, 1 visits today)

epaper

ताजा समाचार

नेकपाको चुनावी प्रतिवद्धता : जेनजीका सवालप्रति आत्मीय, शासकीय स्वरुपमा ढुलमुल