गुल्मीमा ३७ उम्मेदवारको जमानत जफत

गुल्मी । गुल्मीमा ३७ उम्मेदवारको जमानत जफत भएको छ । फगुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा जिल्लाका दुवै निर्वाचन क्षेत्रमा सात राजनीतिक दल र अन्य स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको हो ।

क्षेत्र नम्बर १ मा नेकपाका सुदर्शन बराल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अजित कुमार श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका मैया लक्ष्मी, राष्ट्रिय जनमोर्चाका शेर बहादुर थापा, मंगोल नेशनल अर्गनाइजेशनका खड्क बहादुर थापा र आम जनता पार्टीका शिखा रेश्मीको जमानत जफत भएको छ ।

त्यसैगरी स्वतन्त्रबाट उम्मेदवारी दिएका कृष्ण बहादुर सुनार, घनश्याम गौतम, चेत बहादुर बस्नेत, टोप बहादुर थापा, प्रेम प्रसाद श्रेष्ठ, प्रेमलाल भण्डारी, मेघ बहादुर गाहा, यम बहादुर श्रेष्ठ, लक्ष्मण भण्डारी, बिमल ज्ञवाली र सुर्य बहादुर सोनी सुनारको जमानत जफल भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी हर्क श्रीसले जानकारी दिए ।

क्षेत्र नम्बर २ मा नेकपाका श्रीराम महतसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका जनक सेन, राष्ट्रिय जनमोर्चाका लाल बहादुर थापा क्षेत्री, मंगोल नेशनल अर्गनाइजेशनका वेद बहादुर थापा, नेशनल रिपब्लिक नेपालका पदम थापा मगर, नेपाल कम्युनिष्ट पार्टी माओवादीका सन्ते नेपाली, उज्यालो नेपाल पार्टीका कर्ण बहादुर थापाको जमानत जफत भएको छ ।

क्षेत्र नम्बर २ मा स्वतन्त्रतर्फ हरिकला श्रीस मगर, नरेन्द्र प्रसाद रिजाल, फर्सुराम कडेंल, भागिरथ थापा, भुमिराज सापकोटा, महेश्वर घिमिरे, मालता घिमिरे, रामप्रसाद पोखरेल, लोक बहादुर पुन, सरस्वती लम्साल, सुरेन्द्र पाण्डे र खुबिराम आचार्यको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी श्रीसले बताए । निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने गर्दछ ।

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदको नाराबाजी