संखुवासभा । संखुवासभा जिल्लामा भारतबाट आएका दुई जनामा कोराना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । खाँदबारी नगरपालिका –९ तुम्लिङटारस्थित क्वारेन्टाइनका दुई पुरुषलाई कोरोना पुष्टि भएको हो ।
उनीहरु जेठ १३ गते भारतबाट आएर तुम्लिङटारस्थित क्वारेन्टाइनमा बसेका हुन् । कोशी अस्पताल विराटनगरमा स्वाब परीक्षण गर्दा दुवैमा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रवक्ता रोशन श्रेष्ठले जानकारी दिए ।
संक्रमितहरु एकजना खाँदाबारी नगरपालिका–७ का २३ वर्षीय र पाँचखपन नगरपालिका–१ का २२ वर्षीय पुरुष भएको प्रबक्ता श्रेष्ठले बताउनु भयो । खाँदबारी –९ तुम्लिङटारका क्वारेन्टाइनमा राखिएका ७ जनामध्ये दुई जना पुरुषमा कोरोना पुष्टि भएको हो । उनीहरु दुवैजनालाई एम्बुलेन्स मार्फत कोरोना अस्पताल आइसोलेसनमा लाने तयारी भइरहेको जिल्ला अस्पताल खाँदबारीका अध्यक्ष सुमन शाक्यले बताए ।
सुनौली नाकाबाट उद्धार गरेर ल्याइएको ७ जनाको स्वाब परिक्षणका लागि बुधबार विराटनगर पठाइएको थियो । उनीहरुलाई १३ गते उद्दार गरेर संखुवासभा ल्याइएको थियो । जिल्लामा पहिलो पटक कोरोना संक्रमित भेटिएपछि तुम्लिङटारमा उच्च सर्तकता उपनाइएको छ ।