Wednesday, September 22, 2021
Your Ads Here
HomeNot-to-be-missedफेडेरर सर्वाधिक आम्दानी गर्ने खेलाडी

फेडेरर सर्वाधिक आम्दानी गर्ने खेलाडी

,
sharethis

न्युयोर्क । भेट्रान स्विस स्टेनिस स्टार रोजर फेडेरर सर्वाधिक आम्दानी गर्ने खेलाडीको सूचीको शीर्षस्थानमा रहेका छन् । अमेरिकी आर्थिक पत्रिका फोब्र्सले सार्वजनिक गर्ने सूचीको खेलाडीतर्फ फेडेरर शीर्षस्थानमा अटाएका हुन् । उनले फुटबलका स्टार खेलाडीहरू लियोनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो र नेयमारलाई पछि पार्दै सबैभन्दा बढी आम्दानी गर्नको शीर्षस्थानमा रहेका हुन् । मेस्सीले पहिलोपटक शीर्षस्थान गुमाएको हो । फोब्र्स म्यागजिनको पछिल्लो अपडेटअनुसार लन टेनिसकै राफयल नाडाल पहिलोपटक यो सूचीमा अटाउँदा स्पेनकै आन्द्रेस इनिस्टा, डेभिड हे गेया र सर्जियो रामोस शीर्ष १ सयभित्र अटाएका छन् ।

पछिल्लो तथ्यांकअनुसार स्विस टेनिस स्टार फेडेररको आम्दानी १०६.३ मिलियन डलर आम्दानी गरेको छ । फेडेररले यो रकम आफ्नो प्रायोजकबाट हात पारेका हुन् । उनीसँग १३ वटा विभिन्न ब्रान्डहरू प्रायोजकका रूपमा जोडिएका छन् । यस्तै फेडेरर सक्रिय खेलाडीका १ सय मिलियन डलर एकै वर्षमा प्रायोजकबाट कमाउने दोस्रो खेलाडी बनेका छन् । यसअघि गल्फका खेलाडी टाइगर उड्सले गरेका थिए । दोस्रो स्थानमा रहेका पोर्चुगल तथा इटालियन फरवार्ड युभेन्टसका फरवार्ड रोनाल्डोको १०५ मिलियन डलर आम्दानी रहेको छ । कोरोनाका कारण युभेन्टसबाट आउने ३.५ मिलियन पाउन्ड कटौती गर्न राजी भएका रोनाल्डोको प्रायोजक र इन्टाग्रामबाट नै राम्रो आम्दानी गर्छन् । तेस्रो स्थानमा झरेको अर्जेन्टिना तथा क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीको १०४ मिलियन डलर आम्दानी रहेको छ । उनीसँग पनि विश्वविख्यात कम्पनीहरू प्रायोजकका रूपमा रहेका छन् । बार्सिलोनाका कप्तान मेस्सीले एक साताको सबै कटाएर दुई मिलियन पाउन्ड कमाउँछन् ।

ब्राजिली फुटबलर नेयमार ९५.५ मिलियन डलरसहित चौथो स्थानमा रहेको छ । नेयमारसँग पनि विभिन्न प्रायोजक जोडिएका छन् । उनले इन्स्टाग्राम पोस्टबाट मात्र वर्षमा ३३ मिलियन पाउन्ड कमाउँछन् । बास्केटबलका लिब्रन जेम्स ८८.२, बास्केटबलकै स्टेफन करीको ६३.९, बास्केटबलका केभिन डुरान्ट ६३.३, गल्फका टाइगर वुड्सको ६२.३, एनएफएलका किर्क कौसिन्सको ६०.५ र एनएफएलकै कार्सन वेन्ट्ज ५९.१ मिलियन डलर आम्दानी गर्दै क्रमशः शीर्ष १० भित्र अटाएका छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   लिग कपमा सिटी र लिभरपुलको प्रभावशाली जीत

बक्सिङका टाइसन फुरी ५७ मिलियन डलर आम्दानी गर्दै ११औं स्थानमा रहँदा फर्मुला वानका लेविस ह्यामिल्टन ५४ मिलियन डलरसहित १३औं स्थानमा रहेका छन् । टेनिसका नोभाक जोकोभिच ४४.६ मिलियन डलरसहित २३औं तथा पहिलोपटक फोब्र्सको सूचीमा अटाएका स्पेनका टेनिस स्टार राफयल नाडाल ४० मिलियन डलरसहित २७औं स्थानमा रहेका छन् । जापानी टेनिस स्टार नाओमी ओसाका ३७.४ मिलियन डलरसहित सूचीमा २९औं स्थानमा रहँदा अमेरिकी टेनिस स्टार सेरेना विलियम्स ३६ मिलियन आम्दानीसहित ३३औं स्थानमा रहेकी छन् ।

फुटबलका मोहम्मद सलाह ३५.१ मिलियन डलर आम्दानीसहित ३४औं स्थानमा छन् । फुटबलका फ्रेन्च स्टार केलियन एमबाप्पे ३३.८ मिलियन डलरसहित ३६औं स्थानमा छन् । जापानको जे लिग खेलिरहेका स्पेनिस फुटबलका लेजेन्ड आन्द्रेस इनिस्टा २९.६ मिलियन डलरसहित फोब्र्सको सूचीमा ४६औं स्थानमा छन् । इनिस्टा हाल छन् । २८.७ मिलियन डलरसहित फुटबलका मेसुट ओजिल ४९औं स्थानमा, फुटबलकै पउल पोग्वा २८.५ मिलियन डलरसहित ५१औं स्थानमा रहेका छन् । ब्राजिली ओस्कार २७.५ मिलियन डलरसहित ५६औं स्थानमा छन् । २५.७ मिलियन डलरसहित हे गेया ६७औं स्थानमा रहँदा २१.८ मिलियन डलरसहित रामोस शीर्ष १०० मा अटाएका छन् ।

तपाइको प्रतिक्रिया

(Visited 149 times, 1 visits today)

आजको समाचार

लागूऔषध चरेस कारोबारको नयाँ शैली

काठमाडौं । लागूऔषध कारोबारमा संलग्न गिरोहले लागूऔषध चरेसको नयाँ शैलीबाट ओसारपसार गर्दै व्यापार गर्दै आएको पाइएको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले चरेस...

प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री

काठमाडाैं ।  मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाएका छन् । क्यानका महानिर्देशक राजन पोखरेलले...

डा भक्तमानको अपहरणमा संलग्न पण्डित पक्राउ

  चितवन ।  चितवनका चिकित्सक (बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक) डा भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रही फरार एक व्यक्ति लामो समयपछि पक्राउ...

ओली सरकारले नियुक्त गरेका सबै राजदूत फिर्ता

काठमाडौं । सरकारले नेपालका लागि अमेरिकी राजदूत पूर्वअर्थमन्त्री डा. युवराज खतिवडासहित केपी शर्मा ओलीको पालामा नियुक्त भएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ...

साताका लोकप्रिय समाचार

पोखरीमा चार वर्षीय छाेरासहित आमाकाे शव फेला

  जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकामा साेमबार बिहान एक पोखरीमा आमाछोराको शव फेला परेकाे छ । धनुषाधाम नगरपालिका– २ धर्मपुर टोल बस्ने अशोक सिंहकी २८ वर्षीया...

शनिबारसम्म वर्षा हुने, चार प्रदेशमा चट्याङसहित पानी पर्ने

  काठमाडाैं ।  न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित...

महाधिवेशनमा कांग्रेसः तीन गुट, गुटभित्रै फुट

काठमाडौं । सत्ताको प्रमुख बागडोर सम्हालेको दल नेपाली कांग्रेस महाधिवेशनमा होमिइसकेको छ । गत १८ भदौबाट कांग्रेसलाई महाधिवेशन लागेको हो । अहिले कांग्रेसका वडा...

राजस्थानको रोमान्चक जित

दुबई । ईन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वेन्टी क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किङ्सलाई दुई रनले हराएको छ । दुबईमा गएराति भएको रोमान्चक खेलमा राजस्थानले दिएको...

बढदै छ आत्महत्या, सचेतना बढाऔं

  विश्व स्वास्थ्य संगठनको आँकडाअनुसार विश्वमा वार्षिक ८ लाखले आत्महत्या गर्ने गर्दछन् जसमा न्यून तथा मध्यम आय भएका राष्ट्रका ७९ प्रतिशत पर्छन् । हरेक ४०...

ट्रेन्डिङ

द्विपक्षीय विषयमा छलफल गर्न नेपाल भारत सहमत

काठमाडौं । नेपाल र भारत द्विपक्षीय विषयमा छलफल गर्न सहमत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय विषयमा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)