Wednesday, March 3, 2021
Home खेल बायर्न उपाधितर्फ, डर्टमन्डलाई धक्का

बायर्न उपाधितर्फ, डर्टमन्डलाई धक्का

म्युनिख । साबिकको विजेता बायर्न म्युनिख यो सिजनको जर्मन बुन्डेस लिगाको उपाधितर्फ लम्किएको छ । मंगलबार राति अर्काे उपाधि दाबेदार बोरुसिया डर्टमन्डलाई १–० ले पराजित गर्दै बायर्न लगातार आठौं सिजन बुन्डेस लिगाको उपाधितर्फ अघि बढेको हो । यता, बायर्नसँगको हारले बोरुसिया डर्टमन्डको उपाधि यात्रामा भने धक्का लागेको छ ।

बायर्न सन् २०१३ यता बुन्डेस लिगामा लगातार च्याम्पियन बनेको छ । त्योभन्दा अघिल्लो दुई संस्करणमा डर्टमन्डले बायर्नको दबदबा अन्त्य गरेको थियो । जितसँगै बायर्नले शीर्षस्थानमा ७ अंकको अग्रता लिएको छ । बायर्नको २८ खेलबाट ६४ अंक पुगेको छ । समान खेलबाट डर्टमन्डको ५७ अंक रहेको छ । बुन्डेस लिगामा अब ६ राउन्डको खेल खेल्न बाँकी छ ।

सिग्नल इडुना पार्कमा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको अन्त्यतिर जोसुवा किम्मिचले गरेको गोल नै बायर्नको जितमा निर्णायक बन्यो । खेलको सुरुवातमै डर्टमन्डले अग्रता लिने अवसर पाएको थियो । बायर्नका गोलरक्षक म्यानुएल नोएर केही अगाडि आएको अवस्थामा डर्टमन्डका युवा स्टार अर्लिङ ब्राउट हालान्डले गरेको फितलो प्रहारलाई डिफेन्डर जेरोम बोटेङले गोललाइनबाट बचाएका थिए । लगत्तै थोर्गन हाजार्डको पासमा हालान्डको प्रहारले पोस्टको दिशा लिन सकेन । १९औं मिनेटमा बायर्नले अग्रता लिनबाट चुक्यो ।

सर्जी जिनाब्रीले किङ्सले कोमानको पासमा सिक्स यार्ड बक्स नजिकबाट गरेको प्रहारलाई डर्टमन्डका कप्तान लुकास पिस्जेकले गोललाइनबाट क्लियर गरिदिए । २४औं मिनेटमा कोमानको शक्तिशाली प्रहारलाई गोलरक्षक रोमन बुर्कीले बचाए पनि रिबाउन्डमा मुलरले भेट्न सकेन । ३४औं मिनेटमा हालान्डले उत्कृष्ट बल नियन्त्रण देखाउँदै पेनाल्टी क्षेत्रभित्र वन भर्सेस वानको अवस्थामा पुगे पनि प्रहार गर्न ढिला गर्दा अल्फोन्सो डेभिसले उत्कृष्ट ट्याकल गर्दै सम्भाविता गोल टारे ।

४०औं मिनेटमा लिओन गोरेट्जकाको झन्डै २५ यार्ड टाढाबाट गरेको शक्तिशाली भली प्रहारलाई गोलरक्षक बुर्कीले विफल पारिदिए । ४३औं मिनेटमा बायर्नले खेलमा अग्रता लिन सफल भयो । किमिचले पेनाल्टी क्षेत्र बाहिरबाट गोलरक्षक पोजिसनमा नरहेको अवस्थालाई नियाल्दै चिप गरेको प्रहार गोलमा परिणत भएको थियो । गोलरक्षक बुर्कीले बल बचाउने प्रयास गरे पनि उनको हातमा लाग्दै बल गोलमा परिणत भएको थियो ।

८१औं मिनेटमा मोहमद दाहुदले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक नोएरले विफल पारे । लगत्तै अर्कतर्फ रोबर्ट लेवान्डोस्कको प्रहार पोस्टमा लाग्दै बाहिरिएको थियो । यस्तै, अर्काे खेलमा वल्फ्सवर्गले बायर लिभर कुसेनलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको छ ।

वल्फ्सवर्गको जितमा मारिन पोनग्रासिसले दुई तथा म्याक्सिमिलियन अर्नाेल्ड र रेनाटो स्टेफेनले गोल गरे । घरेलु टोलीका जुलियन बोउगार्टलिंगरले सान्त्वना गाल फर्काए । वल्फ्सवर्गका मारिनले ४३औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो गोलसँगै हौसिएको वल्फ्सवर्गले दोस्रो हाफमा थप तीन गोल गर्दा एक गोल खान पुगेको थियो । ६४औं मिनेटमा अर्नाेल्डले गोल गर्दै वल्फ्सवर्गको अग्रता दोब्बर पारे । त्यसको ४ मिनेटपछि रेनाटो स्टेफेनले गा्ल गर्दै वल्फ्सवर्गलाई फराकिलो जिततर्फ अग्रसर गराए । ७५औं मिनेटमा मारिन पोनग्रासिसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै वल्फ्सवर्गलाई ४–० को अग्रता दिलाए । खेल सकिन ५ मिनेट बाँकी रहँदा लिभरकुसानका जुलियनले गोल गरे पनि ४–१ को हार टार्न सकेन ।

जितसँगै वल्फ्सवर्ग २८ खेलबाट ४२ अंक जोडेर छैटांै स्थानमा यथावत रहँदा पराजित लिभरकुसान ५३ अंकसहित पाँचौं स्थानमा यथावत् रहेको छ । बुन्डेस लिगाका अन्य खेलमा फ्रान्कफर्ट र फ्रेइवर्गले ३–३ गोलको तथा वेर्डर ब्रेमेन र बोरुसिया मोन्चेनग्लाडवाचले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

(Visited 68 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

बेवास्ता नगरौं, घटेको छैन कोरोना कहर

रोकथामका उपायहरू अपनाउँदा अपनाउँदै पनि देशभर कोरोना भाइरस संक्रमणको जोखिममा कमी आएको देखिँदैन । तर पनि सुरक्षा सर्तकता अपनाउने प्रवृत्तिमा कमी हुदै जान थालेको...

नेपालका लागि सुनौलो अवसर

आउँदा पाँच वर्षभित्र नेपाल विकासशील देश बन्नु नेपालका लागि आफंैमा अवसर र चुनौती दुवै हो । आन्तरिक रूपमा यो बढी चुनौती हो भने बाह्य...

नेपालमा पहिलो राष्ट्रिय खाद्य बैक स्थापना

काठमाडौँ । नेपालमा पहिलो पटक राष्ट्रिय खाद्य बैक स्थापना भएको छ । ‘पोषिलो आहारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने नारासाथ निजी क्षेत्रको...

चैत २७ देखि सुरू हुने अन्तर्राष्ट्रिय गणित सम्मेलनमा २५० जना सहभागी हुने

काठमाडौं । आगामी चैत २७ देखि २९ सम्म अन्तर्राष्ट्रिय गणित सम्मेलन हुने भएको छ । नेपाल गणित समाजको आयोजनामा पहिलो पटक अन्तर्राष्ट्रिय गणित सम्मेलन...

प्रचण्ड–नेपाल पक्षले बोलायो केन्द्रीय समिति, नागरिकतासहित आउन सर्कुलर

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहको स्थायी र केन्द्रीय समिति बैठक पर्सि बुधबार बस्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमासोमबार बिहान बसेको सो समूहको...

ट्रेन्डिङ

श्रमिकका समस्या : सामाजिक सुरक्षा र रोजगारी

श्रमिकलाई अप्ठ्यारो, साह्रोगाह्रो पर्दा सहयोग पु-याउने हेतुले विश्वव्यापी रूपमा सामाजिक सुरक्षाको सुरुवात हुँदै आएको छ । नेपालमा पनि खासगरी असंगठित क्षेत्रमा कार्यरत श्रमिकलाई लक्षित...

कृषि क्षेत्रको उत्पादन ३.२ प्रतिशतले बढ्यो

काठमाडौं । पछिल्लो एक दशकमा कृषि क्षेत्रको उत्पादन औसत ३ दशमलव २ प्रतिशत वृद्धि भएको छ । मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गरेको...

कार्यालय समयमा कर्मचारीलाई सेयर काराेबार गर्न प्रतिबन्ध

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीमा देखिएका विकृति हटाउँदै कर्मचारी प्रशासनलाई सुधारतर्फ अघि बढाउने अभियानलाई निरन्तरता दिएको छ । कर्मचारीमा देखिएको...

पशुपतिनाथको मन्दिरमा १ सय ८ केजी सुनको जलहरी राखियो

काठमाडौं । भगवान पशुपतिनाथ मन्दिरमा सुनको जलहरी (सुवर्ण पीठिका) राखिएको छ । बुधबार पशुपतिनाथ मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा १०८ केजी सुनको जलहरी राखिएको...

सीमा नाकामा खटिएका सशस्त्र प्रहरी असईको मृत्यु

लहान । लकडाउन कार्यान्वयन गराउन नेपाल भारत सीमामा खटिएका एकजना सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असई) को बेहोस भएर मृत्यु भएको छ । भारतसँग सीमा...

विश्वको तुलनामा नेपालमा कोरोना निको हुने दर १० प्रतिशत कम

काठमाडौँ । नेपाल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट निको हुने दर क्रमशः घट्दै गएको छ । विश्वको तुलनामा नेपालमा सङ्क्रमणबाट निको हुने दर करिब...

१०१ मुलुकमा कोरोना भाइरस सङ्क्रमण, चीनमा नयाँ सङ्क्रमण र मृत्युदर घट्ने क्रम जारी

पेरिस । विश्व स्वास्थ्य सङ्गठनले आइतबार बिहान दिएको तथ्याङ्क अनुसार कोभिड–१९ विश्वका १०१ मुलुकमा फैलिइसकेको छ । विश्वभर एक लाख पाँच हजार ८३६ पुगेको...

बदनाम गर्नेलाई कारवाही नगरे क्वारेन्टाइन बन्द गर्ने चेतावनी

गौर । रौतहट जिल्लाको मौलापुर नगरपालिकालाई बदनाम गराउने उद्देश्यले हुँदै नभएका विषयवस्तु देखाएर सामाजिक संजाल फेसबूक तथा युट्युबमार्फत गैरकानुनी गतिविधिलाई रोक्नुको सट्टा स्थानीय प्रशासनले...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

प्रधानमन्त्रीको राजिनामा माग्नु अनैतिक : मन्त्री साह

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नु नै अनैतिक भएको बताएका छन् । एक टेलिभिजन...

ताप्लेजुङको दोभान बजारमा आगलागी, ४० बढी घर जले, नियन्त्रण प्रयास जारी

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आज आगलागी हुँदा कम्तीमा चालीस घर जलेका छन् । बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास...

नवलपरासीमा दुई वटा ट्रक ठोक्किँदा दुबै चालकको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

भर्खरै

बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्ध दिइने

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन...

रोटरी र संचार जगतबीच सहकार्य आवश्यक

ललितपुर । समाजसेवाको पर्याय मात्र होइन, रोटरी क्लबले व्यक्तित्व र नेतृत्व विकासका लागि धेरै महत्वपूर्ण भूमिका खेलेको रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रक गभर्नर राजीव...

टिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ

लमजुङ । नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका...

भोलिबाट केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै हो : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन्...

धेरै पढिएका

जनादेशअनुसार जुटेर अघि बढ

विघटित संसद् पुनस्र्थापना हुने भएपछि अबको नेपालको राजनीतिक परिदृश्यमा बन्ने सरकार नेकपाकै हुन्छ वा अरू कुनै दलको भनेर निकै चर्चा हुने गरेको छ ।...

विवेकेशील साझाले भन्यो : प्रधानमन्त्री र राष्ट्रपतिले तत्काल राजीनामा देऊ

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बदर गरिदिने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको विवेकशील साझा पार्टीले स्वागत गरेको छ । ‘सम्मानित अदालतको...

विविधता संरक्षण गर्दै स्थानीय रेडियो

नेपाल विविधताले धनी, भौगोलिक रूपमा तराई, पहाड, हिमाल अनि वातावरणको हिसाबले फरकफरक वातावरण भएको देश अनि भाषाको हिसाबले १ सय २९ भाषा, त्योभन्दा बढी...

समाजसेवी पशुपति गुरुङद्वारा विद्यालयलाई ५ लाख सहयोग

काठमाडौं । समाजसेवी एवम् साहित्यकार संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरूङले आफूले अध्ययन गरेको विद्यालयलाई ५ लाख सहयोग गरेकी छिन् । आफ्ना हजुरवुवा लक्ष्मण...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)