Saturday, December 5, 2020
Home Not-to-be-missed दर्शक निदाउने चलचित्रलाई मौलिक भनिएको दीपकराजको आरोप

दर्शक निदाउने चलचित्रलाई मौलिक भनिएको दीपकराजको आरोप

काठमाडौं । हास्य अभिनेता दीपकराज गिरीले मौलिकताको नाममा जुन पायो त्यही चलचित्रलाई राज्यले सहयोग गर्न नहुने बताएका छन् । नेपालमा मौलिकको नाममा पटकपटक दर्शकले पुरै अस्वीकार गरेको चलचित्रलाई सरकारले आर्थिक सहयोग गर्न नहुने बताएका छन् ।

नेपालमा मौलिक चलचित्रको नाममा हलमा आधा घन्टामै दर्शक निदाउने चलचित्रलाई सरकारका तर्फबाट आर्थिक सहयोग गर्दै आएको उनले बताए । केही पत्रकार र समीक्षकले थपडी मारेका तर दर्शकले अस्वीकार गरेको चलचित्रलाई मौलिकको नाममा सरकारले आर्थिक सहयोग गर्न नहुने उनको धारणा छ ।

अभिनेता गिरीले राजधानीसँग बोल्दै भने, ‘यहाँ मौलिक चलचित्रको नाममा झोलेहरूले सरकारबाट सहुलियत लिने क्रम बढेको छ । त्यसैले, मौलिक चलचित्रको निश्चित मापदण्ड तय गरेर मात्र मौलिक सिनेमाको पहिचान गर्नुपर्छ ।’ नेपालमा आफूहरूले मौलिक चलचित्र निर्माण गर्दै आएको तर आफूहरूलाई जोकरको दर्जामा राखेर मौलिक चलचित्रलाई सम्बन्धित निकायले बेवास्ता गरेको पनि उनले बताए ।

आफूहरूले निर्माण गरेको चलचित्र वडा नम्बर ६, छक्कापन्जा, ६ माया छपक्कै मौलिक भएको तर राज्यले आफ्ना चलचित्रलाई बेवास्ता गरेको उनले बताएका छन् । आफूहरूले यी चलचित्रमा नेपालभित्रको समस्या उठाएको, यहाँको जनजीवनको कथा वाचन गरेको र आफ्ना चलचित्रलाई दर्शकले पनि त्यत्तिकै रुचाएको पनि अभिनेता गिरीले बताए । तर, दर्शकहरूले हलमा पूर्ण अस्वीकार गरेको चलचित्रलाई चलचित्र विकास बोर्डका तर्फबाट विशेष सिनेमाका नाममा सहुलियत दिएको उनले राजधानीलाई बताए ।

राज्यले मौलिक चलचित्रलाई सहयोग गर्न लागेको बेला अभिनेता गिरी त्यसको विरोध गरेको आरोप लागेको छ । तर, आफूले राज्यले मौलिक चलचित्रलाई सहयोग गर्ने घोषणाको विरोध नगरेको उनले दाबी गरे । राज्यले ल्याएको यो नीति राम्रो भएको तर यसको दुरुपयोग नहोस् भन्ने पक्षमा आफू रहेको अभिनेता दीपकले जिकिर गरे । निर्माणपछि सिनेमा हलमा दर्शकको पनि मन जितेको र विशुद्ध मौलिक चलचित्रलाई मात्र आर्थिक सहयोग गर्नुपर्ने उनले बताए । विगतमा त्यस्तो नभएको दर्शकले सिनेमा हलमा अस्वीकार गरेको चलचित्रलाई राज्यले विशेष चलचित्रको नाममा आर्थिक सहयोग गरेको यी अभिनेताको आरोप छ ।

यो पनि पढ्नुहोस   प्रकाश सपुतकाे फुटेकाे चुरामा लाेरी भाका

अब कस्तो चलचित्रलाई मौलिक चलचित्र भनेर राज्यले सहयोग गर्ने भन्ने प्रश्नमा उनले भने, ‘नेपाली जनजीवनमा आधारित, यहाँको कला, संस्कृति समेटिएको, अझ नेपालका सीमान्तकृत समुदायको कथा प्रस्तुत गरिएको र निर्माण शैली पनि नेपालीपन भएको चलचित्रलाई मैले मौलिक चलचित्रको रूपमा लिने गरेको छु । यस्ता चलचित्रलाई जब दर्शकले सिनेमा हलमा रुचाउँछन् ।’ त्यस्ता चलचित्रलाई बल्ल राज्यले सहयोग गर्नुपर्ने उनले बताए । मौलिक चलचित्र भन्दैमा दर्शकले अश्विकार गरेको र हलमा १० मिनटमै दर्शक निदाउने चलचित्रलाई राज्यले सहयोग गर्न नहुने उनको तर्क छ ।

आफूले मौलिक भनेको चलचित्र विदेशी बजारमा पनि लोकप्रिय होस् र त्यस्ता चलचित्र हेरेपछि विश्वले नेपाललाई चिन्न सकोस् भन्ने उनको कथन छ । नेपाली चलचित्र कालोपोथी, पशुपति प्रसाद, झोलालाई उनले उनले मौलिक चलचित्रको उपमा दिए । यी चलचित्रलाई सिनेमा हलमा दर्शकले पनि मन पराएको र नेपाली जनजीवनमा आधारित सिनेमा भएकाले यस्तो चलचित्रको पक्षमा आफू रहेको उनले बताए । तर, पछिल्लो समय मौलिक चलचित्रको नाममा सिनेमा हलमा पूर्ण रूपमा व्यावसायिक असफल भएको चलचित्रलाई राज्यले सहयोग गरेको उनलेको आरोप छ । यस्ता चलचित्रलाई मौलिक चलचित्रको नाममा सहयोग तत्काल रोक्नुपर्ने अभिनेता निर्माता गिरीको कथन छ ।

त्यस्ता चलचित्रभन्दा आफूहरूले निर्माण गरेको चलचित्रलाई दर्शकले हलमा पूर्ण साथ दिएको र नेपाली जनजीवनमा आधारित पनि रहेको उनको कथन छ । आफ्नो चलचित्र मौलिक भएको दोहो-याँदै राज्यतर्फबाट उपेक्षा भएको अभिनेता गिरीले बताए । हास्य सिनेमा मौलिक हुन्न भन्ने पक्षको आफू विरोधी रहेको पनि उनले बताए । मौलिक भन्नासाथ निकै सुस्त हुनुपर्ने र लामालामा दृश्य भएका चलचित्र हुनुपर्ने मान्यता हामी कहाँ रहेको पनि उनले बताए । त्यसैले अब मौलिक चलचित्रको एउटा निश्चित मापदण्ड बनाएर रिलिजपछि बक्स अफिसमा सफल भएकालाई मात्र सहुलियत दिन पनि उनले सुझाव दिएका छन् ।

(Visited 160 times, 1 visits today)
Loading comments...

आजको समाचार

क्यानडाले आफ्ना नागरिकलाई जनावरीदेखी खोप दिने

ओटावा । क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेवारी पाएका मेजर जनरल डेनी फोर्टिनले...

नेकपा विवाद गम्भीर मोडमा, शीर्ष नेता आआफ्नै रणनीतिमा

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद बढ्दै गइरहेको बेला दुवै समूहका नेता सहमति गर्न छोडेर आआफ्नै रणनीतिमा अघि बढेपछि पार्टी गम्भीर संकटमा पुगेको...

हुलाकी सडकका लागि अतिक्रमित संरचना धमाधम हटाइँदै

सप्तरी । तराई–मधेशका इलाका जोडने बहुप्रतिक्षित हुलाकी सडक निर्माणका लागि बाधक बनेका अतिक्रमण र संरचना धमाधम हटाउन र भत्काउन थालिएको छ । हुलाकी राजमार्ग...

शुरु भो पर्वतीय उडान

काठमाडौँ । बन्दाबन्दीको करिब आठ महिनापछि आजदेखि नियमित पर्वतीय उडान शुरुआत भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेको मुलुकको पर्वतीय उडान औपचारिकरुपमा खुलेको...

विदेशमा दुःख, स्वदेशमा ढुक्क

दैलेख । दैलेखको गुराँस गाउँपालिका–५ गैरीगाउँका ३८ वर्षीय गणेश डाँगी पैसा कमाउने सपना देखेर दुबई हानिए । ९ महिनासम्म दुबईको एक कम्पनीमा काम गरेर...

साताका लोकप्रिय समाचार

रियल मड्रिड कठिन मोडमा

किभ । स्पेनिस क्लब रियल मड्रिड यूईएफए च्याम्पियन्स लिगको सर्वाधिक सफल टोली हो । रियलले सर्वाधिक १३ पटक उपाधि जितेर यसलाई प्रमाणितसमेत गरेका छन्...

अध्यक्ष शेरचन विज्ञापन बोर्डमा नियुक्त

काठमाडौं । राजधानी न्युज पब्लिकेशनका अध्यक्ष तथा प्रबन्ध निर्देशक महेन्द्र शेरचन विज्ञापन बोर्डमामा नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शेरचनसहित पाँच जनालाई...

त्रिपुरासुन्दरी गाउँपालिकाको भवन शिलान्यास

सिन्धुपाल्चोक । गाउँपालिकाको आफ्नै भवन नहुदा दैनिक काम गर्न समस्या भइरहेको सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाँउपालिकामा अबको केही वर्ष भित्र आफ्नै सुविधा सम्पन्न भवन निर्माण हुने...

नेकपामा दुई लाइन संघर्षको बीजारोपण

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ण्का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एक अर्कालाई आरोप–प्रत्यारोप गर्दै लिखित प्रतिवेदन पेस गरेपछि पार्टीभित्र स्पष्ट...

पत्रकारमाथि आक्रमण गर्ने मालपोतका कर्मचारी पक्राउ

दमक । पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज...

ट्रेन्डिङ

कोरोनाको जोखिम टरिसकेको छैन, स्वास्थ्य नियमको पालना गर्नुस् : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले बन्दाबन्दी सरल बनाए पनि स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न सबैमा आग्रह गरेकी छन् । आज ट्वीट गर्दै उनले कोभिड–१९...

साउदी अरेबियाली राजपरिवारका तीनजना वरिष्ठ सदस्य पक्राउ

रियाद । साउदी अरेबियाली राजाका भाइ र भतिजासहित राजपरिवारका तीनजना वरिष्ठ सदस्यलाई गिरफ्तार गरिएको अमेरिकी सञ्चारमाध्यम जनाएको छ । यी तीन जनालाई शुक्रबार बिहान...

राजपा र समाजवादी विच छिट्टै एकता

सप्तरी । मधेश आन्दोलनमा बलिदान दिएका शहिदहरुको सपना साकार पुर्‍याउन समाजवादी पार्टी र राजपा एकाकार हुनु आवश्यक रहेकोमा शुक्रबार यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले जोड...

पाकिस्तान टिम इंग्ल्यान्डतर्फ

लाहोर । पाकिस्तानको क्रिकेट टिमका नौ जना खेलाडीमा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिए तापनि बाँकी खेलाडी इंग्ल्यान्ड सिरिज खेल्न जाने भएको छ । शनिबार...

मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका जमदारको मृत्यु

लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–१ मेदनी पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा नेपाली सेनाका एक जमदारको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै...

कम्बोडियामा १०१ र ९८ वर्षका दिदीबहिनीको ४७ वर्षपछि भेट

नोमपेन्ह । कम्बोडियाका दुई दिदीबहिनीको ४७ वर्षपछि पुनर्मिलन भएको छ । १०१ वर्षीया बुन चिया र ९८ वर्षीया बुन सेनले सन् १९७०...

सर्लाहीमा थप १० जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ७२ पुग्यो

सर्लाही । सर्लाहीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सर्लाहीको हरिपुर नगरपालिकामा ७ जना र ब्रह्म्पुरी गाउँपालिकामा ३ जना गरी एकै...

मिथुनका छोराले महिलालाई बेहोस बनाएर बलात्कार गरेका थिए !

मुम्बई । बलिउड नायक मिथुन चक्रबर्तीका छोरा महाक्षय चक्रवर्तीलाई एक महिलाले बलात्कारपछि भु्रण हत्या गराएको अभियोगमा प्रहरीमा एफआरआइ दर्ज गराएकी छिन् । एक ३८...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

१०२४ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार २०६...

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । केहीबेरअघि बैठक शुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका...

बेथितिको विकासले ‘जलचर संकटमा’

दैलेख । संघीय राज्यपछि स्थानीय सरकारसँगै जथाभाबी खनिएका सडकले नागरिकलाई सुविस्ताभन्दा सास्ती खेप्नुपरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले वातावरणीय सन्तुलन बिग्रनुका...

कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

लहान । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको...

भर्खरै

ओली र प्रचण्डको प्रस्ताव स्थायी कमिटीमा लगिने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन (पत्र) स्थायी कमिटीमा लगिने भएको छ ।...

हुलाकी सडकका लागि अतिक्रमित संरचना धमाधम हटाइँदै

सप्तरी । तराई–मधेशका इलाका जोडने बहुप्रतिक्षित हुलाकी सडक निर्माणका लागि बाधक बनेका अतिक्रमण र संरचना धमाधम हटाउन र भत्काउन थालिएको छ । हुलाकी राजमार्ग...

कोभिड–१९ विरुद्धको खोप ल्याइने

काठमाडौँ । सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २०...

१०२४ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार २०६...

धेरै पढिएका

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । केहीबेरअघि बैठक शुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका...

भारतीय कलाकार रजनीकान्तद्धारा नयाँ पार्टी खोल्ने घोषणा

मुम्बइ । भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । विषेश गरेर तमिल सिनेमाबाट धेरै चर्चामा रहेका रजनीकान्तले आफूले नयाँ...

राजवादीलाई बाबुरामको प्रश्न ‘फेरि फोहोरको डुंगरमा फर्कने ?’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजवादीकोहरुको काठमाडौंमा भएको प्रदर्शनको सन्दर्भमा राजावादीलाई पछाडी नफर्किन सुझाब दिएका छन् । ओली कुशासनको धमिलो पानीमा माछा मार्न हौसिएका...

विदेशमा दुःख, स्वदेशमा ढुक्क

दैलेख । दैलेखको गुराँस गाउँपालिका–५ गैरीगाउँका ३८ वर्षीय गणेश डाँगी पैसा कमाउने सपना देखेर दुबई हानिए । ९ महिनासम्म दुबईको एक कम्पनीमा काम गरेर...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   प्रकाश सपुतकाे फुटेकाे चुरामा लाेरी भाका

अरिंगालले लियो रमिलाको ज्यान

(Visited 90 times, 1 visits today)