Sunday, May 9, 2021
Home बिचार पछिल्लो महामारी कोरोना भाइरस

पछिल्लो महामारी कोरोना भाइरस

,

मानिसको उत्पत्तिसँगै विभिन्न रोग पनि नयाँनयाँ संस्करणमा देखापर्दै गइरहेको वैज्ञानिक विश्वास छ । कतिपय घातक जीवाणु, विषाणु, ब्याक्टेरिया, भाइरस आदि त मानिसभन्दा पनि जेठा छन् । यिनै जीवाणु, विषाणु, ब्याक्टेरियाबाट समयसमयमा अनेक नाम गरेका जीवाणु एवं विषाणुको उत्पत्ति हुँदै गएका छन् । यसैक्रममा पछिल्लोपटक विकसित कोरोना अर्थात् कोभिड–१९ को मामारीले विश्व नै ढाकेको छ ।

ढुंगेयुगदेखि आजसम्म विभिन्न कालखण्डमा उत्पत्ति भएका महामारीबाट करोडौं मानिसले ज्यान गएको छ । प्राचीन कालमा न त चेतना थियो न त औषधि नै । औषधि विज्ञानको विकासपछि मात्र भएको हो । अहिले त हामी यो अवस्था छौं भने त्यति बेला करोडांै मानिसले यस्ता महामारीका कारण ज्यान गुमाउनु अनौठो थिएन । नयाँ रोगको औषधि पत्ता लगाउन समय लाग्छ । विश्वभर फैलिइरहेको कोभिड–१९ विषाणुको पनि औषधि पत्ता लगाउन बाँकी छ ।

महामारी रोगको अध्ययनले सबैभन्दा पुरानो रोग औलो भएको पुष्टि गर्दछ । मानिसको उत्पत्ति भएदेखि नै एसिया, अफ्रिका र अमेरिकी महादेशका उष्णीय क्षेत्रमा प्रत्येक वर्ष करोडांै मानिसलाई प्रभावित पार्ने गरेको छ । औलोको कारण मानिसको मृत्यु भई नै रहेको छ । यो रोग एनेफिलीसमाउ भन्ने लामखुट्टेको टोकाइबाट सर्छ । नेपालमा पनि औलोको कारण धेरै मानिसले ज्यान गुमाइरहन्छन् । इसापूर्व ३ हजारमा चीनको हेमन मंघा र मियाओ जिगोयु भनिने क्षेत्रमा फैलिएको महामारीले त्यस क्षेत्रका बस्तीलाई नै ध्वस्त पारेको इतिहास छ । यसैगरी इसापूर्व ४ सय ३० मा ग्रिसको एथेन्स राज्यमा फैलिएको महामारीको असर लगातार पाँच वर्षसम्म रहेको थियो ।

सन् १६५ मा रोमन साम्राज्यमा एन्टानाइन प्लेगको महामारी फैलियो । यसबाट ५० लाखभन्दा बढी मानिसको मृत्यु भएको थियो । एसिया महादेशमा पनि यसको असर परेको थियो । सन् २५० देखि २७१ सम्म युरोपमा फैलिएको साइप्रियन प्लेग महामारीले रोम सहरमा मात्र प्रतिदिन ५ हजार मानिसको ज्यान लिँदा लाखौंको संख्यामा मानिसले ज्यान गुमाएका थिए । यसैगरी सन् ५४१ देखि ५४२ सम्म जस्टिनियन प्लेगबाट एसिया, उत्तर अफ्रिका, अरेबिया र युरोप महादेश प्रभावित भएका थिए । यो महामारीले ५ करोड मानिसको ज्यान लिएको अनुमान छ । तत्पश्चात् सन् १३४७ देखि १३५१ सम्म मुसाबाट उत्पन्न भई झिंगाबाट फैलिएको ब्यनोबिक प्लेग महामारी एसियाबाट सुरु भई युरोपसम्म फैलदा यसले २० करोडको ज्यान लिएको थियो । महामारीपछि युरोपको जनसंख्या पुरानै अवस्थामा आउन २ सय वर्ष लागेको थियो भनिन्छ । विश्व इतिहासमा यसलाई कालो मृत्यु (ब्ल्याक डेथ) भनिन्छ । अहिले कोभिड–१९ मानिसबाट मानिसमा सर्ने थाहा पाएपछि संक्रमितलाई ३० दिनसम्म क्वारेन्टिन (एकान्त)मा राख्ने अभ्यास भएको छ । त्यतिबेला यसलाई क्वारान्टिनो भनिन्थ्यो ।

अमेरिकन प्लेगले सन् १५११ देखि १५३२ सम्ममा १ करोड ८० लाख मानिसको ज्यान लिएको थियो । नाक र कानबाट रगत बग्ने र अत्यधिक ज्वरो आउने लक्षण भएको यो महामारीबाट पश्चिमी गोलाद्र्धमा रहेका आदिवासीको अत्यधिक मृत्यु भएको थियो । यसैगरी, सन् १५२० मा युरोप, दक्षिण अमेरिका, एसिया, अरेबियालगायत विश्वमा बिफरको महामारी देखापर्दा ५ करोड ६० लाख मानिसको ज्यान गएको थियो । नेपालमा पनि यसको असर पर्दा धेरै मानिसको ज्यान जानुका साथै धेरै अपांग भएका थिए । खोप पत्ता लागेपछि बिफर उन्मूलन भएको छ ।

कोरोना महामारीजस्तै इतिहासका विभिन्न कालखण्डमा धेरै प्रकारका महामारीबाट मानव जगत् आक्रान्त हुँदै आएको छ

विभिन्न समयमा उत्पन्न हुने महामारीको क्रममा सन् १५४५ मा मेक्सिकोमा देखापरेको कोकोलिज्ट्ली भनिने महामारीले ४ वर्षभित्रै संसारभर १ करोड ८० लाख मानिसको ज्यान लिएको थियो । सन १६६६ मा लन्डनमा देखापरेको ग्रेट प्लेग अफ लन्डनले उक्त सहरका १५ प्रतिशत मानिसको ज्यान लिएको थियो । यसैगरी, फ्रान्सको मार्सेल सहरमा सन् १७२९ मा मुसाबाट सरेको प्लेग महामारीले फ्रान्सको मार्सेल सहर र वरिपरिका बस्तीमा १ लाखभन्दा बढी मानिसको ज्यान लिएको थियो ।

सन् १७७० मा रुसको मस्को सहरमा रसियन प्लेग नामक महामारी देखापर्दा १ लाख मानिसले ज्यान गुमाएका थिए । महामारीको भनायक इतिहास दोहो¥याएर सन् १८४० मा भारतमा देखापरेको हैजा रोगले एसिया, युरोप, उत्तर अमेरिका र अफ्रिकालगायत विश्वका विभिन्न भागमा १० लाख मानिसको ज्यान लिएको थियो । विश्व स्वास्थ्य संगठनअनुसार हैजाबाट हरेक वर्ष १३ लाखदेखि ४० लाख मानिस प्रभावित हुने गरेको पाइन्छ । प्रथम विश्वयुद्धको अन्त्यतिर सन् १९१८ मा देखापरेको स्पेनिस फ्लुबाट ५० करोडभन्दा बढी मानिस संक्रमित हुँदा यसले १० करोडको हाराहारीमा मानिसको ज्यान लिएको थियो ।

यसैगरी, कुखुराबाट मानिसमा संक्रमित एसियन फ्लु सन् १९५७ मा चीन, सिंगापुर, हङ्कङ् हुँदै विश्वभरि फैलदा ११ लाखभन्दा धेरै मानिसको ज्यान लिएको थियो । सन् १९६८ मा हङकङबाट उत्पन्न भएको हङकङ फ्लु, भियतनाम हुँदै सिंगापुर र अमेरिकासम्म फैलियो । यो रोगबाट लगभग १० लाख मानिसको मृत्यु हुन पुग्यो । नयाँनयाँ महामारी उत्पत्ति हुने क्रममा सन् १९८१ मा पश्चिम अफ्रिकामा एचआईभी एड्स रोग देखिएको थियो । चिम्पान्जीबाट मानिसमा सरेको यो रोगले हालसम्म ३ करोड ५० लाख मानिसको ज्यान लिइसकेको छ ।

सन् २००३ मा सार्स महामारी २६ वटा देशमा फैलदा ७ सय मानिसको ज्यान गयो । २००९ मा मेक्सिकोमा सुँगुरबाट मानिसमा सरेको विश्वास गरिएको स्वाइन फ्लुले ५ लाखको हाराहारीमा मानिसको ज्यान लियो । सन् २०१२ मा मध्यपूर्वका अफ्रिकी देशमा मर्स कोरोनाको उत्पत्ति र यसले पनि करिब ७ सय मानिसको ज्यान लियो । त्यसैगरी ६ वर्षअघि सन् २०१४मा अफ्रिकामा देखिएको इबोला भाइरसले युरोप, अमेरिका र अफ्रिकामा गरी ११ हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो । एक वर्षपछि सन् २०१५ मा एसिट एजेप्टी नामक लामखट्टेको टोकाइबाट ब्राजिलबाट फैलिएको जिका भाइरसबाट २४ देशका ४० लाखभन्दा बढी मानिस संक्रमित हुँदा हालसम्म ८५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । पछिल्लो समयमा सन् २०१९ को अन्त्यमा चीनको हुवेई प्रान्तको वुहान सहरमा पहिलोपटक भेटिएको कोरोना संक्रमणले महामारीको रूप लिँदा विश्वभरका लाखांै मानिसको ज्यान लिइरहेको छ ।

अन्त्यमा, इतिहासका विभिन्न कालखण्डमा धेरै प्रकारका महामारीबाट मानिसको मृत्यु हुने गरेको छ । हाल कोरोना महामारीले गर्दा नागरिक लकडाउनमा छन् । सरकारले नागरिक सुरक्षाका लागि सन्तोषजनक काम गर्नुपर्छ । नागरिकमा पनि धैर्य हुनु जरुरी छ ।

(Visited 170 times, 2 visits today)
Loading comments...

आजको समाचार

पालिकाले संचालन गरेको अस्पतालबाट सात बर्षिय बालक कोरोना जितेर घर फर्किए

गुल्मी । मदाने गाउँपालिकाले संचालन गरेको कोभिड–१९ अस्पतालबाट सात बर्षिया बालकले कोरोना जितेका छन् । मदाने गाउँपालिका– १ अग्लुङका सात बर्षिया बालक राजेश राउतले...

परीक्षाको रोइलो

गतसाल चैत ११ देखि सुरु भएको लकडाउनको अवस्था यतिखेर पुनरावृत्ति भएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको प्रकोपले नेपाल आक्रान्त छ । यतिबेला सबैको ध्यान...

ज्वरोमा हेलचेक्र्याइँ नगरौं

निजी प्रयोगशालामा कोरोना नेगेटिभ देखिएका काठमाडांैका ११ वर्षीय एक बालक ज्वरो, झाडापखालापछि शिथिल अवस्थामा कान्ति बालअस्पतालको पीआईसीयूमा भर्ना भए तथापि पुन पीसीआर गर्दा पोजेटिभ...

कालिमाटी तरकारी बजारकोे व्यापार आधा घट्यो

काठमाडौं । सरकारले तीव्र रूपले फैलिएको नयाँ भेरियन्टको कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा जारी राखेको निषेधाज्ञाका कारण अहिले राजधानीको ठूलो...

साताका लोकप्रिय समाचार

पहिलो प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवन रक्षा

पछिल्ला दिनमा कोभिड १९ को दोस्रो चरणको प्रकोपबाट लघु घरेलु तथा साना उद्योगहरु बढी प्रभावित भइरहँदा पनि आपूर्ति व्यवस्थालाई सूचारु कायम राख्न हाम्रा उद्यमीहरुले...

मोडलिङमा जम्दै फरिता खड्का

काठमाडौं । उद्यपुरबाट नायिका बन्न सात वर्षअघि काठमाडौं छिरेकी फरिता खड्का म्युजिक भिडियोमा मोडलिङ गर्छिन् । तर, फिल्ममा नायिका बन्ने उनको सपना अझै पूरा...

एक सातामै २ सय २३ को मृत्यु

काठमाडौं । एकै साताभित्र २ सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । पछिल्लो एक साता थपिएको तथ्यांक आधार मान्दा प्रत्येक मिनेटमा...

गम्भीर संवैधानिक मुद्दा सुनुवाइ प्रभावित

काठमाडौं । सर्वोच्च अदालतले कोभिड—१९ दोस्रो लहर फैलिएपछि गत १५ वैशाखदेखि मसान्तसम्म बन्दीप्रत्यक्षीकरण र कोरोना भाइरससँग जोडिएका मुद्दा हेर्ने निर्णय गरेको छ । अदालतले अन्य...

ट्रेन्डिङ

स्याङ्जामा असिनाले करोडौँ क्षति

स्याङ्जा । स्याङ्जाको फेदिखोला गाउँपालिकामा गए राती (शनिबार) परेको असिनाले करोडौको क्षति भएको छ । गाउँपालिकाको वडा नम्वर १ र ४ मा असिनाले किसानको...

आईसीयू र भेन्टिलेटरमा बिरामीको संख्या बढ्दो

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि आईसीयू र भेन्टिलेटरमा उपचाररत बिरामीको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार...

क्वारेन्टिनबाट १ लाख ३४ हजार नागरिक बाहिरिए

काठमाडौं । पिसिआर परीक्षण नै नगरी क्वारेन्टिनमा बसेका अधिकांशलाई घर पठाइएको छ । ४० दिनसम्म क्वारेन्टिनमा बसेकामा लक्षण नदेखिएपछि घर पठाइएको स्वास्थ्य तथा जनसंख्या...

२३ सय सुरक्षाकर्मी क्वारेन्टाइनमा

काठमाडौं । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी २ हजार ३ सय सुरक्षाकर्मीलाई क्वारेन्टाइनमा राखिएको...

एफए कप उपाधिका लागि चेल्सी र आर्सनल भिड्ने

लन्डन । एफए कप उपाधिका लागि चेल्सी र आर्सनल भिड्ने भएका छन् । गएराति सम्पन्न खेलमा चेल्सीले म्यान्चेस्टर युनाईटेडलाई साइट लगाएदिएपछि उपाधि भिड्न्तमा आर्सनलसँगको...

नेपाली सेनाले आयोजना गरेको ट्रेल रेस सम्पन्न (फोटो फिचर)

ऐतिहासिक क्षेत्रको संरक्षणमा जुटेको नेपाली सेनाले सिन्धुपाल्चोकमा पहिलो पटक माउण्टेन ट्रेल रेस प्रतियोगीता सम्पन्न गरेको छ । सेना दिवसको पुर्वसन्ध्यामा नेपाली सेना गोरखबक्स गण...

तेस्रो मुलुक उड्न प्रतिबन्ध

काठमाडौं । कोरोना संक्रमण दर दैनिक बढ्न थालेपछि सरकारले नेपाल ‘ट्रान्जिट’ बनाएर तेस्रो मुलुक जान प्रतिबन्ध लगाएको छ । सरकारको निणर्यसँगै आज बुधबार मध्यरात...

अब सक्रिय संक्रमित ६,४९३ जना मात्रै

काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा कोरोना भाइरस परीक्षण दर खुम्चिएको पाइएको छ । पछिल्लो एक हप्तालाई आधार मान्दा दैनिक ५ हजार ५ सय...

बागमतीमा दादुरा रुबेल खोप अभियान सुरु

ललितपुर । ललितपुरको बागमती गाउँ पालिकामा बागमती स्वास्थ्य शाखाले दादुरा–रुबेला खोप अभियान २०७६।७७ चैत्र १ गते देखि ५ गते सम्ममा संचालन गर्ने भएको छ।...

स्कृप्ट मन नपरेपछि आमिरले छाडे फिल्म विक्रम वेधा

मुम्बई । अभिनेता आमिल खानले नयाँ फिल्म विक्रम वेधामा काम नगर्ने भएका छन् । यो फिल्मका लागि उनी गत वर्ष नै अनुबन्धित भएका थिए...

सरिता गिरीको सांसद पद गुम्यो

काठमाडौं । संघीय संसद सचिवालयले समाजवादी पार्टीकी सांसद सरिता गिरीको पद गुमेको जानकारी निर्वाचन आयोगलाई दिएको छ । समाजवादी पार्टीले दलको ह्विप उल्लंघन गरेको...

विभिन्न जिल्लाका सीडीओ सरुवा

काठमाडौं । गृह मन्त्रालयले ललितपुरलगायत विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको छ । गृहमन्त्री रामबहादुर थापाले शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालयका सहसचिव ढुण्डीप्रसाद...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)