धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्धारित मतदान स्थलहरु मध्ये सुरक्षाका दृष्टिले २५ दशमलव ५१ प्रतिशत मतदान स्थल मात्रै सामान्य रहेका छन् । यहाँका नौ जिल्लामा गरी एक हजार १७६ मतदान स्थल रहेका छन् ।
यहाँका ९ जिल्लामा गरी एक हजार १७६ मतदान स्थल रहेका छन्
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन २१ गते हुने मतदानमा सुदूरपश्चिम प्रदेशमा निर्धारण गरिएको एक हजार १७६ मतदान स्थल मध्ये तीन सय वटा मतदान स्थल मात्रै सुरक्षका दृष्टिले सामान्य रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार ४८१ (४० दशमलव ९१ प्रतिशत) मतदान स्थल अतिसंवेदनशील र ३९५ (३३ दशमलव ५८ प्रतिशत) मतदान स्थल संवेदनशील छन् ।
कैलाली जिल्लामा सबैभन्दा बढी १०८ मतदान स्थलहरू अतिसंवेदनशील छन् । २३७ मतदान स्थल रहेको यस जिल्लामा १०६ मतदान स्थल संवेदनशील र २३ मतदानस्थल सामान्य छन् । कञ्चनपुर जिल्लाका १३२ मतदान स्थल मध्ये ६६ अतिसंवेदनशील, ४० संवेदनशी र २६ सामान्य सूचिमा छन् ।
डोटीका ११८ मतदानस्थल मध्ये १३ अतिसंवेदनशील, ४४ संवेदनशील र ८१ सामान्य मतदान स्थलमा राखिएको छ । अछामका १३० मतदान स्थल मध्ये ६६ अतिसंवेदनशील, ५० संवेदनशी र १४ सामान्य रहेको बताइएको छ । डडेल्धुराका १०४ मतदान स्थल मध्ये ३३ अति संवेदनशील, ३४ संवेदनशील र ३७ सामान्यको सूचिमा राखिएको छ । दार्चुलाका ११२ मतदान स्थल मध्ये १५ संवेदनशील, ३२ संवेदनशील र ६५ सामान्य मतदान स्थलको सूचीमा राखिएको छ । बैतडीका १२९ मतदान स्थल मध्ये ३३ अति संवेदनशील, २८ संवेदनशील र ६८ समान्यको सूचीमा राखिएको छ ।
प्रतिशतका हिसाबले सबैभन्दा बढी अतिसंवेदनशील मतदानस्थल बाजुरामा छन् । बाजुरामा सामान्य मतदान स्थल ३ वटा मात्रै छन् । बाजुराका ७७ मतदान स्थल मध्ये ६२ मतदानस्थल अतिसंवेदनशील र १२ मतदान स्थल संवेदनशीलके सूचिमा छन् । बझाङमा पनि ३ वटा मतदान स्थल मात्रै सामान्यको सूचिमा छन् । बझाङका १३७ मतदान स्थल मध्ये ८५ मतदान स्थल अतिसंवेदनशील र १२ मतदान स्थल संवेदनशीलको सूचीमा राखिएको छ ।






