काठमाडौं । रास्वपा संसदीय दलको नेतामा वरिष्ठ नेता बालेन्द्र साह चयन भएका छन् ।
रास्वपा केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछानेले साहलाई दलको नेता चयन गर्न गरेको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत पारित गरिएको हो ।
सभापति लामिछानेको प्रस्तावलाई केन्द्रीय समिति बैठकले सर्वसम्मत रुपमा पारित गरेको प्रवक्ता मनिष झाले जानकारी दिए। योसँगै साह प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)






