Friday, July 23, 2021
HomeBreaking Newsरुकुम हत्याकाण्डले उब्जाएको ३ प्रश्नमा गम्भीर बनौं : कांग्रेस

रुकुम हत्याकाण्डले उब्जाएको ३ प्रश्नमा गम्भीर बनौं : कांग्रेस

,

काठमाडौं । नेपाली कांग्रेसले रुकुम पश्चिममा नृशंस हत्याकाण्ड भएको खबर लगत्तै नेपाली कांग्रेस केन्द्रीय कार्यालय निरन्तर रुकुमको पार्टी नेतृत्व, प्रशासन र स्थानीयसंग सम्पर्कमा रहेकोे जनाएको छ । घटना गम्भीर भएको र यसले केही गम्भीर प्रश्नहरु उब्जाएको भन्दै यो देशलाई नै स्तब्ध बनाएको घटनाको निष्पक्ष र गहिरो छानबिन गरेर दोषीलाई कडा कार्वाही गर्न नेपाली कांग्रेस माग गरेको छ ।

घटनाले ३ प्रश्न उब्जाएको भन्दै प्रवक्ता विश्वप्रकाश शर्मा द्धारा जारी विज्ञप्तीमा भनिएको छ ‘कानूनी रूपमा जातीय विभेद र छुवाछूतलाई दण्डनीय बनाइएको छ, तर नयाँ संविधान पछिको नेपालमा पनि अझै पनि यस्ता घटना हुनु दुःखद हो ।’ नेपाली कांग्रेसले रुकुमको घटनालाई दलित समुदाय माथिको हिंसाका रूपमा लिएको छ । प्रेम सम्बन्धमा जातीय प्रश्न खडा गरेर भएको हत्याको दोषीहरुलाई दण्डित गर्न माग गरेको छ ।

लक डाउनका समयमा एक जिल्लाबाट अर्को जिल्लामा युवाहरूको समुह जाँदै गर्दा रोक्ने कार्य प्रशासनले गरेको भए सायद यस्तो अप्रिय घटना नहुन सक्दैन थ्योे भन्दै विज्ञप्तीमा भनिएको छ ‘राज्यको उपस्थिति न त्यसबेला देखियो न आक्रमणको घटना हुँदै गर्दा । नेपाली कांग्रेसले यो तथ्यलाई गम्भीरतापूर्वक लिएको छ र प्रशासन अनुपस्थिति उपर केन्द्रिय सरकारको धारणा माग गर्दछ ।’

केही निश्चित मानिसले गरेको आक्रमणमा पुरै गाउँ समाजलाई बदनाम गराउने र दोषीलाई जोगाउने षड्यन्त्र हुनसक्ने संकेत पाएका भन्दै । जातीय विभेदको संकुचित मनोबिज्ञानले निहत्था युवाहरू माथि आक्रमणको कार्य गर्ने जो कोहि हुन्, तिनलाई कुनै ढिलाइ नगरी गहन अनुसन्धानको प्रक्रिया पूरा गरेर कानूनत अधिकतम दण्ड दिन कांग्रेसले माग गरेको छ ।

घटनामा जीवन गुमाएका नवराज बिक, टिकाराम सुनार र गणेश बुढा मगरको आत्माको शान्ति कामना गर्दै नेपाली कांग्रेस भेरी नदिमा बेपत्ता भएका भनिएका अन्य युवाको तदारुकता साथ खोजी गर्न नेपाल सरकार समक्ष आग्रह र माग गरेको छ ।

Loading comments...

आजको समाचार

राज लिम्बुको शब्दमा ‘छटपटी’

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश 'छटपटी' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका...

पैसाको लोभमा आफ्नै साथीको हत्या

  चितवन । चितवनमा पैसाको लोभका कारण आफ्नै साथीको गोली हानी हत्या भएको छ । सेनाको एउटै गणमा संगै काम गर्ने आफ्नै साथीको हत्या गरी...

सडकमै धान रोपाई गरेर विरोध

  सप्तरी, राजविराज । निर्माणाधीन हुलाकी सडकको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा सडकखण्डमा खाल्डाखुल्डी र हिलोले समस्या परेको भन्दै बिहीबार स्थानीयवासी र सवारीचालकले चक्काजाम र सडकमै धान...

सरकारप्रतिको अपेक्षा

शेरबहादुर देउवा नेतृत्वको सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को भिजनलाई व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याउनुपर्छ । विभिन्न कारणले गर्दा ओली सरकारले सो भिजनलाई अक्षरशः लागू गर्न...

चेल्सीले हाजार्ड फर्काउन प्रयास गर्ने

लन्डन । इंग्लिस क्लब चेल्सीले आफ्नो पूर्व बेल्जियन फरवार्ड इडेन हाजार्डलाई क्लबमा फर्काउन प्रयास थालेको छ । हाजार्ड २०१९ मा ८८ मिलियन पाउन्डमा स्पेनिस...

साताका लोकप्रिय समाचार

सुजिता मृत्यु प्रकरण : काठमाडौबाट युवक पक्राउ

  काठमाडौं । चितवनको राप्ती नगरपालिकाकी सुजिता भण्डारीको मृत्यु प्रकरणमा नातामा सुजिताको दाजु पर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । आफन्त एक युवकको नाम तोकेर...

पैसाको लोभमा आफ्नै साथीको हत्या

  चितवन । चितवनमा पैसाको लोभका कारण आफ्नै साथीको गोली हानी हत्या भएको छ । सेनाको एउटै गणमा संगै काम गर्ने आफ्नै साथीको हत्या गरी...

सोमपालले चितवनको कप्तानी गर्ने

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका तीव्र गतिका बलर सोमपाल कामीले आगमी असोजमा हुने चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा चितवन टाइगर्सको कप्तानी गर्ने...

नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा उत्साह

  काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो कारोबारमा नेप्से सूचक ९७.२१ अंकले वृद्धि भएको छ । आजैबाट अल्पकालीन र र्दीघकालीन लगानीकर्तालाई फरकफरक पुँजीगत लाभकरको व्यवस्था...

ट्रेन्डिङ

इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने

वासिङ्टन । फोटोहरु राख्न मिल्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने भएको छ । यसअघि एक घण्टा मात्रै लाइभ गर्न मिल्ने व्यवस्था...

बजेटको सशक्त कार्यान्वयन जरुरी

मुलुकले कोरोना भाइरस (कोभिड–१९) को संकट बेहोरिरहेको अवस्थामा सरकारले बिहीबार मात्रै आर्थिक वर्ष २०७७-७८ को बजेट सार्वजनिक गरेको छ । बजेट मितव्ययी र सन्तुलित...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?