काठमाडौं । चलचित्र विकास बोर्डले यो आर्थिक वर्षलाई ‘चलचित्र दक्षता अभिवृद्धि वर्ष’को रूपमा घोषणा गर्दै एक दर्जन दक्षता अभिवृद्धि सम्बन्धी कार्यक्रम तय गरेको छ । आगामी असार मसान्तसम्म सबै अभिवृद्धि प्रशिक्षण पुरा गर्ने गरी यस्ता कार्यक्रमहरू तय गरेको हो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्डले चलचित्रको पेसागत संघ संस्थासँग आबद्ध रहेर उनीहरूको परामर्श अनुसार चलचित्रका विभिन्न पेसासँग सम्बन्धित सिप अभिवृद्धि परियोजना घोषणा गरेको सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।
संघले चलचित्रमा अभिनय गर्ने कलाकारहरूका लागि पौडी र घोडाचढी तालिम सञ्चालन गर्ने भएको छ । केही महिना अघि चलचित्र ‘मुगलान’मा अभिनय गर्ने क्रममा घोडाचढीको चरित्र गर्नु पर्ने भएपछि आफैँले केही दिन लगाएर घोडा चढ्न सिकेको अनुभव डिसीले राजधानीलाई सुनाए । त्यसैले अब अरू कलाकारलाई पनि चलचित्रको लागि घोडाचढी तालिमको आह्वान गरिएको उनले जनाए । घोडाचढीसँगै पौडीको पनि तालिम खुलाइएको छ । यो दुवै तालिम करिब एक हप्ताको लागि हुने उनको कथन छ । चलचित्रका कलाकारहरूको दक्षता वृद्धिको लागि आयोजना हुने यो तालिमको लागि अबको १० दिन भित्र सम्पर्क राख्न कलाकारलाई अनुरोध बोर्डबाट अनुरोध गरिएको छ ।
यो बाहेक बाँकी ११ वटा तालिम चलचित्रका प्राविधिकहरूलाई लक्षित गरेर राखिएको छ । जसमा चलचित्र पत्रकारिता गर्नेहरूलाई स्टिल फोटो तथा भिडियो खिच्नको लागि फोटो तथा भिडियो पत्रकार प्रशिक्षण राखिएको छ । बोर्डले घोषणा गरेको १२ वटै तालिमको लागि १० दिन भित्रै बोर्डमा सम्पर्क राखेर फारम भर्न पनि बोर्ड अध्यक्ष डिसीले सबैलाई अनुरोध गरेका छन् ।
चलचित्र मेक अपमा भविष्य बनाउन चाहनेहरूका लागि बोर्डले चलचित्र मेक अप कार्यशाला पनि आयोजनाको घोषणा गरेको छ । बेसिक देखि चलचित्रसम्मको मेकअप गर्न सक्ने गरी प्रशिक्षण दिन यो कार्यशालाको तयारी गर्न लागिएको पनि बोर्ड अध्यक्ष डिसीले जानकारी गराएका छन् । जसका लागि भारतबाट समेत विज्ञ मेकअप प्रशिक्षक ल्याएर प्रशिक्षण दिने तयारी भइरहेको छ ।
यस्तै नेपाली चलचित्रमा ध्वानि को अवस्था अझै कमजोर रहेको भन्दै ध्वानि मिश्रण तालिमको पनि घोषणा गरिएको छ । यसका लागि नेपालमा रहेका विज्ञहरूले यो तालिम दिने छन् । ध्वानि सँगै चलचित्रको पोस्ट प्रोडक्सनको तालिम पनि दिइने भएको छ । स्टुडियो ध्वानि र पोस्ट प्रोडक्सन दुबैलाई लक्षित गरेर यी दुवैको संयुक्त विशेष तालिम आयोजना गर्न लागिएको पनि अध्यक्ष डिसीले राजधानीलाई जानकारी गराए ।
ध्वानि अन्तर्गत नै अर्को तालिम ‘स्पट सिंक साउन्ड’को पनि प्रशिक्षणको लागि १० दिनको समय राखेर फारम खुला गरिएको छ । चलचित्र, वृत्तचित्र, लघु चलचित्र छायांकन गर्दा छायांकन स्थलमा कसरी वास्तविक ध्वानि र संवादलाई सुरक्षित रूपमा रेकर्ड गर्ने भन्ने प्रशिक्षण यसमा दिइन्छ । स्थलगत ध्वनि रेकर्डको लागि आवश्यक सामग्रीको ’boutमा पनि जानकारी गराइने बोर्ड अध्यक्षको कथन छ ।
चलचित्र तथा लघु चलचित्रमा स्क्रिप्ट लेख्दै आएका तथा लेख्न चाहनेहरूका लागि बोर्डले पटकथा लेखन प्रशिक्षण कार्यशालाको पनि फारम खुला गरेको छ । जसमा चलचित्रको कथा पटकथा र संवाद कसरी तयार गर्ने भन्ने’bout प्रशिक्षण दिइने भएको छ । यसको लागि पनि बोर्डले १० दिनको समय राखेर फारम खुला गरेको छ ।
चलचित्र एवम् लघु चलचित्र छायांकन कला सिक्न इच्छुकहरूका लागि बोर्डले सिनेमाटोग्राफी प्रशिक्षण कार्यशाला घोषणा गरेको छ । १० दिन भित्र फारम भरिसक्नु पर्ने यो प्रशिक्षणका विद्यार्थीलाई विज्ञ छायांकारहरुले चलचित्र छायांकनको सैद्धान्तिक र प्रयोगात्मक दुवै ज्ञान दिने बोर्ड अध्यक्ष दिनेश डिसीले राजधानीलाई जानकारी गराए । चलचित्र छायांकारहरुको लागि नै ड्रोन प्रशिक्षणको पनि बोर्डले घोषणा गरेको छ । यो प्रशिक्षण कम्तीमा एक साताको रहने छ । प्रशिक्षण पनि विद्यार्थीले ड्रोन पाइलटको प्रमाणपत्र समेत प्राप्त गर्ने छन् ।
यस्तै चलचित्र दृश्य सम्पादकहरूलाई लक्षित गरेर रंग संयोजन (कलर करेक्सन) प्रशिक्षण कार्यशाला पनि बोर्डले घोषणा गरेको छ । भिडियोमा कसरी रंग मिलाउने, कसरी लाइट घटाउने तथा बढाउने जस्ता कला यो प्रशिक्षण सिकाइने बोर्ड अध्यक्षको कथन छ ।
यसै गरी ‘एआई’ प्रविधिबाट श्रव्य दृश्य तथा अन्य सामग्री कसरी निर्माण तथा परिचालन गर्ने भन्ने’bout प्रशिक्षणसँगै ‘एआई’ सम्मेलन पनि बोर्डले घोषणा गरेको छ । ‘एआइर्’ प्रशिक्षणमा सहभागिताको लागि पनि बोर्डले फारम खुला गरेको छ । यी सँगै बोर्डले प्रतिलिपि अधिकारलाई लक्षित गर्दै प्रतिलिपि अधिकार, साइवर, मानसिक स्वास्थ्य अभिमुखीकरण तालिम तथा कार्यशालाको पनि घोषणा गरेको छ ।
हालै मात्र देश भरका चलचित्र घरमा पुगेर बक्स अफिस सुरक्षित सञ्चालनको प्रशिक्षण सम्पन्न गरेपछि यसरी एकसाथ एक दर्जन प्रशिक्षणको लागि फारम खुला गरिएको चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीले राजधानीलाई जनाए ।






