कोशीमा ५२ प्रतिशत मतदान

इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कोशी प्रदेशमा करिब आधा मतदाता मात्रै मतदानमा सहभागी भएका छन्। प्रारम्भिक विवरणअनुसार प्रदेशमा ५२.४८ प्रतिशत मतदान भएको छ।

निर्वाचन कार्यालयका अनुसार ३५ लाख ७४ हजार ३ सय १० मतदातामध्ये १८ लाख ७६ हजार ५० जनाले मतदान गरेका छन्। करिब १६ लाख ९८ हजारभन्दा बढी मतदाता मतदानमा सहभागी भएनन्।

प्रदेशभर १ हजार ९ सय ७ मतदानस्थल र ४ हजार २ सय ७० मतदान केन्द्र तोकिएका थिए भने २४ वटा अस्थायी मतदान केन्द्रसमेत सञ्चालन गरिएको थियो।

मतदान सम्पन्न गराउन मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित २५ हजार ७ सय ६४ कर्मचारी परिचालन गरिएको थियो।

१४ जिल्ला रहेको कोशी प्रदेशमा प्रतिनिधिसभाका २८ निर्वाचन क्षेत्र छन् भने कुल ४ सय ९५ उम्मेदवार चुनावी मैदानमा रहेका छन्।

तपाइको प्रतिक्रिया
(Visited 60 times, 1 visits today)

epaper

ताजा समाचार

दाम उठ्यो, हिसाब छुट्यो—३८ लाख कसरी फुट्यो?