Monday, August 3, 2020
Home Uncategorized कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार संयुक्त अरब इमिरेट्स, बेलायत र संयुक्त राज्य अमेरिका, कुवेत र सउदी अरबमा एकएक तथा बहराइनमा दुई नेपालीको यो साता निधन भएको हो । संघअन्तर्गत स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ६६ गैरआवासीय नेपालको मृत्यु भएको छ ।

समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार युएईमा १९ नेपालीको निधन भएको छ । त्यस्तै अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको नेपालीको संख्या १७ पुगेको छ । यसैगरी साउदी अरबमा आठ, बहराइनमा तीन, कुवेतमा दुई तथा कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस् र स्वीडेनमा एकएक जनाको मृत्यु भएको छ । संयोजक डा सापकोटाका अनुसार नेपालबाहेक बाहिर १४ हजार ४२५ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएको एनआरएन, कोभिड १९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।

स्वास्थ्य समितिका अनुसार कतार, अमेरिका, युएई, बेलायत, साउदी अरब, कुवेत, बहराइन, मलेसिया, टर्की, डेनमार्क, पोर्तुगल, क्यानडा, आयरल्याण्ड, माल्दिभ्स, स्पेन, अष्ट्रेलिया, जापान, बेल्जियम, स्वीट्जरल्याण्ड, फिनल्याण्ड, जर्मनी, साइप्रस, न्युजिल्याण्ड, हङ्गकंङ्ग, भारत, माल्टा, पोल्याण्ड, रुस, फ्रान्स, म्यानमा, रोमानिया, स्वीडेन, नेदरल्याण्डसलगायत ३४ देशका नेपालीमा कोरोना संक्रमण देखिएको छ । एनआरएनएले सहजीकरण गर्ने संक्रमितमध्ये करीब चार हजार पाँच सय नेपाली कोरोना भाइरसबाट मुक्त भएको बताएको सापकोटाले जानकारी दिनुभयो । यो साता डनमार्क र टर्कीमा नेपालीमा नयाँ संक्रमण देखिएको हो ।

यसैबीच नेपाल सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने भनी गरेको निर्णयको संघले स्वागत गरेको छ । संघका अध्यक्ष कुमार पन्तले सो निर्णयको प्रभावकारी कार्यान्वयनका लागि अनुरोध गर्दै अप्ठ्यारामा परेका नेपालीलाई सुरक्षित रुपमा नेपाल फर्काउन संघ सहजीकरणका लागि तत्पर रहेको बताउनुभयो । यसैबीच संघले शनिबार आफ्ना राष्ट्रिय समन्वय परिषद्सँग छुट्टै छलफल गरेको छ । विश्वभर छरिएका ८० भन्दा बढी शाखामा कोभिड भाइरसले पारेको प्रभाव, राहत र उद्धारबारे राष्ट्रिय समन्वय परिषद्सँग छलफल गरिएको संघका महासचिव डा हेमराज शर्माले जानकारी दिनुभयो ।

छलफल मध्यपूर्वमा रहेका श्रमिकको समस्याबारे केन्द्रित भएको संघले जनाएको छ । बैठकमा करीब तीन दर्जनभन्दा बढी देशस्थित समन्वय परिषद्का अध्यक्षहरुले आआफ्ना देशमा रहेका नेपालीका समस्याबारे भनाइ राखेका थिए ।

(Visited 41 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

मंगलबारदेखि सप्तरीमा निषेधाज्ञा जारी

राजविराज । सामुदायिकस्तरमा कोरोनाको सङ्क्रमण तीव्ररुपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले भोलि साउन २० देखि २६ गतेसम्म छ दिनका लागि निषेधाज्ञा जारी गर्ने...

गलत ठाउँमा ढाेका राखिएकाले मेलम्ची खानेपानीमा दुर्घटना

काठमाडाैं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा प्राविधिक त्रुटिका कारण दुर्घटना भएको पाइएको छ । खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न...

थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ४१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले...

तेजाब आक्रमणसम्बन्धी दण्डसजाय परिमार्जन गर्न निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले तेजाब आक्रमणसम्बन्धी कानूनी व्यवस्था र दण्डसजायलाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आवश्यक संशोधन गर्न गृह मन्त्रालयलाई निर्देशन...

भर्खरै

जलकन्यादेवी मन्दिरमा पूजा गर्न गएकी महिला तुइन चुडिएर बेपत्ता

लमजुङ । लमजुङमा तुइन चुडिएर एक महिला नदीमा बेपत्ता भएकी छन् । एक युवक घाइते भएको प्रहरीले जनाएको छ । तुइन चुडिएर बेपत्ता हुनेमा लमजुङ...

प्रदेश २ मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण

जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै धनुषामा आज (सोमबार) ३०...

देखिएन रक्षाबन्धनको रौनक

सप्तरी, राजविराज । प्रत्येक दिदीबहिनीमा रक्षाबन्धन पर्वको पर्खाई र उत्साह बेग्लै हुन्छ । तर यस पल्ट कोरोनाको त्रास र निषेधाज्ञाका कारण वर्ष दिनको पर्व...

झुठो विवरण लेखाउन थालेपछि स्वाब परिक्षणमा परिचयपत्र अनिवार्य

सप्तरी, राजविराज । कोरोना परिक्षणका क्रममा स्वाब दिने बेलामा झुठो विवरण लेखाउने क्रम बढेपछि सप्तरी जिल्लामा परिचय खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएको छ । करिब...

धेरै पढिएका

ई-पेपर

(Visited 44 times, 1 visits today)