कोरोना महामारी र रोजगारीको अवसर

१२ वर्षकी छोरी लिएर गत वर्ष दसैंको बेला महेन्द्रनगरको उल्टाखाममा वर्षौं पहिले किनेको जमिन हेर्न जाँदा त्यहाँको वातावरण देखेर म स्तब्ध भए । घरमा जवान छोरी भएका आफन्त देशको सुरक्षा व्यवस्था र सुरक्षाकर्मीप्रति असन्तुष्ट र निराश देखिन्थे । अहिलेको विश्वव्यापि लकडाउन जस्तो त्यतिबेला उल्टाखाममा देखिन्थ्यो । घरका छोरीबुहारी घरबाहिर एक्लै हिँड्न डराएका देखिन्थे । मृतकका लुगा पखालेको भिडियो बाहिर आएसँगै सुरक्षाकर्मीसमेत सम्मिलितजस्तो देखिएको उक्त घटनाले त्यहाँका जनता आतंकित बनेका थिए । कुनै ठूलै मान्छेको इसारामा यस्तो कुकृत्य भएको सबैले अड्कल गरे । निर्बाध रूपमा निडर भई हिँड्न सक्ने त्यहाँको वातावरणमा कालो बादल मडारिएको थियो । निर्मला बलात्कार र हत्याका दोषीलाई अझै पनि सरकारले पक्रन नसकेको भनौं वा पक्रन नचाहेको यो पहिलो घटना भने हैन । ३३ किलो सुन काण्डका दोषीनजिक पुगेका हल्ला धेरैपटक आए । अन्तमा सुन बोक्ने भरिया र सोझा सुरक्षाकर्मी पक्रनेबाहेक मुख्य दोषी फरार नै छन् ।

देशका पढेलेखेका र बौद्धिक वर्ग किन परिवार छोडेर विदेश हानिन्छन् ? किन एक मजदुरले आफ्नै देशमा पसिना बगाउन छोडेर विदेशी भूमि रोजिरहेको छ ? झन्डै ३ करोड जनसंख्या भएको नेपालमा करिब १ करोड युवा किन देश बाहिर छन् ? कोभिड–१९ संक्रमण नआएको भए नेपालीको विदेश मोह घट्ने थिएन । २०७६ सालको फागुनसम्म मात्र महिनामा करिब १३ सय नेपाली विदेश उडिरहेका थिए । मेलम्ची खानेपानीजस्तै पुल निमार्णको कार्य होस् या सडक वा विमानस्थल निर्माण नै किन नहोस् जुनसुकै विकासका योजना पूरा हुन यहाँ वर्षौं लाग्छ । आयोजना निर्माण सम्पन्न गर्छु भन्नेले मजाले खाएर पनि पचाइसकेको हुन्छ तर देशमै केही गर्छु भन्ने एक युवा आफ्ना सपना थाती राख्दै बूढो भइसकेको हुन्छ । अहिलेसम्म जनताले योभन्दा फरक देख्न सकेका छैनन् । दुई वर्ष पहिले दुई तिहाइको सरकार आएकोमा जनता कम्ती खुसी थिएनन् ।

सबैले देशको कायापलट नै हुन्छ भनेर सोचेका थिए । कायापलट त भइरहेको छ तर कतातिर ? होली वाइन काण्डदेखि एनसेल, फोर जी, वाइडबडी विमान खरिद, बालुवाटार जग्गा प्रकरण, सांसद अपहरणजस्ता काण्डमाथि काण्ड मचाएको सरकारले युवाका भावना बुझ्न सकेन । भर्खरै आफ्नै पार्टीका उच्च पदस्थ नेतालाई समेत जानकारी नगराई प्रधानमन्त्री केपी ओली र राष्ट्रपति मिलेर ल्याइएका दुईवटा विधेयकले जनताको भावनामा कुठारापात गरेजस्तै यसपालि भने आफ्नै दलका नेतामाथि कुठारापात गर्न पुगे । कालापानी, लिम्पुयाधारा, लिपुलेक भारतले आफ्नो नक्सामा सार्वजनिक गरेको कुरा महिनौं अघि आइसकेका थिए । यसलाई फिर्ता ल्याउने कोसिस त परै जाओस् आफ्नै देशको लिपुलेकमा भारतले लामो सडक बनाउँदासमेत सरकारले पत्तो पाएन । मुखले सुखी नेपाली र समृद्ध नेपालको चाहने नै सर्वोपरि छ भनिरहने सरकारको काम गराइ भने ठ्याक्कै उल्टो देखिन्छ । अर्कोतिर लिम्पुयाधारा, कालापानी कहिल्यै पनि नेपालको नक्सामा नै थिएन भन्ने भूमिसुधारमन्त्रीको भनाइले देशप्र्रेमी जनतालाई चकित र दुःखी तुल्यायो ।

दलको सरकार आए पनि आफ्नो स्वार्थभन्दा माथि उठेर देशको ’boutमा चिन्ता गरेको देखिएन

देशको भलो चाहने एक युवा, सरकारले अहिलेसम्म गरेका कामबाट निरुत्साहित मात्र भइरह्यो । जुनसुकै देशका धेरैजसो ठाउँमा उसले भ्रष्टाचार, घोटाला र भनसुन मात्र देख्यो । देशमा काम गर्ने अवसर उसले पाउन सकेन । सरकारका काम कारबाहीका ’boutमा केही बोल्न सक्ने, लेख्न सक्ने युवालाई थुन्ने, जेल हाल्ने माफी माग्न लगाउने गर्न थाल्यो । कृषि, उद्योगधन्दा, पशुपालनजस्ता पेसामा लागेका युवाहरूको उत्पादनलाई बेवास्ता गर्दै छिमेकी रिसाउने डर र कमिसन खान पल्केर वैदेशिक उत्पादनलाई बढी महŒव दियो । किसानका बारीमा तरकारी, रूखमा फलफूल कुहे तर सरकारले त्यसलाई बजारसम्म पु¥याउने कुनै चासो दिएन ।

श्रम गरे पनि श्रमको उचित मूल्यांकन नहुँदा साथै नयाँ कलकारखाना, उद्योगधन्दा नखुल्नु र खुलेका पनि बन्द हुनुले युवावर्ग विदेश जान बाध्य भए । धेरै जसो सुविधासम्पन्न अस्पताल सहर केन्द्रित मात्र हुनाले डाक्टर बन्न दुःख गरी लाखौं पैंसा खर्च गरेर पढेका सबैले रोजगारी पाउन सकेनन् । ६८ प्रतिशत भूभाग ओगटेको पहाडमा सुविधासम्पन्न ठूला अस्पताल, अत्याधुनिक प्रविधिको कमी र उच्च शिक्षाको अभाव हुँदा डाक्टर तथा नर्सहरू पेट पाल्न भए पनि विदेश हानिए । नयाँ कलकारखाना, पुल, हवाई मैदान, रेलवे ट्र्याक, जलविद्युत् आयोजनाजस्ता निर्माणका कार्यमा सरकारले बेवास्ता गर्दा इन्जिनियरलाई पनि आफ्नै देशमा गरिखाने वातावरण बनेन ।

केही अपवादबाहेक अहिलेसम्म जुनसुकै दलको सरकार आए पनि आफ्नो स्वास्र्थभन्दा माथि उठेर देशको ’boutमा चिन्ता गरेको देखिएन । दुई तिहाइ बहुमत प्राप्त सरकारले पनि चलखेल भयो, खुट्टा तान्न थाले, सञ्चारकर्मीले साथ दिएन, काम गर्ने वातावरण भएन मात्र भनिरह्यो, काम गरेर देखाउन भने सकेको छैन । आखिर सरकारको काममा कसले बाधा पु¥याइरहेको छ ? कही सरकार आफैंले त होइन ? झन्डै दुई महिना हुन लागिसक्यो सारा देशवासी लकडाउनमा घरभित्रै बसेका छन् । कामकाज केही नभएको समयमा चेतनशील वर्गलाई देशमा के भइरहेको छ भनेर जान्ने उत्सुकता अरू बेलाभन्दा पनि बढ्ता हुनु स्वाभाविक हो ।

सधैं पत्रकारहरूको मात्र खेदो खनिरहने गोकुल बास्कोटा मुछिएको ७० करोडको प्रेस किनबेच सम्झौताले नराम्ररी झस्किएका जनतालाई लकडाउनभरि सरकारले गरेका अन्य कार्यले पनि कम्ती पिरोलेन । कोरोना भाइरसले चीनमा ताण्डव मच्चाइरहेको थाहा भए पनि दुई महिनाअघि नै सम्झौता भएको स्वास्थ्य सामग्री खरिद प्रकरणलाई खारेज गरेर जनताले रगत पसिना बगाएर तिरेको करबाट आफूलाई फाइदा हुनेगरी रातारात स्वास्थ्य सामग्री किनिँदा कुनचाहिँ नेपालीलाई सरकारले गरेको काममा विश्वास लाग्ला ?

लकडाउनको समयमा घरपरिवारको वातावरणलाई जति शान्त बनाउन खोजे पनि सरकारले बेवास्ता भइरहेका नराम्रा घटनाक्रमले भने जनताको मनलाई शान्त बनाउन सकिरहेको छैन । सयौं नेपाली अहिले पनि लामो समयदेखि भोकभोकै र घर जान नपाएर देशका कयौं नाकामा रगतको आँसु बगाइरहेका छन् । भारतलगायत अन्य देशबाट कतिपय नेपाली देश फर्किन गुहार मागिरहेका छन् । देश भरिका लाखौं बालबालिका पढाइबाट वञ्चित भएर घरभित्र थुनिएका छन् । कोरोना भाइरस परीक्षण एकदमै ढिलो भइरहेको छ । कतै किट त कतै पीसीआर सकेकाले समयमा परीक्षण हुन सकेको छैन । कतिपय ठाउँमा बनाइएका क्वारेन्टिनको दयनीय अवस्था छ । डाक्टर आउने तीन घण्टा लामो प्रतिक्षा गर्दागर्दै क्वारेन्टिनमै मृत्युवरण गर्नपुग्नु झनै दुःख लाग्दो छ ।

यतिखेर बन्द कोठामा बसेर सलाम गर्न मन लागेको छ, कुलमान घिसिङलाई । जसको मिहिनेत र लगनका कारण २२ घण्टासम्म अँध्यारा रहने गरेका हाम्रा कोठाहरू उज्याला भएका छन् । सधैंभरि बिजुली आइरहने हुनाले कतिपय कर्मचारीले अफिसको काम पनि घरबाटै गर्ने गरेका छन् । यसकारण धेरै जना कर्मचारी बेरोजगार हुनबाट जोगिएका छन् । कक्षा १ देखि स्नातकोत्तरसम्मका कतिपय विद्यार्थीले अनलाइन कक्षा पढ्न पाइरहेका छन् । प्रधानमन्त्रीको नजरमा मन र मुटु नभएका पत्रकार, सञ्चारकर्मीप्रति हार्दिक आभार जो निडर र निष्पक्ष भई कोरोना महामारी लागेको बेलामा पनि ठाउँठाउँ डुल्दै देशमा घटिरहेका राम्रा÷नराम्रा घटानालाई जनतासामु ल्याएर सुुसूचित बनाउन लागिपरेका छन् ।

भर्खरै लिपुलेक, कालापानी, लिम्पुयाधारासहितको नयाँ नेपालको नक्सा सरकारले सार्वजनिक गरेको छ । अब देशको जमिनमा देशवासीले प्रभुत्व जमाउन सक्नुपर्छ । भारतलाई त्यो जमिन मेरो होइन भन्न बाध्य नपारेसम्म र भारतको नक्साबाट हाम्रो जमिन नहटेसम्म एकतर्फी नक्सामा जमिन देखाएर आफ्नो भन्न अप्ठेरो देखिन्छ । अंग्रेजीमा नथिङ इज इम्पोसिबल भनेजस्तै सरकारले चाह्यो भने गर्न सक्ने रहेछ भन्ने यसले देखाएको छ । सरकारले देश निर्माणका अरू काम पनि यसरी नै अडिग भएर गर्न सक्यो भने देशले कोल्टे फेर्न बेर लाग्नेछैन । एकचोटि फेरि स्वदेश फर्किसकेका युवालाई देशमै रोजगारी सिर्जना गरी विदेश जानबाट रोक्न सरकारले गम्भीर भएर काम गर्नु जरुरी देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 243 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदाता नामावलीमा नाम नभएपछि विप्लवले मतदान गर्न पाएनन्