काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद योशोदा गुरुङ सुवेदीले स्वस्थानी व्रत कथाका पाना च्यात्नुपर्ने भन्दै आक्रोश पोखेकी छन् । प्रतिनिधिसभाको मंगलबार हिजो बसेको बैठकमा शून्य समयको उपयोग गर्दै सांसद सुवेदीले यस्तो बताएकी हुन् ।
सांसद सुवेदीले छाउपडीजस्तो संस्कारलाई मजबुत पार्ने स्वस्थानी व्रत कथा र ऋषिपञ्चमी व्रत कथाका पाना च्याउनुपर्ने माग गरिन् । ‘छाउजस्ता परम्परा र संस्कृतिलाई मजबुत पार्ने स्वस्थानी व्रत कथा र ऋषिपञ्चमी व्रत कथाका पाना च्यात्न सकोस्,’ उनले भनिन्, ‘सम्माननीय सभामुखज्यूमार्फत म यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ उनले सरकारले चलाएको छाउगोठ भत्काउने अभियान स्वागतयोग्य रहेको भन्दै यस्ता कुरीति हटाउन देशको हरेक क्षेत्रबाट सबैको उत्तिकै खाँचो रहेको बताइन् ।
तपाइको प्रतिक्रिया
(Visited 127 times, 1 visits today)