होम क्वारेन्टाईनमा गर्भवती महिलाको मृत्यु भएपछि जाँच गर्ने डाक्टर होम क्वारेन्टाईनमा

सप्तरी राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका ११ सीमरा चौक निवासी एक गर्भवती महिलाको मंगलबार ज्यान गएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सो वडाकी २४ बर्षिया गर्भवती महिला ममता माझीको बिहान ७ बजे तिर घरमै मृत्यु भएको हो । उनमा कोरोना भए/नभएको पुष्टी गर्न मंगलबारै स्वाब संकलन गरी परिक्षणको लागि धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनीयालाल यादवले जानकारी दिएका छन् ।

गत जेठ ८ गते ज्वरो र पिसाव पोल्ने समस्या भएपछि उनि पति विद्यानन्द माझीलाई साथ लिएर सदरमुकाम राजविराज स्थित स्त्री रोग विशेषज्ञ डाक्टर विनिता यादवको क्लिनक पुगेकी थिईन् । १ सय २ डिग्री ज्वरो देखिएपछि डाक्टर यादवले उनको पिसाव समेत जाच गर्न लगाएकी थिईन् । पेसावमा इन्फेक्सन देखिएपछि कोरोनाको आरडिटी जाँचको लागि समेत डा. यादवले उनलाई गजेन्द्र नारायण सिंह अस्पतालमा जान सुझाव दिएका थिए । तत्काल केही औषधी लेखीदिएर आवश्यक जाच पश्चात घरमै सुरक्षितसाथ बस्न आफुले सल्लाह समेत दिएको डा. यादवको भनाई छ ।

तर उनको आरडिटी परिक्षण नै नगराई उतैबाट उनका पति माझीले घर लगेको आफूले पछि थाहा पाएको डा. यादवले सुनाईन । २ दिन अघिमात्र उनका पति माझिले आफूसँग भेट गर्दा आरडिटी परिक्षण नगराएको भन्ने कुरा खुलेको डा. यादवले बताईन । त्यतिवेला पनि पत्नीलाई जचाँउन दिएको सल्लाह माझीले नमान्दा अकालमै गर्भवती महिलाको ज्यान गएको डा. यादवको भनाई छ ।

मृतक गर्भवती महिलाका पति माझीले घरमै सुरक्षित साथ राखिएको पत्नीको ज्वरो निको भएपनि सोमबार अवेर राती अचानक स्वासप्रस्वासमा समस्या देखिएको बताए ।
‘एका बिहान अस्पताल लैजाने तयारी गर्दै थियौँ’ उनले आखाँबाट आसु झार्दै भने ‘ तर लिएर जान नपाउँदै यस्तो दुःखद घटना भयो ।’ उनले पत्नीमा खासै समस्या नदेखिएकाले डाक्टरले आरडिटी परिक्षण गर्न दिएको सुझाव पालना गर्न ढिलाई भएको सुनाए ।

यता गर्भवती महिलाको जाच गर्ने डा. यादवले कोरोना जाच नगराई ती युवतीको शंकास्पद मृत्यु भएका कारण आफू समेत अहिले घरमै क्वारेन्टाईनमा बस्न बाध्य भएको बताएकी छिन् ।

आरडिटी परिक्षण गराउन सम्झाउँदा पनि महिलाका आफन्तले बेवास्ता गर्दा अब मृतकको पिसीआर रिपोट नआउञ्जेल सम्म आफूपनि होम क्वारेन्टाईनमा बस्ने डा. यादवले जानकारी दिएकी छिन ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले गर्भवती महिला बसोवास गर्ने ठाउँ देखि ५ सय मिटरकै दुरीमा स्वास्थ्य चौकी रहेपनि आफन्तले जाचका लागि नल्याउनु अचम्मको कुरा भएको बताए । उनले मृतक महिलाका पति माझीको समेत परिक्षण गर्ने तयारी गरिएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 230 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

माओवादी र एमालेलाई ‘बोनस’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाजुराकाे स्वामिकार्तिक खापरमा अध्यक्ष, उपाध्यक्षमा कांग्रेसका राेकाया र जाेशी निर्वाचित