काठमाडौं । मिडिया एलायन्स नेपालले नेपाल पत्रकार महासंघको व्यानरमा नेपाल रिपब्लिक मिडियामा गरिएको आन्दोलनमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल रिपब्लिक मिडियामा महासंघ नेतृत्वमा बुधबार तालाबन्दी गरिएको घटनाप्रति अलायन्सले आपत्ति जनाउँदै विवाद र समस्या आपसी संवादबाट गर्नुपर्नेमा जोड दिएको छ ।
‘नेपाल रिपब्लिक मिडियामा पत्रकार महासंघजस्तो जिम्मेवार संस्थाबाट भएको तालाबन्दीको कार्यप्रति यस मिडिया एलायन्स नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । प्रचलित कानुन तथा संवैधानिक व्यवस्थासमेतको बर्खिलाप हुनेगरी कुनै पनि पत्रपत्रिकाको प्रकाशनमा प्रत्यक्ष अवरोध पु¥याउने मनसायसहित भए गरिएका यस्ता कार्यहरूको कुनै पनि अवस्थामा स्वीकार्य नहुने भएको हु ँदा यस संस्था त्यस्ता कार्यहरूको भत्सर्ना गर्दछ,’ नागरिक दैनिकमा तालाबन्दीप्रति मिडिया एलायन्सको आपत्ति अलायन्सद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ ।
अलायन्सले ‘कुनै पनि विवादको अन्तिम समाधान कानूनी प्रक्रियाबाटै हुने भएकाले अनावश्यक दबाब सिर्जनाका लागि अन्य तरीकाले गरिने सबै कार्य तथा सोबाट सञ्चार गृह सञ्चालक–प्रकाशक र सञ्चार गृहको ख्यातिमा पर्न े हानीको सम्बन्धमा गम्भीरतापूर्वक विश्लेषण गरिरहेको’ बताएको छ ।
नेपाल पत्रकार महासंघ नेतृत्वमा नेपाल रिपब्लिक मिडिया प्रालिद्वारा प्रकाशित नागरिक दैनिकमा बुधबार तालाबन्दीसहितका विरोधका कार्यक्रम भएपछि अलायन्सले यस्तो धारणा सार्वजनिक गरेको हो ।






