संसद् भवनको परिसरमा जेनजी सहिदको शालिक राखिने

काठमाडौं । सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनको परिसरमा जेनजी आन्दोलनका सहिदको शालिक राखिने भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस सम्बन्धी व्यवस्थालाई स्वीकृति दिने निर्णय गरेको गृहमन्त्री एवं सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले बताए । यसका लागि सरकारले सिंहदरबार परिसरको गुरुयोजनाको संशोधनका गर्न स्वीकृति दिएको छ।

मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता अर्यालले भने, ‘निर्माणाधीन संसद् भवन परिसरमा जेनजी आन्दोलनका सहिदहरूको शालिक निर्माण गर्ने गरी सिंहदरबार परिसरको गुरुयोजनाको संशोधन गर्न स्वीकृति दिने निर्णय गरियो ।’

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

epaper

ताजा समाचार

नेकपाको चुनावी प्रतिवद्धता : जेनजीका सवालप्रति आत्मीय, शासकीय स्वरुपमा ढुलमुल