Sunday, April 18, 2021
Home Editor-Picks संक्रमण थप बढ्दो, तयारी फितलो

संक्रमण थप बढ्दो, तयारी फितलो

,

काठमाडौं । कोरोना भाइरस संक्रमण दर बढ्दै जाँदा परीक्षणका लागि अत्यावश्यक मानिएको पीसीआर कीट सरकारसँग अत्यन्त न्यून रहेको पाइएको छ । स्वास्थ्य सेवा विभागका अनुसार ५० हजार पीसीआर कीट मौज्दात छ ।

संक्रमितको संख्या ८ सय ८६ पुगिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ लाई मध्यनजर गर्दै १ हजार ५ सय केसलाई आधार मानेर कीटलगायत स्वास्थ्य सामग्री खरिद गरेको थियो । १ लाख २८ हजार पीसीआर कीट प्राप्त भएकामा ७८ हजार कीट वितरण गरिएको छ । थप १ लाख ७५ हजार पीसीआर कीट खरिद प्रक्रिया अघि बढाइएको छ । देशभर २० स्थानबाट कोरोना परीक्षण हुँदै आएको छ ।

– अब ५० हजार पीसीआर कीट बाँकी
– १५ सय संक्रमितलाई पुग्ने कीट मात्रै खरिद
– परीक्षण सुस्त

गत शुक्रबार आरटी–पीसीआर प्रविधिबाट ३ हजार ७ सय ५२ जनाको कोरोना परीक्षण भएको थियो । गत शनिबार ३ हजार ४ सय ६९, आइतबार २ हजार ८ सय ८८, सोमबार २ हजार ८ सय ८२ र बुधबार ३ हजार ८ सय ५३ जनाको कोरोना परीक्षण भएको छ ।

अब सरकारसँग १ हजार ५ सय जना संक्रमितलाई पुग्ने कीट मात्रै बाँकी छ । स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेलका अनुसार १ हजार ५ सय संक्रमितलाई आधार मान्दै कोभिड नियन्त्रणसम्बन्धी सामग्रीको आवश्यकता पहिचान गरिए पनि केसको संख्या बढेसँगै हाल सो आधार पुनरावलोकन गरिएको हो ।

उनले भने, ‘कोभिडसम्बन्धी सामग्रीको आवश्यकता पहिचान गर्न १ हजार ५ सय केसलाई आधार मानेर पुर्वानुमान गरेका थियौं । केसको संख्या बढेसँगै पुर्वानुमानलाई पुनरावलोकन गरेका छौं ।’

कोभिड–१९ सँग सम्बन्धित सामग्रीको आवश्यकता पहिचान गर्न १ हजार ५ सय केसलाई आधार मानेर पुर्वानुमान गरेका थियौं । केसको संख्या बढेसँगै पूर्वानुमान पुनरावलोकन गर्दै ५ हजार केसका लागि चाहिने सामग्रीलाई आधार मानेर काम अघि बढाइएको छ ।
भोगेन्द्र डोटेल, व्यवस्थापन महाशाखा निर्देशक, स्वास्थ्य सेवा विभाग

उनले ५ हजार केसलाई चाहिने सामग्रीलाई आधार मानेर काम अघि बढाइएको बताए । हालसम्म १२ हजार भीटीएम मौज्दात छ । १ लाख भीटीएम खरिद गरिएकामा ८८ हजार ओटा जिल्ला र प्रदेशमा वितरण गरिएको छ ।

महाशाखाका निर्देशक डोटेलले २ लाख ५ हजार भीटीएम खरिद प्रक्रिया अघि बढाइएको र छिट्टै प्राप्त हुने बताए । प्रदेशस्तरका प्रयोगशालामा कोभिड–१९ परीक्षणका लागि स्वाबको नमुना संकलन गरेर सुरक्षित राखिने सामग्री (भीटीएम)को अभाव हुन थालेको छ ।

यस्तै, ९२ हजार सेट पीपीई मौज्दातका रूपमा रहेको छ । १ लाख ४६ हजार थान पीपीई सेट प्राप्त भएकामा जिल्ला र प्रदेशमा ५४ हजार थान वितरण गरिएको छ । १ लाख ८० हजार थान एन ९५ मास्क स्टक रहेको छ । यस्तै, व्यवस्थापन महाशाखाका अनुसार १० हजार बोतल सेनिटाइजर पठाइएको छ ।

बुधबार मात्रै थप १ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ८ सय ८६ पुगेको छ । संक्रमितमध्ये ७ सय ९६ पुरुष र ९६ जना महिला रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितमध्ये १ सय ८३ जना डिस्चार्ज भएका छन् । ४७ जिल्लामा संक्रमण पुष्टि भएको छ । देशभर ६ सय ९९ जना आइसोलेसनमा उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

(Visited 331 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

पार्टीको ह्वीप उलंघन गर्ने तीन सांसद पार्टीबाट निष्कासित

काठमाडौं । संसदीय दलको ह्वीप उल्लंघन गर्दै कर्णालीमा रहेको माओवादी सरकारको पक्षमा मतदान गर्ने तीन जना सांसदलाई एमालेले पार्टीबाट निष्कासित गरेको छ । एमाले...

थप ९०० मा कोरोना सङ्क्रमण पुष्टि

काठमाडाैं ।  देशभर पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार पछिल्लो समय ६ हजार...

संक्रमणको प्रभाव शैक्षिक संस्थामा

काठमाडौं । यतिबेला शैक्षिक सत्र अन्त्य भएर भर्ना अभियान सुरु हुनुपर्ने भए पनि कोरोना संक्रमण प्रभावले नयाँ शैक्षिक सत्र सम्बन्धमा अन्योलता छाएको छ । संक्रमणदर...

भेरी अस्पताल कोरोना संक्रमितले भरियो

नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पतालमा कोभिड–१९ का गम्भीर प्रकृतिका विरामीको चाप बढेपछि थप कोरोना संक्रमितलाई अस्पतालले उपचारका लागि आइसोलेशसनमा राख्न समेत नसक्ने भएको छ...

च्याम्पियन्स लिगः सेमिफाइनल समीकरण पूरा

लन्डन । च्याम्पियन्स लिगको सेमिफाइनल खेल्ने टोली निर्धारण भएको छ । सेमिफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र इग्लिस क्लब म्यान्चेस्टर सिटी तथा...

ट्रेन्डिङ

उद्धार, राहत र पुनःस्थापनाका काममा परिचालित हुन नेकपाको आह्वान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको बैठकले सम्पूर्ण जनप्रतिनिधि, पार्टी कार्यकर्ता एवं युवाविद्यार्थीमा प्राकृतिक विपत्तिका बेला स्वयंसेवी भावनाका साथ उद्धार, राहत र...

इटालीमा कोरोना भाइरसबाट एकैदिन ७९३ को मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी इटाली प्रभावित बनेको छ । इटालीमा एकैदिन ७ सय ९३ को मृत्यु भएको छ । इटालीमा कोरोनाका...

दशैँमा सुनसान गुल्मीका शक्तिपिठ

तम्घास । गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसिथोक बाहुनगाउँस्थित कुमारीदेवी मन्दिरमा गत बर्ष सातवटा पञ्चल, १४ पाडा र २६ पाठा बली चढाइयो । उक्त बली चढाउदा...

नगरप्रमुख मलासीको स्वासप्रस्वासमा समस्या, उपचारार्थ काठमाडौँ लगियो

डोटी । दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीको स्वासप्रस्वासमा समस्या आएपछि उपचारार्थ नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौँ लगिएको छ । उनी भारतबाट फर्किएका नागरिककलाई क्वारेन्टिन राख्न...

कोभिड, मन्दी र लगानी

सन् २०१९ को अन्त्यदेखि चीनबाट सुरु भएको कोभिडको महामारी २०२० को मध्यमा आइपुग्दा पनि सेलाउने लक्षण देखापरेको छैन । नेपाललगायत विश्व नै यसको आक्रमणबाट...

कांग्रेस अझै पर्ख र हेरकै रणनीतिमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा अझै पर्ख र हेरकै स्थितिमा देखिएको छ । उसले यस विषयमा...

प्रधानमन्त्रीले गौतमलाई नै सिफारिस गर्नुहुन्छ : प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा पार्टीका उपाध्यक्ष वामदेव गौतम नै मनोनीत हुने बताएका छन् । प्रेस सङ्गठन...

कोरोना संक्रमितको उपचार र शव व्यवस्थापनका विषयमा छलफल गर्न बैठक सुरु

तुलसीपुर । तुलसीपुरको कोरोना विशेष अस्पतालमा उपचारका लागि जिल्ला बाहिरबाट कोरोना संक्रमित बिरामीलाई आउन दिने या नदिने भन्ने विषयमा छलफल गर्न बैठक सुरु भएको...

कोरोना भाइरसको औपचारिक नाम कोभिड–१९

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चीनबाट फैलिएको नयाँ कोरोना भाइरसबाट हुने रोगको औपचारिक नामकरण गरेको छ । डब्लुएचओका अनुसार अब कोरोना...

बार्सिलोना फर्कने ओनानाको चाहना

मड्रिड । स्पेनिस क्लब बार्सिलोनाको एकेडेमीका हुर्किएका क्यामरुन तथा डच क्लब आयाक्सका गोलरक्षक आन्द्रे ओनानाले बार्सिलोना आफ्नो घर रहेको र क्लबले चाहेको अवस्थामा जुनसुकै...

विप्लपको लडाकु समूहमा बालबालिका, को–को पक्राउ परे ?

उदयपुर । प्रतिबन्धित नेपाल कम्युनिष्ट पाटी बिप्लब समुहको लडाकुहरुमा अधिकाश बालबालिकालाई प्रयोग गरिएको छ । उदयपुरको चुरे जंगलबाट हतियारसहित पक्राउ परेको लडाकु मध्ये ६...

मन्त्री रायका छोरा दिनेशको तलब रोक्का

जनकपुरधाम । प्रमुख स्वकीय सचिवको तलब खाँदै आएका प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायका छोरा दिनेशकुमार यादवको तलब रोक्का...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)