सुन र चाँदी दुवैको मूल्य बढ्यो, कतिमा भइराखेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनचाँदी दुवैको मूल्य बढेको छ । सुनको भाउ आज प्रतितोला पाँच हजार रूपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८६ हजार रूपैयाँमा किनबेच भइरहेको छ ।
शुक्रबार सुन प्रतितोला दुई लाख ८१ हजार रूपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार चार सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यस्तै, आइतबार चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले बढेको छ ।

शुक्रबार प्रतितोला चार हजार ६ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला चार हजार सात सय २० रूपैयाँमा कारोबार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 90 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ