१८२ जना विपन्न विद्यार्थीलाई झोला सहित शैक्षिक समाग्री

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ कोचाबखारीस्थित एक विद्यालयका विद्यार्थीलाई कामना सेवा विकास बैंक लिमिटेड, शाखा राजविराजले झोला सहित शैक्षिक समाग्री वितरण गरेको छ । श्री राष्ट्रिय प्राथमिक विद्यालयका १ सय ८२ जना विपन्न बालबालिकालाई सोमवार झोलसा सहित शैक्षिक समाग्री वितरण गरिएको हो ।

बैंकले सामाजिक उत्तरदायीत्व (सिएसआर) कार्यक्रम अन्तर्गत उक्त शैक्षिक समाग्री वितरण गरेको शाखा प्रबन्धक सुर्यनारायण मुखियाले जानकारी दिए । कार्यक्रमलाई सम्बोधन गर्दै शाखा प्रमुख मुखियाले शिक्षा नै समाज र राष्ट्रको समग्र विकासको आधार भएको उल्लेख गर्दै, कामना सेवा विकास बैंकले भविष्यमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा यस्ता सीआरसी कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा बैंकका क्षेत्रीय कर्मचारी दुर्गा ध्वज अधिकारी, शाखा कर्मचारीहरू रतन प्रसाद यादव र उमाकान्त देवका साथै अभिभावक, विद्यार्थी र स्थानीय तहका जनप्रतिनिधिहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो ।

उप–मेयर राजुदेवी यादव, वडा अध्यक्ष कपिलेश्वर साह, तथा विद्यालयका प्रधानाध्यापक जेनिफर अन्सारीले सो अवसरमा बैंकले गरिब विपन्न विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरेर उनीहरुको पहुँच विद्यालय सम्म पु¥याउन ठूलो योगदान गरेको बताएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

epaper

ताजा समाचार

नेकपाको चुनावी प्रतिवद्धता : जेनजीका सवालप्रति आत्मीय, शासकीय स्वरुपमा ढुलमुल