Saturday, July 24, 2021
Homeप्रमुख‘रुकुमपश्चिम घटनाका दोषीलाई आजिवन कैद सजाय गरियोस्’

‘रुकुमपश्चिम घटनाका दोषीलाई आजिवन कैद सजाय गरियोस्’

‘गृहमन्त्री बादलले तत्काल राजीनामा दिनुपर्छ’

,

काठमाडौं । नेपाल दलित विद्यार्थी संघले रुकुमपश्चिम चौरजहारी नगरपालिका ८ मा घटेको घट्नाको सरकारले गम्भिर रुपमा लिनुपर्ने र दोषीलाई अविलम्ब कारबाही गर्नुपर्ने माग गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले यस्तो माग गरेको हो । उक्त घट्नालाई कुनैपनि हालतमा तोडमोड गर्न नहुने संघको भनाई छ । र, राजनीतिकरण नगर्नपनि संघले चेतावनी दिएको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय दलित आयोगका पूर्व कार्यवाहक अध्यक्ष, नेविसंघका पूर्व केन्द्रिय सदस्य तथा दलित विद्यार्थी संघका पनि पूर्व अध्यक्ष मञ्जित ताम्राकारले २१औं शताब्दीमा यस्तो घट्ना घट्नु भनेको निन्दनिय भएको बताए । आफूहरु लकडाउन उल्लंघन गरेर भएपनि रुकुम घट्नामा संलग्न दोषीलाई कारबाहीको लागि सडकमा उत्रिएको ताम्राकारले स्पष्ट पारे ।

उनले अघि भने,‘हिजो पूर्व गृहमन्त्री जनार्दन शर्माले मन परेको व्यक्ति र उहाँले संरक्षण दिएको व्यक्तिलाई अहिले संयोजक बनाएर यो घट्नाको बारेमा छानबिन समिति बनाईएको छ । उहाँहरु दोषीहरुलाई उम्काउन खोज्दैहुनुहुन्छ । घट्ना तोडमोड गर्न खोज्दै हुनुुहुन्छ । दलितहरुको रगतमाथि होली खेल्ने अधिकार जनार्दन शर्मालाई छैन् । उहाँको पार्टीलाई पनि छैन् ।’

कार्यक्रममा नेविसंघका महामन्त्री युवराज पाण्डेले उक्त घट्नाको विरुद्धमा सिंगो मानवता पक्षधर विश्व समूदाय एक ठाउँमा उभिएको सुनाउँदै आफ्नो संगठनको एक्येबद्धतामात्रै नभई पूर्ण साथ रहेको स्पष्ट पारे । उनले भने,‘रुकुमपश्चिममा जुन नरसंहार भएको छ । यसले स्तब्ध बनाएको छ । यो मानवताविरोधी अत्यन्तै पाश्विक घट्ना भयो। अन्तरजातीय प्रेमसम्बन्धलाई विषय बनाएर युवाहरुको क्रुर हत्या गरियो, यो निन्दनीय छ । मानवता पक्षधर, लोकतन्त्रको पक्षधर हामी यो घट्नाको विरोधमा छौं ।’

उनले वर्तमान सरकार र सत्तारुढ दल नेकपाले घट्नालाई राजनीतिकरण गर्न खोजेको पनि गम्भिर आरोप लगाए ।
नेपाल दलित विद्यार्थी संघका अध्यक्ष कमल विश्वकर्माले गृहमन्त्री रामबहादुर थापा बादलले तत्काल राजीनामा दिनुपर्ने माग गरे । उनले घट्नाको सम्बन्धमा सत्य, तथ्य छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने र त्यसमा दलित आयोग र दलित समूदायका साथीहरुलाई पनि राखिनुपर्ने धारणा राखे ।

नवराज हत्याकाण्ड नेपालको संविधान र कानूनको धज्जी उडाएको उनको भनाई छ । मुलुकको गृहमन्त्री भैसकेका जनार्दन शर्मा र शक्ति बहादुर बस्नेतको क्षेत्रमा घट्ना घट्नु र आजसम्म न्याय नपाउनु भनेको लज्जाको विषय भएको उनले प्रश्न उठाए ।

उनले कुनैपनि आधारमा घट्नालाई तोडमोड गरिन नहुने धारणा राखे । यदि पीडितलाई न्याय नदिईए र घट्नालाई पूर्ण रुपमा उपेक्षा गरिए मुलुक भोलि जातीय द्धन्द्धमा जाने परिवेश नआउला भन्न नसकिनेपनि टिप्पणी गरे । उनले भने,‘गणतन्त्र नेपालमा यस्तो घट्ना घट्नु निन्दनीय छ ।’ उनले नेपालको एकीकरण होस वा त्यसपश्चात् दलित समूदयाको ठूलो भूमिका रहेको पनि सुनाए उनले भने,‘दलित समूदाय सिर्जनशील समूदाय हो ।’

नेपाल दलित विद्यार्थी संघका बरिष्ठ उपाध्यक्ष डम्बर सुनारले रुकुमपश्चिमको घट्ना कुनैपनि कोणबाट क्षम्य नभएको भन्दै दोषीलाई कडाभन्दा कडा सजाय गरिनुपर्ने माग गरे । उनले दोषीहरुलाई आजिवन कैद सजाय दिनुपर्नेपनि माग गरे ।

सुनारले भने,‘हामीले विभिन्न मिडियाबाटपनि बुझेका छौं । खासगरी यो घट्नालाई राजीतिकरण गर्न खोजिएको छ । त्योभन्दापनि अझै यो घट्नालाई बंग्याउन खोजिएको छ । यो घट्नाका दोषीलाई दोषी करार गर्ने कुरा त परै जाओस, त्यसमा संलग्न भएका तथाकथित उच्च जात भनाउँदाहरु यो घट्नामा उनीहरुको संलग्नता नै छैन भन्नेजस्तो देखाउन खोजेका छन् । त्यहाँ राजनीतिकरण गर्न खोजिएको छ ।’

Loading comments...

आजको समाचार

कोरोना संक्रमणको तेस्रो लहर ?

काठमाडौं । सरकारले कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि...

गण्डकीमा ६ मन्त्री थपिए

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले मन्त्रिमण्डलर बिस्तार गर्दै ११ सदस्यीय मन्त्रिमण्डल बनाएको छ । मुख्यमन्त्री पोखरेलले नेपाली काँग्रेससहित माओवादी केन्द्रका...

‘ठूलोबाको छोरासंगको प्रेम सुजिताको मृत्युको कारण’

  चितवन । पूर्वीचितवनको राप्ती नगरपालिका–३ का २३ वर्षीया सुजिता भण्डारी मृत्युको अनुसन्धान गरिरहेको प्रहरीले नयाँ क्लु भेट्टाएको छ । नातामा दाजु पर्ने सुकदेव भण्डारीसंगको प्रेम...

पैसाको लोभमा आफ्नै साथीको हत्या

  चितवन । चितवनमा पैसाको लोभका कारण आफ्नै साथीको गोली हानी हत्या भएको छ । सेनाको एउटै गणमा संगै काम गर्ने आफ्नै साथीको हत्या गरी...

बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु

  बझाङ । घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ की ३० बर्षिया महेश्वरी देवि...

साताका लोकप्रिय समाचार

समर ओलम्पिक आजदेखि

टोकियो । विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करण ग्रीष्मकालीन ओलम्पिक शुक्रबारदेखि जापानमा सुरु हँुदै छ । उद्घाटन समारोह नेपाली समयअनुसार दिउँसो १ः४५ बजेपछि हुनेछ ।...

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने तय भएको हो । आजको बैठक...

ओलम्पिक भिलेजमा थप ३ जनामा कोरोना

टोकियो ओलम्पिकमा सहभागी हुन पुगेका थप ३ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । ओलम्पिक भिलेजभित्र रहेका तीन खेलाडीमा कोरोना पुष्टि भएको टोकियो ओलम्पिकले...

श्रीमान तीन वर्षदेखी साउदीमा, श्रीमती भ्रुण हत्या अभियाेगमा नेपालमा पक्राउ

  बलेवा । अवैध गर्भधारण गरेर भ्रूणहत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् । जैमिनी–१० की २६ वर्षीया युवतीमाथि चार महिनाको...

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

  काठमाडाैं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रतिनिधिसभाको आजको...

ट्रेन्डिङ

शम्भु थापाले प्रश्न उठाएपछि न्याधीस हरिकृष्ण कार्कीद्वारा संवैधानिक इजलासमा नबस्ने घोषणा

काठमाडाैं ।  न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् । इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रश्न उठाएपछि न्यायाधीश कार्कीले इजलासमा नबस्ने घोषणा...

क्रिकेटमा कोभिड–१९ को मार

कराची । कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण पछिल्लो चार महिनामा थु्रपै क्रिकेट सिरिज रद्द भएका छन् । अहिले पनि क्रिकेट सुचारु हुन सकेको छैन...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?