काठमाडौं । नेपाली कांग्रेसले अब प्रतिनिधिसभा तथा प्रदेशसभाका समानुपातिक सांसदहरूलाई जुनसुकै बेला फिर्ता बोलाउन सक्ने नयाँ व्यवस्था गरेको छ । कांग्रेसले पार्टी विधानमै यो कुरा समावेश गरेको छ ।
राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरूलाई अभिमुखीकरण दिने क्रममा कांग्रेसले यस’bout पार्टी विधानमा समावेश गरिएको कुरा जानकारी गराएको हो ।
पार्टी उपसभापति विश्वप्रकाश शर्माले सांसदहरूलाई अभिमुखीकरणका क्रममा ‘संसदीय सचेतना कार्यक्रम’ अन्तर्गत बोल्दै पार्टीले समानुपातिक सांसदलाई जुनसुकै बेला फिर्ता बोलाउन सक्ने विधानको नयाँ प्रावधान’bout जानकारी गराएका हुन् ।
गत पुस मसान्तमा भएको कांग्रेसको विशेष महाधिवेशनबाट परिमार्जन भएको विधानको दफा ४० मा यस्तो व्यवस्था रहेको उनको भनाइ छ ।
पार्टीका तर्फबाट उम्मेदवार भई समानुपातिक प्रणालीतर्फ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई संसदीय जिम्मेवारीलाई प्रभावकारी र जबाफदेही बनाउन यस्तो प्रावधान राखिएको कांग्रेसको भनाइ छ ।
विधानको दफा ४० मा प्रचलित कानुनविपरीत काम गरेमा, पार्टीको निर्देशन र मूल्यमान्यता विपरीत काम गरेमा, कार्यसम्पादन मूल्यांकन सन्तोषजनक नदेखिएमा समानुपातिक सांसदलाई पार्टीले जुनसुकै बेला फिर्ता बोलाउन सक्ने उल्लेख छ ।
गत २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कूल ३८ सिट जितेको थियो ।






