Saturday, April 17, 2021
Home प्रदेश प्रदेश ३ काँग्रेसद्वारा संविधान संशोधनका पक्षमा मतदान गर्न निर्देशन

काँग्रेसद्वारा संविधान संशोधनका पक्षमा मतदान गर्न निर्देशन

,

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेपालको संविधानको अनुसूची—३ मा संशोधन गर्न संघीय संसद्मा प्रस्तुत संविधान संशोधनको प्रस्तावका पक्षमा मतदान गर्न पार्टीको संसदीय दललाई निर्देश गर्ने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको शनिबार राति अबेरसम्म भएको बैठकले सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुराबाट बग्ने काली (महाकाली) पूर्वको भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भएको दोहो-याउँदै सो निर्णय गरेको हो । सरकारले हालै ती भूभाग समावेश गरी जारी गरेको नेपालको नयाँ नक्शानुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको निशान छापभित्र अंकित नक्शालाई नेपालको वास्तविक सीमानुरुप मिलाउन यही जेठ ९ गते संसद्मा ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७७’ विधेयक दर्ता गराएको थियो ।

काँग्रेसले विगतमा आफ्नो पार्टी नेतृत्वका सरकारहरुले भारतीय पक्षसँग भएको हरेक औपचारिक÷अनौपचारिक वार्तामा सो भूभागका सम्बन्धमा स्पष्ट धारणा राख्दै आएको समेत अवगत गराएको छ । बैठकले पार्टी सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गरेको सरकारले अघिल्लो संसद्मा प्रस्तुत संविधान संशोधनको प्रस्ताव पुनः दर्ता गर्नसमेत संसदीय दललाई निर्देश गर्ने निर्णय गरेको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कोरोनासँग युद्धस्तरमा जुध्न युद्धस्तरमा आग्रह

कोरोनाविरुद्धको संघर्षमा तयारीका लागि पर्याप्त समय पाएर पनि व्यवस्थित गर्न सरकारले नसकेको टिप्पणी गर्दै काँग्रेसले पिसिआर विधिबाट परीक्षणलाई व्यापक बढाउन, स्वास्थ सामग्री पर्याप्त प्रबन्ध गर्न, क्वारेन्टाइनलाई मापदण्डानुरुपको बनाउन, आइसोलेशन वार्डको संख्या व्यापक वृद्धि गर्न र अत्यावश्यक भेन्टिलेटरको पर्याप्त जोहो गर्दै युद्धस्तरमा कार्य गर्न सरकारसँग माग गरेको छ ।

यसैगरी राहत, क्वारेन्टाइन, उपचारलगायत कार्यमा नेतृत्व गर्नुपर्ने स्थानीय तहलाई लकडाउन भएको दुई महिना पुग्दासम्म पनि आवश्यक रकम नपठाउनु केन्द्र सरकारको गैह्रजिम्मेवारपूर्ण ब्यवहार भएको आरोप लगाउँदै बैठकले तत्काल रकम निकासा गर्न संघीय सरकारमक्ष माग गरेको उनले बताए । श्रमिक, बेरोजगार, विद्यार्थी, अपांगता, एकल महिलालगायतलाई राहत विशेष व्यवस्था गर्न र लकडाउनले प्रभावित सञ्चारगृह तथा रोजगारी गुमाएका श्रमजीवी पत्रकारलाई राहत प्रबन्ध गर्न बैठकले माग गरेको छ ।

कोरोनाको कहरमा परेका विदेशमा बस्ने नेपालीलाई यथाशीघ्र प्राथमिकताका आधारमा उद्धार शुरु गर्न बैठकले सरकारसमक्ष माग गरेको छ । यसै गरी बैठकले रूकुमको चौरजहारीमा भएको हत्याकाण्डको निष्पक्ष अनुसन्धानका लागि सर्वदलीय संसदीय समिति गठन गरी दोषीलाई कार्वाही गर्न माग गरेको मुख्य सचिव पौडेलले बताए । साथै गत वैशाख १८ गते रोल्पाको त्रिवेणी गाविसमा बेवारिसे बमको बिस्फोटबाट चार बालबालिकाको निधन भएको घटनाबारे हालसम्म अनुसन्धान र दोषीको पहिचान नगरिएको भन्दै बैठकले तत्काल अनुसन्धान गर्न र दोषीलाई कारवाही गर्न माग गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ का लागि प्रस्तुत बजेटले वर्तमान सरकारको प्रचारमुखी चरित्रलाई प्रतिविम्बन गरेको टिप्पणी गर्दै बैठकले कोरोना संक्रमणसँग जुध्न इच्छाशक्ति, कार्ययोजना र बजेट त्यही रुपमा प्रष्ट नदेखिएको निष्कर्ष निकालेको छ । बजेट अत्यधिक रुपमा सार्वजनिक ऋणमा निर्भर रही राष्ट्रिय ऋण निकै बढाउन अग्रसर देखिएको काँग्रेसको भनाइ छ । यसैगरी सार्वजनिक खर्चको प्रकृति हेर्दा पूँजीगत खर्च कूल गार्हस्थ उत्पादनको अनुपातमा अझ घटेको र चालु खर्चको अनुपात बढेको काँग्रेसले जनाएको छ ।

बैठकले कोरोनाबाट यसबीचमा नेपाल र विदेशमा जीवन गुमाउने सबै नेपालीको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदनाका साथ उपचाररत सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले प्रस्ताव प्रस्तुत गरेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा. प्रकाशशरण महतलगायत केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यले आफ्नो धारणा व्यक्त गरेका थिए ।

(Visited 70 times, 1 visits today)
Loading comments...

आजको समाचार

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

साताका लोकप्रिय समाचार

माथिल्लो तामाकोसी: ६ वर्षको लक्ष्य, लाग्यो ११ वर्ष

काठमाडौं । राष्ट्रिय गौरवको निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण थालेको ११ वर्ष पुग्न लाग्दा पनि विद्युत् उत्पादन हुन सकेको...

‘जलेर खरानी’

काठमाडौँ । राज लिम्बु र बिष्णु कट्टेल फिचर्ड 'जलेर खरानी'बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। हृदयस्पर्शी यस गीतमा स्वर, शब्द र संगीत...

१२ वटा शहरलाई स्मार्ट सिटी बनाउने मन्त्री प्रभु साहकाे याेजना अघि बढ्याे

काठमाडौं । नेपाल सरकारले देशैभरी एकैपटक १२ वटा शहरलाई स्मार्ट सिटीको रुपमा निर्माण एवं वातावरणीय अध्ययन प्रक्रिया अगाडी बढाउँने भएको छ । शहरी विकास मन्त्री...

धरापमा गण्डकी सरकार

पोखरा । गण्डकी प्रदेश सरकारलाई चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले दिँदै आएको समर्थन फिर्ता लिएको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले बुधबार वक्तव्य जारी...

‘२०७७ मा उल्लेख्य विकास’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा मुलुकको आर्थिक सामाजिक विकासका साथसाथै भौतिक विकास निर्माणका कार्यमा समेत सरकारले उल्लेख्य सफलता हासिल गरेको जनाएका...

ट्रेन्डिङ

कलाकारद्वारा नृत्य लिपि व्यवस्थापनको माग

काठमाडौं । संगीत जस्तै नृत्यको लिपि हुन्छ । नाट्य, संगीत र नृत्यको विकास र विस्तारका लागि स्थापित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई नृत्य...

सिन्धुपाल्चोकमा पहिरो : कम्तीमा ३५ जनाको मृत्यु, पाँचको उद्धार (तस्विरसहित)

सिन्धुपाल्चोक । अविरल वर्षासँगै आएको पहिरोले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा १३ घर पुरिँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । सेनाको हेलिकप्टरमा घटनास्थलमा पुगेका...

२ प्रतिशत नेपाली मात्रै सहि तरिकाले दाँत माझ्छन्

काठमाडौ । नेपाल डेण्टल साईन्स हाईजेनिस्ट एसोसिएसन नेपालले अगामी मार्च २० मा हुने विश्व ओरल हेल्थ डेको अवसरमा नेपाली समाजमा मुख स्वास्थ्य राख्न सरकार...

भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै १७ हजार सङ्क्रमित

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको दैनिक संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । शुक्रबार सार्वजनिक भएको तथ्यांकले पनि एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएको देखाएको...

एसइई परीक्षा : आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र...

विराज र विमलसहित ५८ खेलाडी प्रारम्भिक टोलीमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले टोली बाहिर रहेका कप्तान विराज महर्जन र फरवार्ड बिमल घर्तीमगरलाई टोलीमा समेट्दै ५८ सदस्यीय नेपाली राष्ट्रिय फुटबल...

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

खोटाङ । खोटाङमा ट्याक्टर दुर्घट्ना हुँदा एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको जोरआँपमा शुक्रबार राती ट्याक्टर दुर्घटना हुँदा दिप्रुुङचुईचुम्मा...

आफ्नो क्षेत्रका सबै स्थानीय तहलाई सांसद साहको निजी स्रोतबाट स्वास्थ्य सामाग्री

रौतहट । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका सबै स्थानीय...

साम्राज्ञीले भनिन् : अब म युट्युबमा बोल्दिन (भिडियाेसहित)

काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले युट्युवरहरुले वाक्क दिक्क बनाएको बताएकी छिन् । इन्स्टाग्राममा भिडियो क्लिप्स पोष्ट गर्दै उनले भनिन् ‘हेर्दा पनि घीन लाग्दो...

ला लिगा जुन दोस्रो सातादेखि गर्ने तयारी

मड्रिड । स्पेनिस सरकारको अनुमति पाएको अवस्थामा स्पेनिस ला लिगा आयोजकले १२ जुनदेखि कोरोना महामारीका कारण स्थगित भएको स्पेनिस ला लिगा सुरु गर्ने तयारी...

प्रचण्डलाई ओलीले भने : हप्कीदक्पी नगर्नुहोस्, कानूनको पालना गर्नुहोस्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले गरेको आजको हड्तालले जनतालाई दुःख दिएको बताएका...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो पटक महाभियोग

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्स्ले दोस्रो पटक महाभियोग प्रस्ताव पारित गरेको छ । अमेरिकी इतिहासमा दुई...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)