डडेल्धुरामा किट अभाव, स्वाब संकलन रोकियो

डडेल्धुरा । कोरोना भाईरस संक्रमण बढ्दै गएको बेला डडेल्धुरामा किट अभाव हुदाँ स्वाब संकलन कार्य शनिबारदेखी रोकिएको छ । परिक्षणका लागी अत्यावश्यक मानिएको पीसीआर किट अभाव भएपछि क्वारेन्टाईनमा रहेका करिब २ हजार ५ सय ९६ जनाको परिक्षण हुन सकेको छैन ।

सुदुरपश्चिम प्रदेशसंग डडेल्धुरा जिल्लाको लागि तत्काल क्वारेन्टाईनमा रहेका व्यक्तिहरुको परिक्षणका लागि २ हजार ५ सय कीट माग गरिएको भए पनि बुधबार राति १ सय पीसीआर र २ सय आरडीटी किट मात्रै पठाएकोले स्वाब संकलन कार्य सुचारु गर्न नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी गणेशदत्त ओझाले बताए । उनले भने ‘क्वारेन्टाईनमा मान्छे दिनप्रतिदिन थपिदैछ, निर्माण गरिएका क्वारेन्टाईनहरु पनि सुविधा सम्पन्न नभएकोले समस्या भईरहेको छ ।’ उनले प्रदेश सरकारसंग थप किट उपलब्ध गराउन दैनिक पहल गरिरहेको र प्रदेश सरकारले आईतबारसम्म आउने जानकारी दिए ।

क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको संख्या धेरै भएको किट थोरै भएकाले कसलाई जाँच गर्ने कसलाई नगर्ने भन्ने समस्या भएकाले स्वाव संकलन गर्न नसकिएको स्वास्थ्य कार्यालय प्रमुख आशुतोष श्रेष्ठले बताए । उनले भने ‘क्वारेन्टाईनमा करिब २ हजार ६ सयको हाराहरीमा रहेका छन् धेरै व्यक्तिहरु क्वारेन्टाईन बसेको ७ दिन भन्दा बढी भएको छ उनीहरुको परिक्षण समेत गर्न सकिएको छ्रैन ।’

प्रदेश सरकारले पठाएको १ सय वटा आरडीटी किटले सवै क्वारेन्टाईनमा रहेका व्यक्तिहरुको स्वाब संकलन गर्न सम्भव नभएको र ति १ सय वटा किट डडेल्धुरा अस्पतालमा राखि क्वारेन्टाईनमा रहेका शंकास्पद व्यक्तिहरुलाई ल्याएर आपतकालिन रुपमा चेक गर्ने व्यवस्था गरेको कोभिड सम्र्पक व्यक्ति भ्याक्ट्रोल कन्ट्रोल सुपरभाजर हरी प्रसाद भट्टले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आचारसंहिता उल्लंघनमा सत्तापक्ष अगाडि