प्रतिशोध होइन, न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही पनि नरहेको बताएका छन् । गत भदौ २३ गतेको जेनजी आन्दोलनका ’boutमा छानबिन गर्न गठित आयोगले दोषी ठहर गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइनु प्रतिशोध नभएको स्पष्ट पारेका हुन् ।

“कानुनभन्दा माथि कोही छैन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ, यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो”, मन्त्री गुरुङले फेसबुकमा लेखेका छन् ।

उनले अब देशले नयाँ दिशा लिने विश्वाससमेत व्यक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा गठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखक लगायतमाथि फौजदारी कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको छ । सोही सिफारिसका आधारमा प्रहरीले आज बिहानै ओली र लेखकलाई पक्राउ गरेको हो ।

ललितपुर प्रहरी परिसर पुगे गृहमन्त्री गुरुङ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ आफैँ गाडी चलाएर जिल्ला प्रहरी परिसर ललितपुर पुगेका छन् । उनी नियमित अनुगमनका रुपमात्यहाँ पुगेका हुन् र विशेष कुनै औपचारिक कार्यक्रम नभएको बताइएको छ ।

यद्यपि, सोही दिन जेन जेड घटनासँग सम्बन्धित ज्यानसम्बन्धी कसुरमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि गृहमन्त्रीको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

ओली र लेखक पक्राउ प्रकरणसँगै विकसित सुरक्षा र राजनीतिक अवस्थाका बीच गृहमन्त्री गुरुङको परिसर भ्रमणलाई लिएर विभिन्न तहमा चासो बढेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 276 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीका सामुदायिक विद्यालयमा कक्षा ८ नतिजामा सुधार : ३ वर्षमा ९ बाट ५० प्रतिशत नाघ्यो