काठमाडौं । चितवन १ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल अघि लागेका छन्।
उनले १ हजार ७९१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका दावा दोर्जे लामाले १ हजार ६१७ मत प्राप्त गरेका छन्।
ढकालले दावा दोर्जे लामामाथि १७४ मतले अग्रता बनाएका छन्। नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटीले १ हजार ४४९ मत प्राप्त गरेका छन्।
मतान्तरअनुसार, हरि भने राजेन्द्र बुर्लाकोटीभन्दा ३४२ मतले अगाडि छन्। एमालेका दोर्जे लामा कांग्रेसका बुर्लाकोटीभन्दा १६८ मतले अघि छन्।
यसअघि एमालेका लामा अग्रस्थानमा थिए।
तपाइको प्रतिक्रिया
(Visited 447 times, 1 visits today)






