भीम रावललाई हराउँदै अछाम–१ मा कांग्रेसका स्वाँर विजयी

धनगढी । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अछाम निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँर विजयी भएका छन् । उनले १० हजार ७ सय ५८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार भीमबहादुर रावललाई पराजित गरेका हुन् ।

रावलले १० हजार २ सय ३० मत प्राप्त गरेका छन् । स्वाँरले रावललाई ५ सय २८ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन् ।

यसैगरी नेकपा एमालेका उम्मेदवार दिपक साउँदले ७ हजार ३ सय ८६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार ओमप्रकाश रावलले १ हजार ७ सय ४५ मत प्राप्त गरेका छन् ।

अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै स्वाँरलाई निर्वाचित घोषित गरिएको हो । अछाम–१ मा कांग्रेस र नेकपाबीच कडा प्रतिस्पर्धा देखिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 104 times, 1 visits today)

epaper

ताजा समाचार

दाम उठ्यो, हिसाब छुट्यो—३८ लाख कसरी फुट्यो?