लकडाउनलाई क्यानभारमा उतार्दै लिना डंगोल

काठमाडौं । लतिलपुर इमाडोलकी लिना डंगोलको परिचय ब्युटिसियन र मोडलिङ हो । त्यसो त उनी कमर्सियल आर्टिस्ट (चित्रकार) पनि हुन् । कोरोना संक्रमण बढेपछि विगत ६५ दिनदेखि नेपाल लकडाउनको अवस्थामा छ । यतिबेला आफ्नो दिनचर्या कला सिर्जनामा बितेको उनले बताएकी छन् ।

यस अवधिमा उनले १६ वटा चित्र तयार गरिसकेकी छन् । अझै आठवटा चित्र तयार गरेर यसलाई प्रदर्शनीमा लैजाने लिनाको चाहना छ । उनले यसपटक चित्रकलामा पनि लकडाउन, कोरोना, यसले महिलामा पारेका असरलाई समेटेकी छन् । लकडाउनका कारण घरमा कैद रहेका महिलाको अवस्थासँगै परिवारसँग महिलाको बढ्दो निकटतालाई पनि उनले पेन्टिङमा उतारेकी छन् ।

मोडर्न आर्टमा दख्खल राख्ने उनी बिस्तारै थाङ्का चित्रकलातर्र्फ पनि ढल्किँदै छिन् । यो लकडाउनमा उनले तयार गरेका चित्रहरूमा महिलाहरू घरभित्र कैद भएको अवस्थालाई मोर्डन सेमी न्युड आर्टका रूपमा पनि उतारेकी छन् । जसमध्ये लकडाउनका कारण घरभित्र कैद महिलाले झ्यालबाट बाहिरी संसार चियाएको, डार्क एन्ड स्याडो कन्सेप्टअनुसार अँध्यारो (लकडाउन)मा महिला बसेको चित्रमा उनले तयारी गरेकी छन् । यस्तै, एक्युरिमभित्र पानीमा महिला कैद भएको तर माछा एक्युरिमबाहिर घुमिरहेको चित्रमार्फत उनले अहिले जनावर स्वतन्त्र रहेको तर मानिस घरमा कैद रहेको सन्देश दिन खोजेकी छन् । अर्को दुई सेमी न्युड आर्टमा उनले महिलालाई अहिले जलपरीको अवस्थामा दर्शाएकी छन् । समुन्द्रबाट निक्लेर एक जलपरी चट्टानमा बसेको देखाउँदै अहिले महिला पनि यो लकडाउनबाट निक्लन चाहेको जनाएकी छन् । अर्को चित्रमा बन्द समुन्द्रमाथि नाचेको जलपरीलाई उतारेर उनले महिला अहिलेको अवस्थामा घरभित्रै नाच्न विवश हुनुपरेको सन्देश दिएकी छन् ।

एउटा चित्रमा उनले लकडाउनको बेला आमा र सन्तानको मायालाई देखाएकी छन् भने अर्को चित्रमा एक महिलाले पृथ्वीलाई अँगालो मारेको देखाउँदै पृथ्वीवासीलाई अहिलेको अवस्थामा जोगाउनुपर्ने संकेत गरेकी छन् । यस्तै, एउटा चित्रकलामा चित्रकार लिनाले कोरोना भाइरसले पृथ्वीलाई चिथोरिइरहेको र पृथ्वीलाई मास्क लगाएर स्वास्थ्यकर्मीले जोगाउन खोजेको देखाउँदै अहिले विश्व कोरोनाबाट आक्रान्त भएको सन्देश दिन खोजेकी छन् । यस्तो अवस्थामा एकान्त ध्यानमा रहेका बुद्धको दुई चित्रमा उनले अहिले लकडाउनमा सामाजिक दूरी, शान्ति र ध्यान आवश्यक भएको सन्देश दिन खोजेको बताएकी छन् । यसरी लकडाउनको बेला महिलाको अवस्थालाई उनले ‘ सेमी न्युड र रियालिस्टिक’ शैलीमा मोडर्न आर्टमा उतारेकी छन् । लकडाउन सकिएपछि यी चित्रहरूलाई बिक्री गरेर सो रकम सामाजिक कार्यमा सहयोग गर्ने लिनाले बताएकी छन् ।

वीरगन्जको वीरतामा जन्मिएकी उनी बाल्यकालदेखि नै कलामा लागेकी हुन् । केही समय हस्तकलामा सक्रिए रहेकी उनी सोही क्रममा कमर्सियल चित्रकलामा लागिन् । सो क्रमलाई अहिले पनि निरन्तरता दिएकी छन् । लिनाको अर्को परिचय मोडलिङ र ब्युटिसियन हो । विगत एक दशकदेखि ब्युटिसियन पेसामा लागेकी उनले ललितपुरको पुल्चोकस्थित श्री बहालमा मिरर ब्युटिपार्लर सञ्चालन गर्दै आएकी छन् ।

रोज ब्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टर र विलक्षण क्रियसन प्रालिद्वारा गत ४ चैतमा काठमाडौंमा आयोजित ‘ब्युटिसियन ट्यालेन्ट नेपाल–२०२० को सिजन–३’ मा लिनाले ब्युटिसियन ट्यालेन्ट नेपाल–२०२० को शीण्र्ष उपाधि जितेकी हुन् । २०६० मा काठमाडौंमा आयोजित साफी क्विन सौन्दर्य प्रतियोगितामा सहभागी भएर उनले मोडलिङ करिअर सुरु गरेकी थिइन् । त्यसपछि वीरगन्जमा आयोजित फेसन सोहरूमा उनी सहभागी भइन् । केही फेसन सोपछि दाम्पत्य जीवनमा बाँधिएपछि उनको मोडलिङमा कमी आयो । तथापि, चार वर्षअघि -याम्प जोन इन्टरप्राइजेजले आयोजना गरेको ‘मिसेस नेपाल ग्रान्ड’मा सहभागी भएर उनले मोस्ट स्टाइलिस्ट अवार्ड जितिन् ।

विवाहअघि रेडियो वीरगन्ज र वीरगन्ज टेलिभिजनमा केही समय कार्यक्रम सञ्चालिकाका रूपमा काम गरिसकेकी लिना विवाहपछि काठमाडौं केन्द्रित भइन् । काठमाडौं आएपछि मिडिया छाडेको उनले बताएकी छन् । त्यसपछि ब्युटिसियन पेसामा लागेकी लिनाले सो पेसालाई निरन्तरता दिइरहेकी छन् । उनले चित्रकलासँगै मोडलिङलाई पनि अघि बढाउने पक्षमा छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 165 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चुनाव स्वच्छ र निष्पक्ष बनाउने दलको प्रतिबद्धता