Sunday, May 9, 2021
Home Breaking News नेपालले बनाएको सडक भारतले भत्कायो

नेपालले बनाएको सडक भारतले भत्कायो

,

काठमाडौं । वीरगन्ज–ठोरी हुलाकी सडकखण्डअन्तर्गत पर्साको ठोरीस्थित ठुटेखोलामा निर्माण सम्पन्न भएको ठुटेखोला पुललाई वर्षौंदेखि भारतीय पक्षले सञ्चालनमा अवरोध गर्दै नियन्त्रणमा राख्दै आएको छ ।
करिब तीन वर्षअघि निर्माण सम्पन्न भए पनि भारततर्फ सिँचाइका लागि पानी लैजान बनाइएको कुलोमा अवरोध हुने भएपछि भारतीय पक्षले अवरोध गर्दै आइरहेको हो ।
नेपाल–भारत सीमा क्षेत्रमा पर्ने पिल्लर रहेको स्थानबाट दशगजा छाडेर करिब ५० मिटरपर नेपाली भूमिमै पुल निर्माण गरिएको छ । तर, वर्षौंदेखि भारतीय पक्षले सो स्थानमा कुलोकै निहुँमा कब्जा जमाउँदै आइरहेको छ ।
सो पुल स्थानीय जनप्रतिनिधिको पहलमा बुधबारदेखि मात्रै सञ्चालनमा ल्याइएको थियो । सो पुलले ठोरी गाउँपालिकाका वडा नम्बर १ र २ लाई ३ सँग जोड्छ ।
ठोरी गाउँपालिका–२ का वडाध्यक्ष किशोर तामाङले पुल मात्र नभएर पुलभन्दा करिब सय मिटरमाथि रहेको पानीको बाँधसमेत वर्षौंदेखि भारतीय पक्षकै कब्जामा रहेको बताए ।
‘हामीले धेरै लामो विवादपछि बल्लतल्ल पुल बनायौं । अहिले निर्माण सकिएको तीन वर्षपछि पुल सञ्चालन गर्न खोज्दा भारतीय पक्षले आएर बाटो भत्काए । पुल मात्रै होइन, पुलभन्दा सय मिटरमाथि रहेको पानीको बाँधसमेत भारतीय पक्षकै कब्जामा छ,’ ठोरी २ का वडाध्यक्ष तामाङले राजधानीसँग भने ।
उनका अनुसार बिहीबार साँझ भारतबाट हतियारसहित बर्दीमा नेपाली भूमि छिरेका भारतीय सुरक्षाकर्मीले पुल सञ्चालनमा अवरोध गरेका हुन् । उनीहरूले भारतीय नागरिकलाई नै सो सडक भत्काउन ल्याएका थिए ।
तामाङले भने, ‘हामी ठोरीवासी त भारतीयसँग प्रतिकारमा उत्रँदै आएका छौं, तर राज्य पक्षले नै साथ दिएन । हामी उनीहरूसँग प्रतिवाद गर्छाैं । हाम्रो जिल्लाको प्रशासनिक नेतृत्व बोल्दैन ।’
ठोरी–३ का वडाध्यक्ष सूर्य लामाले कुनै हालतमा भारतीय पक्षको दादागिरीलाई ठोरीवासीले नसहने बताए । ‘हाम्रो प्रशासनिक नेतृत्व हाम्रो पक्षमा नहुनु दुःखद छ, वर्षौंदेखि बनाएको पुल हामीले नै सञ्चालन ग¥यौं, उनीहरूको अवरोध आउँदा समेत हाम्रो प्रशासनिक नेतृत्व आउँदैन । योभन्दा दुःखद कुरा के होला ?’ लामाले भने ।
पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की भने सो विषयलाई सामान्य भन्दै पन्छिन खोजे । स्थानीय तहले नै सो विषयमा समन्वयको काम गरिरहेको भन्दै उनी यसबारे बोल्न चाहेनन् ।
‘सामान्य विषय हो, स्थानीय तहमा नै समन्वयको काम भइरहेको छ । समन्वय हुन्छ, भइरहेको छ,’ पर्साका प्रमुख जिल्ला अधिकारी कार्कीले भने ।
तर, वडा–३ का अध्यक्ष लामाले भने प्रमुख जिल्ला अधिकारीबाट कुनै पनि समन्वयको काम अघि नबढेको जनाए । हुलाकी सडकअन्तर्गत पर्ने सो सडकमा पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले पुल सञ्चालनका लागि भारतीय पक्षले प्रयोग गर्दै आइरहेको एउटा कुलो गत बुधबार पुरेको थियो । माथिको आदेश भन्दै भारतीय पक्षले बिहीबार सडक भत्काएर कुलो बनाउन खोजेको थियो ।
ठोरीका स्थानीयले त्यसको प्रतिवाद गरेपछि उनीहरू साँझपख फर्किएका थिए । स्थानीय युवा प्रकाश खनालका अनुसार भारतीयहरू फर्किएपछि भारतीयले भत्काएको सडक नेपाली पक्षले पुनः पुरेको थियो ।
जिल्ला समन्वय समिति पर्साका उपप्रमुख ठाकुरप्रसाद न्यौपानेका अनुसार तीनवटामध्ये दुइटा कुलोमा कल्भर्ट बनाएर पुल सञ्चालन गर्ने निर्णय स्थानीय जनप्रतिनिधि र अगुवाहरूबीच भएको थियो । गत १४ जेठमा उनीहरूले निर्णय कायान्र्वयन गर्दै एउटा कुलो पुरेर पुल सञ्चालनमा ल्याएका थिए ।
हुलाकी सडकअन्र्तगत पर्ने ठुटेखोलामा अमर एन्ड मृत सञ्जीवनी कम्पनीले ६ करोड ९७ लाख २१ हजार रुपैयाँमा ४ वटा स्पान रहेको १ सय २ मिटर लामो र ७ दशमलव २ मिटर चौडाइको पुल निर्माण गरेको थियो ।

के हो त कुलो विवाद ?
ठुटेखोला पुलको पूर्वतर्फ बग्ने तीनवटा कुलामध्ये दुइटा कुला भारतीय पक्षले वर्षांैदेखि सिँचाइका लागि प्रयोग गर्दै आइरहेको छ । त्यसका लागि भारतीय पक्षले नेपाली भूमिमा बग्ने ठुटेखोलामा अस्थायी बाँध बनाएको छ ।
पुल सञ्चालनमा ल्याउन कि त कुलो पुर्नुपर्ने हुन्छ कि त कल्भर्ट बनाउनुपर्छ । तर, भारतीय पक्षले कुलो पुरेर एप्रोच सडक बनाउन नदिने अडान राख्दै आएको छ । दुवै पक्ष आ–आफ्नो अडानमा रहेकाले पुल सञ्चालनमा आउन सकेको छैन । तर, स्थानीय जनप्रतिनिधिले भने एउटा कुलोमा कल्भर्ट राखेर भारततर्फ पानी लैजान दिने र पुलसमेत सञ्चालन गर्ने गरी सहमति गरेका थिए ।
पुल सञ्चालनमा नआउँदा वर्षायाममा ठोरीका बासिन्दा जोखिम मोलेरै सवारीसाधन चलाउन बाध्य छन् । वर्षायाममा आउने बाढीले जिल्ला सदरमुकाम वीरगन्जसँगको सडक सम्पर्कसमेत टुट्ने गरेको छ ।

(Visited 1,470 times, 1 visits today)
Loading comments...

आजको समाचार

अस्पतालमा शैया भरिभराउ, पेटीमा बिरामीको छटपटी

काठमाडौं । केही दिनयता कोरोना संक्रमण दर दैनिक आठ हजारमाथि पुग्न थालेको छ । संक्रमित संख्या बढेसँगै मृत्यु दरसमेत बढ्ने क्रममा रहेको छ । देशभरका...

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप...

बुर्किना फासो सुनखानीमा महिलाई जबरजस्ती वेश्यावृत्तिमा लगाइन्छ

बुर्किना फासो । मानव तस्करले ब्लेसिङलाई कुटपिट र लागूपदार्थ खुवाउन थालेको महिनौं बितिसके । यी २७ वर्षीया ब्लेसिङलाई एउटा सुनखानीबाट अर्कोमा पु-याउँछन् । हरेक रात...

साताका लोकप्रिय समाचार

राजस्थान र दिल्लीको सहज जीत

अहमदावाद । इन्डियन प्रिमियर लिग (आइपिएल) का हिजो आइतबार दुई खेल सम्पन्न भयो । पहिलो खेलमा सनराइजर हैदरवादविरुद्ध राजस्थान रोयल्स विजयी भयो भने पञ्जावविरुद्ध...

बढेको तलब गत साउनदेखि नै नपाए आन्दोलनमा उत्रने ट्रेड युनियनको चेतावनी

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले सरकारले वृद्धि गरेको तलब चालू आर्थिक वर्षको सुरु (गत १ साउन)देखि नै नपाए आन्दोलनमा उत्रने चेतावनी...

भारतबाट फर्केकाहरु यार्सा टिप्न सिधै लेकतीर (फाेटाेफिचर)

बझाङ । कोरोनाको दोस्रो लहरको उच्च जोखिम बढेको बेला भारतबाट फर्केकाहरु सिधै यार्सा संकलनको गर्न लेक तिर जाने गरेका छन् । बझाङमा जिल्ला प्रशासन...

काठमाडौं प्लेअफमा

काठमाडौं । क्यामरुनी फरवार्ड मेसौके ओलुमोउको ह्याट्रिक मद्दतमा काठमाडौं रेजर्सले खुकरी नेपाल सुपर लिग (एनएसएल) मा विराटनगर सिटी एफसीमाथि पुनरागमन जित निकाल्दै प्ले अफमा...

भारतमा कोरोना संक्रमितको संख्यामा दिनदिनै नयाँ रेकर्ड, एकै दिन चार लाख १४ हजार संक्रमित

नयाँ दिल्ली । कोरोनाभाइरस (कोभिड–१९) महामारीको दोस्रो लहरको सङ्कट व्यहोरिरहेको भारतमा विगत २४ घण्टाको अवधिमा चार लाख १४ हजार नयाँ सङ्क्रमित फेला परेका छन् ।...

ट्रेन्डिङ

आइसोलेशनमा मृत्यु भएका थापाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

बुटवल । बुटवलस्थित कोरोना भाइरस विशेष अस्थायी अस्पताल आइसोलेशनमा आइतबार अपराह्न मृत्यु भएका बिरामीको प्रयोगशाला रिपोर्टमा कोरोना भाइरस ‘नेगेटिभ’ देखिएको छ । पाल्पा स्थायी...

सीपी मैनाली चढेको गाडी दुर्घटना, परिवारका पाँच जना गम्भिर घाइते

जनकपुरधाम । पूर्व उपप्रधानमन्त्री एवं नेकपा माले महासचिव सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिवासमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी महासचिव मनौली...

हिरासतमै विजयको मृत्यु भएपछि प्रहरी निरिक्षकसहित ३ प्रहरी निलम्बित

रौतहट । रौतहटको गरुडा हत्याकाण्डसंग जोडिएका अनुसन्धान अधिकृत प्रहरी निरिक्षकसहित ३ जना प्रहरी निलम्बनमा परेका छन । इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका बिजय महराको...

मोटरसाइकलको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

तनहुँ । मोटरसाइकलको ठक्करबाट ८ बर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको भानुनगरपालिका-५ पंचनगरस्थित डुम्रे सडक खण्डमा चन्दावतीबाट डुम्रे तर्फ आउँदै गरेको बा७० प...

२०७७ मा आउने नेपाली चलचित्रहरू

काठमाडौं । नेपाली चलचित्र उद्योगका लागि २०७६ साल त्यति सुखद भएन । वर्षभरिमा जम्मा ५६ वटा नयाँ नेपाली चलचित्र रिलिज भए । तीमध्ये पनि...

७ वर्षिया बालिकालाई कोठामा लगेर बालात्कार गर्ने पक्राउ

तुलसीपुर । बलात्कार अभियोगमा तुलसीपुरमा एक युवक पक्राउ परेका छन् । ७ बर्षकी बालिकालाई ललाईफकाई कोठोमा लगेर बलात्कार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका–७ बाट १७...

लकडाउनमा विद्यार्थी भर्ना नगर्न मन्त्रालयको निर्देशन

काठमाडौं । लकडाउनको अवधीमा विद्यार्थी भर्ना नगर्न सरकारले निर्देशन दिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउनको समयमा कुनै पनि विद्यालयलाई विद्यार्थी भर्ना...

प्रदेश १ को प्रदेशसभा बैठक ३ मिनेट बसेर स्थगित

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगन भएको छ । प्रदेशसभाको सो अधिवेशनको पहिलो बैठक...

मन्त्री नै बस रिजर्भ गर्दै मजदुर घर पठाउँदै

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनले लकडाउनले भक्तपुर र ललितपुरमा अलपत्र परेका ४ सय मजदुरलाई उद्दार गरी घर पठाएका छन् । ...

तीन हजार मान्छे भित्र रहेकाे बेला ताजमहलमा बम भएकाे हल्ला चलेपछि…

 एजेन्सी । भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा अवस्थित एक प्रसिद्ध पर्यटकीय संरचना ताजमहलमा बम राखिएको भन्ने सूचनापछि आज सो ताजमहल बन्द गराइएको समाचारमा जनाइएको...

शिल्पा पनि सेरोगेसी आमा

मुम्बई । बलिउड अभिनेत्री शिल्पा सेट्ठीले दोस्रो सन्तान सेरोगेसी माध्यमबाट अपनाएकी छन् । उनको एक छोरी यसअघि नै भइसकेको छ । शिल्पाका श्रीमान् कुन्द्रा...

मुख्यमन्त्री सवार गाडीमाथी ढुंगा प्रहार

काठमाडौं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमाथि नेपाली कांग्रेसका कार्यकर्ताहरुले ढुंगा प्रहार गरेका छन् । काठमाडौंबाट भैरहवा विमानस्थल ओर्लेर गाडीमा जाँदै गर्दा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)