Saturday, September 25, 2021
Your Ads Here
Homeप्रदेशपिसिआर परिक्षण दायरा नबढाउँदा जोखिम बढ्ने खतरा

पिसिआर परिक्षण दायरा नबढाउँदा जोखिम बढ्ने खतरा

,
sharethis

बर्दिया । केहिदिन यता भारतबाट घर फर्कनेहरुको लर्को छ । भारतसँग सीमा जोडिएका जिल्लाका विभिन्न नाका तथा नेपालगंज जमुनाहा नाकाबाट दिनहँ सयौँ मानिसहरु जिल्ला भित्रिरहेका छन् । भारतबाट घर फर्कनेको संख्या बढ्दै गएको छ । तर जिल्लामा पिसिआर परीक्षणको दायरा भने बढाइएको छैन । परीक्षणको दायर नबढाउँदा संक्रमणको जोखिम बढ्दै गएको छ ।

स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार पिसिआर परिक्षणका लागि ४ वटा दायरा कायम गरिएको छ । उनका अनुसार आरडिटी पोजेटिभ देखिएका, आइशोलेसनमा रहेका, संक्रमित व्यक्तिको सम्र्पकमा रहेका र आइशोलेसनमा रहेको व्यक्तिको अन्तिम परीक्षणका लागि पिसिआर गरिने व्यवस्था छ । क्वारेन्टाइनमा बसेकाहरुको पिसिआर परिक्षण गर्ने कुनै व्यवस्था छैन ।

जिल्ला प्रशासन कार्यालयका अनुसार जेठ महिना यता २ हजार भन्दा बढि मानिसहरु भारतबाट जिल्ला भित्रिएका छन् । भारतबाट घर आएका जो कोहीलाई पनि अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने नियम बनाइएको छ । भारतबाट घर फर्कनेको संख्या बढ्दै गएपछि यहाँका क्वारेन्टाइनहरु पनि भरिन थालेका छन् । क्वारेन्टाइन व्यवस्थापन गर्न पालिकाहरुलाई हम्मेहम्मे परेको छ ।

स्वास्थ्य कार्यालय बर्दियाका स्वास्थ्य निरिक्षक कृष्णगोपाल चौधरीका अनुसार हाल जिल्लाका विभिन्न क्वारेन्टाइनमा ३ हजार ४३३जना मानिसहरु छन् । स्वास्थ्य कार्यालयको प्रतिवेदन अनुसार हालसम्म जम्मा १ हजार ३०५ जनाको मात्र पिसिआर जाँचका लागि स्वाब संकलन गरिएको छ । जसमध्ये १ हजार २३७ जनाको रिर्पोट नेगेटिभ आएको छ । ९ जनाको कोरोना पोजेटिभ देखिएको छ । भने ५९ जनाको पिसिआर रिर्पोट आउन बाँकी छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   महासभामा भाग लिन परराष्ट्रमन्त्री न्युयोर्कमा

जिल्लामा पिसिआर परीक्षण किट प्रयाप्त छैन । शनिबार जल्लामा ३ सय वटा मात्र पिसिआर किट आएको स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताए । भारतबाट आएर क्वारेन्टाइनमा बसेका सबैको पिसिआर परीक्षण गर्नु पर्ने हो । तर परिक्षण गरिएको छैन ।

क्वारेन्टाइनमा बसेकाहरुको ५ देखि ७ वा १० दिन भित्र पिसिआर परिक्षण गरि सक्नु पर्छ । तर यहाँ १४ दिन पछि आरडिटी परिक्षण मात्र गर्ने गरिएको छ । आरडिटी रिर्पोट पोजेटिभ देखिएकाहरुको मात्र पिसिआर परिक्षण गरिने स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए ।

पछिल्लो समयमा आरडिटी परिक्षण रिर्पोटलाई भरपर्दो मानिएको छैन । पिसिआर परीक्षण नहुँदा क्वारेन्टाइनमा बसेकाहरु आक्रोशित छन् । पिसिआर परीक्षण नहँदा क्वारेन्टाइनको अवधी पुरा गरेर घर फर्के पनि त्रास रहि रहने क्वारेन्टाइनमा बसेकाहरु बताउँछन् । क्वारेन्टाइनमा पिसिआर परिक्षण नहुँदा समुदायमा पनि त्रास फैलने स्थानियहरु बताउँछन् ।

तपाइको प्रतिक्रिया

(Visited 156 times, 1 visits today)

आजको समाचार

सहकारीमूलक संघीयता

विश्वमा भिन्नभिन्न प्रकारका संघीय शासन प्रणाली प्रचलनमा रहेका छन् । सरकारका तहबीच अन्तरजेलित, अन्तरनिर्भर र अन्तरसम्बन्धित जिम्मेवारी पूरा गर्न सहयोगात्मक सम्बन्ध, समन्वय र सहकार्य...

काठमाडौं प्रहरीको चाडबाड सुरक्षा योजना

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले दसैंतिहारलगायतका चाडबाड लक्षित गर्दै सुरक्षा योजना बनाएको छ । परिसर काठमाडौंले बनाएको सुरक्षा योजनामा चाडबाडका लागि प्रहरी परिचालनदेखि...

बाजुरामा अनन्ते मेला सकियो, देउडा सकिएन

  बाजुरा । बाजुराबासीको मौलिक साँस्कृतिक पर्व अनन्ते मेला यहाँका स्थानीयले बडो महत्वका साथ मनाउने गरेका छन् । अनन्तेलाई दशै तिहार जस्तै उत्साह र उमंगका...

सुदूरपहाडमा भूकम्पको धक्का

बैतडी ।  बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज भूकम्प गएको छ । राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का...

कोलकातासँग मुम्बाई पराजित

आबुधावी । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ । आबुधाबीमा गएराति भएको खेलमा मुम्बइले दिएको...

साताका लोकप्रिय समाचार

लिग कपमा सिटी र लिभरपुलको प्रभावशाली जीत

लन्डन । म्यान्चेस्टर सिटी र लिभरपुल लिग कप फुटबल प्रतियोगिताको अन्तिम १६ मा पुगेका छन् । साविक विजेता म्यान्चेस्टर सिटीले गएराति भएको खेलमा तेस्रो...

दुई दिनपछि सरकार विस्तार हुन्छ : प्रचण्ड

  जनकपुरधाम । सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४ असोजपछि सरकार विस्तार हुने बताएका छन् । पार्टीका प्रशिक्षण कार्यक्रम पश्चात जनकपुरधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै...

संखुवासभा सामूहिक हत्या प्रकरण: प्रमुख योजनाकार नै अर्कै, दुई परिवारका पाँच जना संलग्न

धनकुटा । गत २१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित ५७ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या अभियोगमा प्रहरीले उनीहरूकै आफन्त २६ वर्षीय...

कांग्रेस महाधिवेशनः १३ जिल्लामा वडा अधिवेशन फेरि सर्ने

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवाद मिलाउन बाँकी रहँदा १३ जिल्लामा वडा तहको अधिवेशनको कार्यतालिका फेरि परिवर्तन हुने भएको छ । कांग्रेसले पहिलो चरणमा...

दिगो विकास लक्ष्यका विषयमा जनप्रतिनिधि नै बेखबर

काठमाडौं । दिगो विकास लक्ष्य सुरु भएको छ वर्ष हुन लाग्दा पनि जनप्रतिनिधिको तहमै जानकारी नहुँदा कार्यान्वयनमा चुनौती देखिएको यस क्षेत्रका विज्ञको भनाइ छ...

ट्रेन्डिङ

कांग्रेस वरिष्ठ नेता पौडेलद्वारा अर्थविज्ञहरुसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाको संक्रमणपछिको अर्थतन्त्रमा सुधारका लागि विज्ञहरुसंग छलफल गरेका छन् । नेता पौडेलले भिडियो कन्फरेन्स मार्फत विहिवार...

बेलबारी नगरपालिकाको पाँचौ नगरसभा सम्पन्न

मोरङ, ३० फागुन । मोरङको बेलबारी नगरपालिकको पाँचौं नगरसभा दुइ वटा ऐन पारीत गर्दै सम्पन्न भएको छ । दुई दिनसम्म चलेको नगरसभाले खेलकुद तथा सार्वजनिक...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)