Thursday, July 29, 2021
Homeबिचारमहामारीमा शिक्षा र स्थानीय सरकार

महामारीमा शिक्षा र स्थानीय सरकार

,
sharethis

विश्व कोभिड–१९को संक्रमणबाट मानव सभ्यतालाई बचाउन बिभिन्न चुनौतीको सामना गर्दै अघि बढिरहेको अवस्था छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको आतंकबाट बच्न हदैसम्मका गम्भीर चुनौतीको सामना गर्न पनि संक्रमण फैलिएका मुलुकहरू तयार भएका छन् । नेपालले पनि आफ्नो क्षमता, साधन र स्रोतले भ्याएसम्म सम्भावित चुनौतीहरूलाई सामना गर्ने अठोटका साथ विगत दुई महिनादेखि पुरै देश लकडाउनको अवस्थामा छ । देशको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका क्षेत्र कृषि, पर्यटन, उद्योग, कलकारखाना, व्यापार, व्यवसायलगायत सम्पूर्ण क्षेत्र नराम्रोसँग प्रभावित भएका छन् । मुलुक कोरोना संकटविरुद्ध लडिरहेका बेला नेपाल–भारतबीच उपन्न भएको सीमा समस्याले राष्ट्रिय राजनीतिमा तातो बहस सिर्जना गरिदिएको छ । यही अस्थिरता, महामारी र समस्याका बीचमा सरकार आगामी आव २०७७÷७८ को बजेट प्रस्तुत गर्ने तरखरमा छ । अर्कोतर्फ हालै सार्वजनिक गरेको नेपालको नयाँ नक्सालाई समेत समावेश गर्ने उद्देश्यका साथ संविधान संशोधनको प्रस्ताव पनि संसद्मा दर्ता गराएको छ । यी विविध राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संकटलाई सफल व्यवस्थापन गर्दै मुलुकलाई थप क्षति हुनबाट बचाउनु नै अहिले सरकारको मुख्य चुनौतीका रूपमा रहेको छ ।

मुलुक समृद्धिको प्रमुख आधार मानिएको शिक्षाक्षेत्र झनै लथालिंग अवस्थामा पुगेको छ । कोरोना संक्रमण र लकडाउनले उत्पन्न गरेको भयाभह अवस्थाले मुलुकको शिक्षा क्षेत्रमा गम्भीर चुनौती खडा भएका छन् । आज हरेक विद्यार्थी र अभिभावकको एउटै प्रश्न छ, विद्यालय कहिले खुल्छ ?, परीक्षा कहिले हुन्छ ?, रिजल्ट कहिले हुन्छ ?, पढाइ कहिले हुन्छ ? किताब कहिले आउने हो ? अब हाम्रो भविश्य के हुने हो ? भन्नेजस्ता गम्भीर प्रश्नको उत्तर दिन सक्ने अवस्थामा अहिले कोही पनि छैन ।

कक्षा सञ्चालनका नाममा अनावश्यक शुल्क असुल्ने बहानाबाजी गरिरहेको तर्फ विद्यार्थी र अभिभावक सचेत हुनुपर्दछ

पछिल्लो तथ्यांकअनुसार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या विश्वव्यापी रूपमा ४ लाख नाघिसकेको छ भने संक्रमितको संख्या ५० लाख पुग्न लागेको छ । त्यस्तै उपचारपछि निको भएर घर फर्किनेको संख्या करिब १९ लाख छ । पछिल्लो सरकारी तथ्यांकअनुसार नेपालमा कोराना संक्रमितको संख्या ६ सय पुगिसकेको छ भने ५० जना निको भएर घर फर्किसकेको अवस्था छ । अहिले विश्वभर कोरोना भाइरसको प्रभावका कारण करिब १ अर्ब ६० करोड विद्यार्थी लकडाउनका कारण स्कुल कलेज बन्द भई शिक्षाको अवसर बाट वञ्चित भएको अवस्था छ । युनेस्कोका अनुसार लकडाउनका कारण नेपालमा मात्रै करिब ८८ लाख विद्यार्थी शिक्षाबाट वञ्चित भएका छन्, घरै बस्न बाध्य भएका छन् । चैत र वैशाख महिना भनेको नेपालको शिक्षा क्षेत्रको महŒवपूर्ण महिना हुन् । यो समयमा माध्यमिक शिक्षा परीक्षा एसईई एवं विद्यालय तहका अन्य कक्षाका परीक्षा सम्पन्न भई नतिजा प्रकाशन गरी नयाँ भर्ना लिने समय हो । तर, नयाँ शैक्षिक सत्र सुरु हुन नपाउँदै कोभिड–१९ ले विश्वव्यापी तहल्का मच्चाउन सुरु गरेपछि निर्धारित सम्पूर्ण शैक्षिक कार्यक्रम स्थगन गरेर चैत ११ गतेदेखि देशव्यापी लकडाउनमा जानुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुन पुगेको छ ।

यो महामारीले उत्पन्न गराएको विषम परिस्थितिमा तत्कालै शैक्षिक गतिविधि सञ्चालन गर्न असम्भव भएकाले शिक्षा क्षेत्र थप अन्योलग्रस्त बन्दै गएको छ । हुन त यो समस्या नेपालको मात्र नभएर सम्पूर्ण विश्वले नै सामना गरिरहेको समस्या हो । विश्वका चचर््िात विश्वविद्यालय, स्कुल तथा कलेजहरूका पनि शैक्षिक गतिविधिहरू ठप्प प्रायः नै छन् । तर, पनि समस्या र संककट बीचबाट नै समाधान खोजी गर्नुपर्ने अवस्था सिर्जना भएको छ । बन्दाबन्दी र महामारीको असर कहिलेसम्म जाने हो अहिले नै यकिन गर्न नसकिने भएको छ । किनभने दिन प्रतिदिन संक्रमितको संख्या बढिरहेकाले अहिले नै लकडाउन खोलेर शैक्षिक गतिविधि गर्नु हतारो हुनेछ ।

मूलतः अहिले नेपालको शैक्षिक क्षेत्रमा देखिएका तत्काल गर्नुपर्ने चारवटा नियमित शैक्षिक क्रियाकलाय प्रभावित भएका छन् । पहिलो माध्यमिक शिक्षा परीक्षा एसईई सञ्चालन गरी नतिजा प्रकाशन गर्ने, दोस्रो कक्षा एकदेखि नौसम्मका वार्षिक परीक्षा सञ्चालन गरी नतिजा प्रकाशन गर्ने अनि नयाँ शैक्षिक सत्रको सुरुवात गर्ने, तेस्रो पक्ष भनेको कक्षा ११र १२ को अन्तिम परीक्षा सञ्चालन गरी नतिजा प्रकाशन गर्ने र चौथोमा विश्वविद्यालय तहका स्नातक र स्नातकोत्तर तहका परीक्षा सञ्चालन र नयाँ भर्नाका सम्पूर्ण कार्यक्रम स्थगित हुन पुगेका छन् ।

विश्वव्यापी महामारीले उत्पन्न गराएको विषम परिस्थितिका कारण प्रभावित भएको शैक्षिक क्षेत्रलाई थप मारमा पर्न नदिन विकसित देशमा उपलब्ध भएका प्रविधि नक्कल गर्नेभन्दा पनि आफ्नै देशमा प्रयोग भएका साधनस्रोत र यथार्थ परिवेशलाई आत्मसाथ गर्दै समस्या समाधानतर्फ पहल गर्नु सान्दर्भिक हुन्छ । अहिले सुनिन्छ, कतिपय शैक्षिक संस्थाले अनलाइन कक्षा सञ्चालनका नाममा विद्यार्थीलाई अनावश्यक मानसिक दबाब सिर्जना गर्ने गरेको पाइएको छ । कक्षा सञ्चालनका नाममा अनावश्यक शुल्क असुल्ने बहानाबाजी गरिरहेको तर्फ विद्यार्थी र अभिभावक सचेत हुनुपर्दछ ।

सहर बजारका सुविधा सम्पन्न, रातो बंगला, लिटिल एन्जल, मोर्डन इन्डियन, ग्यालेक्सी पब्लिकका तुलनामा दूरदराजका सरस्वती मावि, हिमालय मावि, जनता मावि, शारदा माविजस्ता सामुदायिक र निजी स्रोतबाट सञ्चालित विद्यालयले प्रविधिको प्रयोग गरी कसरी कक्षा सञ्चालन गर्न सक्छन्, त्यतातर्फ पनि सोच्नुपर्दछ । प्रविधि प्रयोग गर्नु नराम्रो होइन । प्रविधिको विपक्षमा मत व्यक्त गरेको होइन तर कति विद्यार्थी र शिक्षकमा प्रविधि प्रयोगको क्षमता छ त ? सबै विद्यार्थीलाई त्यसमा जोड्न सकिन्छ-सकिँदैन । यो चुनौतीको विषय बनेको छ । विश्वविद्यालय र क्याम्पस तहका विद्यार्थी त प्रविधि प्रयोग गरी अध्ययन–अध्यापनको वैकल्पिक उपाय अपनाउन सक्लान् तर ७० लाख विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालयहरूको समस्या जटिल बन्दै गएको छ । यी ७० लाख विद्यार्थी पढ्ने-पढाउने विद्यालय र शिक्षकहरूको अवस्थालाई विचारै नगरी सहर केन्द्रित शैक्षिक संस्थाको नक्कल गर्न पछि लाग्नु सान्दर्भिक हुन्छ कि हुँदैन ? सोच्ने बेला आइसकेको छ ।

होमसेन्टरमा दूरी कायम गर्दै सीमित संख्यामा कर्मचारी र सहयोगी उपस्थित भएर पनि परीक्षा सञ्चालन हुन सक्छ

नेपालको संविधान २०७२ ले नै विद्यालय तहसम्मको शिक्षाको अधिकार स्थानीय सरकारलाई दिएको छ । त्यसैले पनि यो संकटका बेला सावधानीपूर्वक शैक्षिक क्रियाकलाप सञ्चालनमा स्थानीय पालिका सक्रिय हुनुपर्ने देखिन्छ । विकास निर्माणदेखि लिएर कानुन निर्माणसम्मको जिम्मेवारीको दाबी गर्ने स्थानीय निकायहरूले अहिलेको विषम परिस्थितिाट गुज्रिरहेको शैक्षिक क्षेत्रलाई थप बिग्रन नदिन अग्रसरता लिन जरुरी छ । संकटका समयमा सूचना प्रविधि सिकाइको उत्तम माध्यम बन्न सक्छ तर यसको पहुँचभन्दा बाहिर रहेकाहरूलाई प्रविधिको वरिपरि ल्याउन भने निक्कै चुनौतीपूर्ण छ । यो नगरी पनि नहुने अवस्थाको सिर्जना भएको छ ।

मुलुकमा झन्डै एक तिहाइ नागरिक अझै पनि इन्टरनेटको पहुँच बाहिरै छन् । कतिपय क्षेत्रमा भने नाम मात्रको इन्टरनेट छ । बिजुली बत्तीको सेवा पनि भरपर्दाे नभइरहेको र डाटामार्फत इन्टरनेट चलाउन सक्ने अवस्थामा हाम्रा विद्यार्थीहरू छन् कि छैनन् यतातर्फ पनि ध्यान पु¥याउनु जरुरी छ । आजको भोलि प्रविधिको प्रयोग गरेर कक्षा चलाऊ, परीक्षा चलाऊ भन्ने अवस्थामा धेरै स्थानीय पालिकाहरू देखिँदैनन् । अनलाइन कक्षाको विकल्पका रूपमा भने रेडियो र टेलिभिजनलाई राम्रो प्रयोग गर्न सकिन्छ । रेडियो र टेलिभिजनको पहुँचमा करिबकरिब सबै नागरिक रहेका छन् । कतिपय विद्यालयहरूले त स्थानीय रेडियो र एफएमबाट शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने गरेको पाइएको छ । स्थानीय पालिकाहरूले यिनै प्रविधिलाई प्रयोग गरेर भए पनि आआफ्ना नगर क्षेत्रभित्रका शैक्षिक गतिविधिलाई अब पनि नचलाउने हो भने पालिका निकम्मा र शैक्षिक क्षेत्रप्रतिको उनीहरूको उदासीनता नांगिनेछ । अब ढिलो नगरी पालिकाले आआफ्ना पालिकाभित्रका विद्यार्थीको कुन सञ्चारको साधनमाथि कति पहुँच छ भनेर सर्वेक्षण गरी तथ्यांक निकाल्नुपर्दछ । प्राप्त तथ्यांकका आधारमा कुन सञ्चार माध्यमबाट पठनपाठन गर्दा बढीभन्दा बढी विद्यार्थी समेट्न सकिन्छ, त्यसैअनुसार कक्षा सञ्चालन गर्ने वातावरण बनाउनतर्फ लाग्नुपर्दछ ।

महामारीको यो समयमा जोखिमलाई न्यूनीकरण गर्दै दैनिक शैक्षिक क्रियाकलाप सञ्चालन गरी आफ्नो नगर क्षेत्रभित्रका बालबालिकाको शैक्षिक अधिकारलाई अक्षुण्ण राखी आफ्नो साख बचाउन पनि पालिका क्रियाशील हुनुपर्ने अवस्था छ । चैत्र ६ गते नै हुनुपर्ने एसईई कोभिड–१९ र लकडाउनका कारण कहिले गर्ने भनेर समय किटान गर्न नसकिएको अवस्थामा परीक्षाको तयारीमा रहेका विद्यार्थीहरूलाई रेडियो, टेलिभिजनकै माध्यमबाट भए पनि सिकाइलाई अद्यावधिक राख्नेतर्फ ध्यान जानुपर्दछ ।

अनलाइन कक्षामा जस्तो शिक्षक विद्याथीबीच दोहोरो स्ांवादको सम्भावना नभए पनि एकतर्फी भए पनि शिक्षकले विद्यार्थीलाई पढाउन सक्छन् । विद्यार्थीले नबुझेका कुरा भएमा सिधै टेलिफोनमार्फत प्रश्न सोधेर पनि समस्या समाधान हुन सक्छ । पहुँच, सहभागिता र प्रभावकारिताका दृष्टिकोणबाट हेर्ने हो भने पनि स्थानीय रेडियो टेलिभिजन भरपर्दाे, विश्वसनीय, धेरैभन्दा धेरै विद्यार्थी सहभागी हुन सक्छन् । जहाँसम्म ११÷१२ र विश्वविद्यालय तहका परीक्षाको कुरा छ, त्यसमा पनि स्थानीय सरकारकै सक्रियतामा आआफ्ना होमसेन्टरमा दूरी कायम गर्दै सीमित संख्यामा कर्मचारी र परीक्षाको काम गर्ने सहयोगी उपस्थित भएर पनि सञ्चालन गर्न सकिन्छ । पहिले जस्तो परीक्षा केन्द्रमा हुलका हुल मान्छे पसेर र कक्षाकोठा घुमेर विद्यार्थीलाई अनावश्यक मानसिक दबाब दिएर, निरीक्षक र कर्मचारीलाई धम्क्याउने प्रचलनको परीक्षाको अब कल्पना नै नगरांै ।

(Visited 146 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेपालमा विकासका प्रमुख चार सूत्र

नेपालको राजनीतिक तथा भौगोलिक अवस्थाको अध्ययन गरेपश्चात् मात्र देश विकास कसरी गर्न सकिन्छ भन्ने अवधारणा लिनुपर्नेहुन्छ । हामी दुई जना मिलेर ७७ वटै जिल्लामा...

‘परीक्षार्थीलाई खोप व्यवस्था गर्नू’

काठमाडौं । संसदीय समितिले कक्षा १२ का परिक्षार्थीलाई कोरोनाविरुद्ध खोप व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । संसद् शिक्षा तथा स्वास्थ्य समितिले आगामी ३१...

मध्यभोटेकोशी जलविद्युत आयोजनाको सेयर प्रभावितले नै भर्न पाएनन्

  सिन्धुपाल्चोक । मध्यभोटेकोशी जलविद्युत आयोजनाले सिन्धुवासी र आयोजना प्रभावितहरुका लागि खुला गरेको शेयर आयोजना प्रभावितले नै भर्न नपाएपछि स्थानीय सरकारले आयोजनासँग प्रभावितहरुलाई शेयरबाट बञ्चित...

दक्षिण कोरियामा कोरोनाको चौथो वेभ सुरु, संक्रमित बढ्दै

  सोल । कोरोना भाइरस कोभिड–१९ को चौथो वेभ आइरहेको भनिएको दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहरु दिन प्रतिदिन बढ्दै गएको पाइएको छ ।यहाँ सङ्क्रमितहरुको...

मेयर पटेलको राजिनामा माग्दै स्थानीयद्वारा प्रदर्शन

  गौर। रौतहटको देवाही गोनाही नगरपालिकाको मेयर धर्मेन्द्र पटेलको राजिनामा माग्दै स्थानीयले प्रदर्शन गरेका छन् । कोरोना महामारी तथा लकडाउनबाट सृजित जटिल अवस्थाको सामना गर्न विभिन्न...

साताका लोकप्रिय समाचार

मन्त्री बन्न हानथाप, आवश्यकता २०, दौड १ सय ५६ को

  काठमाडाैं । आफ्नै दल कांग्रेस तथा गठबन्धन दलमा मन्त्री बन्नेहरूको हानाथाप हुने क्रम बढ्दै जाँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको छ ।...

पीसीआर परीक्षणसँगै खोप विस्तार आवश्यक

केही महिनासम्म निरन्तर निषेधाज्ञा लागू गरिए पनि पछिल्लो समयमा गरिएको कोरोना संक्रमण परीक्षणमा संक्रमण दर ह्वात्तै बढेर गएको छ । यो चिन्ताजनक विषय हो...

आजदेखी अनलाइनबाटै ब्लुबुक नवीकरण गर्न पाइने

  काठमाडौं । बागमती प्रदेश सरकारले अनलाइनबाट ब्लुबुक नवीकरण गर्न सकिने व्यवस्था मिलाएको छ । आज देखी बागमती प्रदेश भित्र सवारी साधनको ब्लुबुक अनलाइन मार्फत...

एमाले केन्द्रीय कमिटी बैठक: पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष ओलीलाई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठकले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले...

ट्रेन्डिङ

नेताहरू कुर्सीको खेलमा, जनता प्राकृतिक विपदमा

आजकाल दलबीच राजनीतिक प्रतिस्पर्धाका नाममा संस्थापन पक्षविरुद्ध प्रतिपक्ष शक्तिबीच अपवित्र गठबन्धन कायम गर्दै संस्थापन पक्षलाई क्रमशः एक्लो पार्ने, बदनाम गर्ने र अन्त्यमा पराजित गरी...

कोरोनाको अर्थ राजनीतिक परिदृश्यमा नेपाल

छिमेकी देश चीनको बुहान सहर हुँदै सिंगो विश्वभर फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले विश्वलाई आतंकित बनाएको छ । विश्व स्वास्थ्य संगठनले अपडेट...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)