राष्ट्रपति पौडेलको जापान भ्रमण स्वीकृत

काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको उपलक्ष्यमा जापानमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डल यही माघ १८ देखि २१ गतेसम्म जापानमा हुने कार्यक्रममा सहभागी हुनेछ । बैठकले आगामी फागुन १ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको रासन स्केल र रासनवापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको सरकारको प्रवक्तासमेत रहेका गृहमन्त्री अर्यालले जानकारी दिए ।

मन्त्रिपरिषद्ले नेपाल स्टक एक्स्चेन्ज लिमिटेडको पुनःसंरचनासम्बन्धी सुझाव समिति २०८२ ले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

epaper

ताजा समाचार

निर्वाचन २२ दिन बाँकी : ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम