सरकारले सिनेमा हलको पक्षमा ल्याएन बजेट

काठमाडौं । नेपाल सरकारले बिहिबार ल्याएको आर्थिक वर्ष २०७७-०७८ को वाषिक बजेटले सिनेमा हललाई अहिलेको अबस्थामा बचाउन नसक्ने हल सञ्चालकहरुको टिप्पणी रहेको छ । सिनेमा हल सञ्चालकका साथै नेपाल चलचित्र संघका महासचिब एवम् प्रवक्त अशोक शर्माले अहिले बन्द अबस्थामा रहेको मुलुकका १९२ वटा सिनेमा हललाई जोगाउन अहिलेको बजेटमा सहुलियतको प्याकेज नल्याएको भन्दै दुःख व्यक्त गरेका छन् ।

बजेटबाट राजधानी दैनिकसँग कुराकानी गर्दै प्रवक्ता शर्माले नेपाली सिनेमा उधोगमा सबैभन्दा ठुलो लगानी चलचित्र घरमा रहेको तर राज्यले यसपटकको बजेटमा चलचित्र घरलाई उपेक्षा गरेको बताएका छन् ।

प्रवक्ता शर्माका अनुसार चलचित्र भवन करिब अढाई महिनादेखि बन्दा भए पनि हल सञ्चालकहरु स्टाफ तलब, बिजुली, सरसफाईबापतको पैसा तिर्न विवस छन् । फिल्म हल खुल्न अझै कती समय लाग्ने भन्ने टुँगो नभएको बेला अब सिनेमा हललाई कसरी सञ्चालनमा ल्याउने र दर्शकलाई कसरी हलसम्म ल्याउने भन्ने वातावरण तयार गर्न सरकारले सिनेमा हललाई राहत प्याकेज नल्याएको शर्माले बताए ।

नेपालमा भएका सिनेमा हलमा सञ्चालकहरुको लाग ’bout प्रवक्ता शर्माले भने,‘नेपालमा भएको सबै सिनेमा हलका भूमि सहितको लागत हिसाब गर्दा ४ खर्बको पूँजी यसमा छ । नेपाल चलचित्र संघले हल सञ्चालकहरुसँग लिएको विवरण अनुसार अहिले मुलुकका सिनेमा हल सञ्चालनका लागि हलमालिकहरु ६ अर्व ऋणमा रहेका छन् ।’ सिनेमा हल नियमित बन्द रहेको र बैंकले ब्याज नछाड्ने कारणले गर्दा अब हल मालिकहरुले बैंकलाई ऋणको ब्याज कसरी तिर्ने भन्ने सँकट आएको छ ।’

कोरोना सँक्रमणपछि मुलुकका सिनेमा हलको अबस्था’bout चलचित्र संघका प्रवक्ता अशोक शर्माले भने,‘ मुलुकमा कोरोनाको अबस्था कहिलो सामान्य हुन्छ भनेर अनुमान गर्न अहिले गाह्रो छ । कोरोना सँक्रमण सामान्य भएपनि त्यसको ६ महिनापछिसम्म हलमा दर्शकहरु निर्धक्क भएर सिनेमा हेर्न जाँदैनन् ।’ त्यसैले अझै एक देखि डेढ वर्ष सिनेमा हल राम्ररी नचल्ने अनुमान प्रवक्ता शर्माको छ ।

सरकारले चलचित्र पक्षलाई अहिलेको बजेटमा समेटेको प्रसँग’bout प्रवक्ता शर्माले भने,‘छायाँकन नेपाल अभियान अन्तर्गत ७ ओटै प्रदेशमा स्टुडियो निर्माण गर्ने घोषणा हाम्रालाई लालीपप देखाउनु सरह हो । गत वर्ष नै काठमाडौं उपत्यकामा एउटा इन्डोर स्टुडियो बनाउने भनेर बजेट ल्याएको अहिलेसम्म त्यसको लागि जग्गा त खोजिएको छैन भने सात ओटै प्रदेशमा सुटिङ स्टुडियो हाम्रालागि दिवासप्न जस्तै हो ।’ उनले अगाडि थपे, ‘ अहिले कैयौं फिल्म निर्माण भएर प्रदर्शन हुन नसकी कोरोनाका कारण थन्किएका छन भने कत्ति सिनेमाहरुको आधा छायाँकन भएर रोकिएको छ । उनीहरुको पनि करोडौं रकम फसेकाले यस्ता फिल्म रिलिजका लागि खै सहायता रकम सरकारले बजेटमा खै ल्याएको ?’

सकारले बजेटमा उत्पादन मुलक उधोगलाई बिजुली, ऋण लगायतमा छुट दिने भनिए पनि सिनेमा हल उत्पादनमुलक नभएर सेवामुलक उधोग रहेको पनि प्रवक्त शर्माले राजधानीलाई बताए । बजेटमा उत्पादनमुकल उधोगलाई सहुलियत दिने भनिएको नेपाली चलचित्र निर्माण उत्पादन मुलक उधोगमा परेको तर हल सेवामुलक उधोगमा परेको उनले बताए । सोही कारण यसपटक बजेटमा आफुहरु निराश रहेको भनाई प्रवक्ता शर्माको छ ।

कोरोना सँक्रमण साम्य भए पनि त्यसको केही समयसम्म सिनेमा हलहरु सञ्चालन गर्न नसकिने अबस्था रहेको र बैंकको ब्याजसँगै बिजुली, हल मर्मत, सरसफाई स्टाफ खर्च नियमित तिनु पर्ने भएकाले सरकारले अझै पनि नेपालका फिल्म हलका लागि विशेष सहुलियत प्याकेज ल्याउनु पर्ने माघ नेपाल चलचित्र संघको रहेको पनि महासचिब तथा प्रवक्त अशोक शर्माले राजधानीलाई बताए ।

तपाइको प्रतिक्रिया
(Visited 171 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

धनुषामा एक महिलाको शब खेतमा, टाउको खोलामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयर र उपमेयरमा सत्ता गठबन्धनको अग्रता