सङ्खुवासभाको जिल्ला अस्पतालमा पहिलो पटक ५ शैय्याको डायलाइसिस सेवा सुरु

सङ्खुवासभा । सङखुवासभा जिल्ला अस्पतालमा पहिलो पटक डायलाइसिस सेवा सुरु गरिएको छ । जिल्ला अस्पतालमा मिर्गौला रोगीहरूलाई निःशुल्क रूपमा मिर्गौलाको डायलासिस सुरु भएको हो । जिल्ला अस्पताल सङ्खुवासभाले पाँच शैय्याबाट पहिलो पटक डायलाइसिस सेवा सुरु गरेको जिल्ला अस्पतालका अध्यक्ष सुमन शाक्यले बताए ।

जिल्ला अस्पतालमा पहिलो पटक खाँदबारी नगरपालिका —९ ढुङ्गेधाराकी ४८ बर्षीया सशु कुमारी श्रेष्ठको डायलाइसिस सेवा प्रदान गरिएको जिल्ला अस्पतालका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सन्तोश देवले बताए । उहाँ यस अघि नोवेल अस्पताल विराटनगरमा डायलाइसिस गराउँदै आउनु भएको थियो । जिल्ला अस्पतालमा डायलाइसिस सेवा नुहदाँ मिर्गौलासम्बन्धी बिरामीलाई डायलासिसका लागि विराटनगर, धरान र काठमाडौँ जानुपर्ने बाध्यता थियो ।

यससँगै मिर्गौला रोगबाट पीडित बिरामीहरूले अब जिल्लामै उपचार सेवा पाउने भएका छन् । जिल्ला भित्रका रोगीहरूलाई बाहिर जिल्ला जानु पर्ने बाध्यता एकातिर थियो भने आर्थिक अभावमा उपचार नपाएर ज्यान गुमाउनु पर्ने पीडा अर्को तर्फ थियो ।

नयाँ सेवा सञ्चालनका लागि आवश्यक उपकरण तथा प्राविधिक जनशक्ति व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ । जिल्ला अस्पतालमा डायलाइसिस सेवाका लागि ३ जना तालिम प्राप्त चिचित्सक,४ जना तालिम प्राप्त नर्स र एक जना टेक्निसियन राखिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल प्रशासनले डायलाइसिस सेवा नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

डायलाइसिस सेवा सञ्चालनका लागि खाँदबारी नगरपालिकाले ५ लाख रुपैयाा र चिचिला गाउँपालिकाले २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको अस्पताल प्रशासनले जनाएको छ । डायलाइसिस सेवाले सङ्खुवासभा मात्र नभई छिमेकी जिल्ला भोजपुरका बिरामीलाई समेत सहज उपचार सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ । उनीहरूका अनुसार यो सेवा सञ्चालनले ग्रामीण क्षेत्रका मिर्गौला रोगी बिरामीको जीवन बचाउन ठूलो सहयोग पुग्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

epaper

ताजा समाचार

ओलीविरुद्ध उपाध्यक्ष पौडेल संस्थागत रुपमै सक्रिय