Saturday, July 11, 2020
Home Exclusive पुनर्निर्माण क्षेत्रमा ५५ अर्ब बजेट विनियोजन

पुनर्निर्माण क्षेत्रमा ५५ अर्ब बजेट विनियोजन

काठमाडौं । सरकारले महाभूकम्प २०७२ पछिको पुनर्निर्माणको बाँकी सबै काम आगामी आर्थिक वर्ष (आव)मा सम्पन्न गर्ने भएको छ । पुनर्निर्माण क्षेत्रमा आव २०७७÷७८ का लागि सरकारले ५५ अर्ब बजेट छुट्याएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा डा. युवराज खतिवडाले बिहीबार आव २०७७-७८ को बजेट प्रस्तुत गर्दै पुनर्निर्माणका बाँकी कामका लागि ५५ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको जानकारी दिएका छन् । सरकारले निर्माणाधीन धरहरा, रानीपोखरी, सिंहदरबारको मूल भवनलगायतको पुनर्निर्माणका काम आगामी आवमा सम्पन्न गरिने जनाएको छ ।

‘निजी, आवास, पुराताŒिवक सम्पदा, विद्यालय भवन, स्वास्थ्य संस्था, सरकारी भवन तथा अन्य क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि ५५ अर्ब रुपैयाँ विनियोजन गरिएको छ,’ बजेटमा उल्लेख छ । सरकारले विद्यालय भवन पुनर्निर्माणका बाँकी कार्य सम्पन गर्न सम्बन्धित स्थानीय तहको साझेदारीमा स्थानीय आवश्यकताअनुसार डिजाइन गरी विद्यालय व्यवस्थापन समितिबाट निर्माण गरिने जनाएको छ ।

सरकारले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भौतिक पूर्वाधार र निजी आवास पुनर्निर्माणका काम राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेर काम गर्दै आएको छ । प्राधिकरणको ३१ वैशाखसम्मको तथ्यांकअनुसार ४ लाख ९७ हजार २ सय १० अर्थात् ६४ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको छ भने १ लाख ९५ हजार ५५ अर्थात् २५ प्रतिशतले पुनर्निर्माणको काम गरिरहेका छन् ।

सार्वजनिक भवनतर्फ ४१५ भवनको पुनर्निर्माण गर्ने लक्ष्य राखेकामा ३ सय ५८ वटाको सम्पन्न भएको छ भने ४९ वटाको सम्पन्न हुन बाँकी छ । स्वास्थ्य संस्थातर्फ ११ सय ९६ वटाको पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकामा ६ सय ६९ वटाको सम्पन्न भएको छ भने १ सय ४५ वटाको पुनर्निर्माण जारी छ ।

यस्तै, सांस्कृतिक सम्पदातर्फ ४०२ वटाको पुनर्निर्माण सम्पन्न सम्पन्न भएको छ भने १ सय ४१ वटाको पुनर्निर्माण भइरहेको छ । प्राधिकरणका अनुसार शैक्षिक संस्थातर्फ ७ हजार ५ य ५३ वटाको पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकामा ५ हजार ५ सय ९८ अर्थात् ७४ प्रतिशत काम सम्पन्न भएको छ भने अन्य हुन सकेको छैन । यस्तै, सुरक्षा निकायतर्फ २१६ वटाको पुनर्निर्माण गर्ने लक्ष्य रहेकामा १९४ वटाको पुनर्निर्माण सम्पन्न भएको छ ।

(Visited 329 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

पहिरोका घाइते भन्छन् : राति १२ बजे ‘लास्ट बर्थडे वीस’ गर्‍यौं, होसमा आउँदा हिलोमा गाडिएका रहेछौँ

कास्की । पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीका टङ्कबहादुर थापाका ज्येष्ठ सुपुत्री २२ वर्षीया पिङ्कीको बिहीबार जन्मदिन परेको थियो । जन्मदिनका अवसरमा साँझ आफन्त तथा केही...

काभ्रेमा एकै दिन थपिए ६ जना कोरोना संक्रमित

काभ्रेपलाञ्चोक । जिल्लामा आज (शुक्रबार) एकै दिन ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडाँैमा गरिएको पिसिआर परिक्षणमा ६ जनाकै रिपोर्ट पोजेटिभ आएको...

बाढी-पहिरो : उच्च सतर्कतामा बस्न सुरक्षा निकायलाई निर्देशन

जनकपुरधाम । बाढी पहिरोबाट प्रदेश २ मा हुन सक्ने जोखिम न्यूनीकरणको लागि तीनै सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न मुख्यमन्त्री लालबाबु राउतले निर्देशन दिएका छन्...

भर्खरै

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

परीक्षा २९ असारबाट, २५ गते सूचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बस्न निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले २९ असारदेखि तोकिएको परीक्षाको तिन दिन अघि सुचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बसेर मात्रै परीक्षामा दिन...

बस्तीमै नदी पसेपछि…(फोटो फिचर)

सिन्धुपाल्चोक । निरन्तरको वर्षाले भोटेकोशी नदीको बहाव उच्च भएपछि नदी आसपसाका स्थानीयलाई सुरक्षित स्थानमा सार्न सुरु गरिएको छ । नदीले सडक कटान गर्दे बजार...

दुई तिहाईको समर्थनमा प्रधानमन्त्री बनेका ओलीको सडकमा चारजना समर्थक (फोटो फिचर)

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशका विभिन्न भागमा युवा समूहले प्रदर्शन गर्दै आएका छन् ।...

धेरै पढिएका

ई-पेपर

(Visited 39 times, 1 visits today)