Thursday, November 26, 2020
Home अन्तराष्ट्रिय अमेरिकाका दर्जनौं शहरमा प्रदर्शनहरु हिंसात्मक भएसँगै कफ्र्यू घोषणा

अमेरिकाका दर्जनौं शहरमा प्रदर्शनहरु हिंसात्मक भएसँगै कफ्र्यू घोषणा

मिनियापोलिस । संयुक्तराज्य अमेरिकाका प्रमुख शहरहरुमा प्रहरी दमनको बिरोधमा शनिबार विरोध प्रदर्शन तिब्र भएसँगै निषेधाज्ञा (कफ्र्यू) लगाइएको छ। प्रदर्शनकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीलाई पनि बेवास्ता गरी सडकमा उत्रिएका थिए ।

अशान्तिको केन्द्रबिन्दु बनेको मिनियापोलिसमा लगातार पाँचौं दिन हिंसा फैलिएको छ । भीड नियन्त्रण गर्न खटाइएका दङ्गा प्रहरीले अश्रुग्यास र हवाई फायर गरेका थिए । गत सोमबार एक निहत्था अश्वेत व्यक्तिमाथि गोरा प्रहरीले अमानवीय ढङ्गबाट हत्या गरेको भन्दै हिंसा भड्किएको हो ।

लस एन्जलस, शिकागो र एटलान्टा समेतका दुई दर्जन शहरमा मानिसहरूलाई स्थानीय प्रशासनले निषेधाज्ञा घोषणा गरी रातभरि घरमै बस्न आदेश दिएको थियो । यहाँ नेसनल गार्डका सैनिकलाई पनि तैनाथ गरिएको थियो जुन अमेरिकी इतिहासमा बिरलै देख्न सकिने घटना हो ।

सियाटलदेखि न्यूयोर्कसम्म दशौं हजार प्रदर्शनकारी सडकमा उत्रिएका थिए । उनीहरुको एकमात्र माग थियो, अश्वेत युवा जर्ज फ्लोएडका हत्या आरोपी प्रहरीलाई कडाभन्दा कडा सजाय होस् र घटनामा संलग्न अरु प्रहरीलाई पनि गिरफ्तार गरियोस् ।

मिनियापोलिसका पुलिस अधिकृत डेरेक चौभिनले जर्ज फ्लोएडलाई ८ मिनेटसम्म घाँटीमा घुँडाले थिचेको हृदयबिदारक दृश्य सार्वजनिक भएपछि हिंसा भड्किएको हो । सास फेर्न छाडेपछि पनि चौभिनले झण्डै ३ मिनेटसम्म फ्लोएडको घाँटी थिचेको आरोप छ ।

लस एन्जलसमा उग्र प्रदर्शनकारीले प्रहरीको गाडीमा आगो लगाएपछि प्रहरीले उनीहरुलाई तितरबितर गर्न रबरको गोली र लाठीचार्ज गरेका थिए ।

शिकागो र न्यूयोर्क लगायतका धेरैवटा शहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएका थिए । फिलाडेल्फियामा प्रदर्शनकारीले पसलका झ्यालहरुमा ढुंगामुडा गरेर तोडफोड गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिनियापोलिसमा भएका लुटपाट र आगजनीका लागि अति दक्षिणपन्थी समूह सक्रिय रहेको आरोप लगाएका छन् । प्रदर्शनकारीहरुले फ्लोयडको स्मृतिलाई पनि अनादर गरेको ट्रम्पले बताए ।

राष्ट्रपतिले भने, ‘हामीले एउटा अराजक सानो समूहलाई हाम्रा शहरहरू तोडफोड गर्ने छुट दिनु हुँदैन । मेरो प्रशासनले भीडको हिंसा रोक्नेछ । र हामीले यसलाई निर्मम ढंगबाट रोक्नुको विकल्प छैन ।’

अमेरिकी सीमा नाघेर प्रदर्शन क्यानाडाको टोरन्टो पनि पुगेको छ ।

प्रदर्शनकारीहरूले “अश्वेतको जीवनको महत्व छ”, “म सास फेर्न सक्दिन” भन्ने जस्ता नारा अमेरिकादेखि क्यानाडासम्म लागेको छ । जर्ज फ्लोयडका भनाईहरु अहिले प्रहरी क्रुरताको नयाँ प्रतीक बनेका छन् ।

मिनेसोटाका गभर्नर टिम वाल्जले मिनियापोलिस सेन्टपल क्षेत्रमा प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिन १३,००० शक्तिशाली राष्ट्रिय गार्ड (अर्धसैनिक प्रहरी) परिचालन गरिएको बताएका छन् ।

मिनियापोलिसतर्फ जाने सबै प्रमुख राजमार्गहरुमा शनिबार राति सैनिक हेलिकप्टरहरूले आकाशबाट गस्ती गरेका थिए ।

यसैबीच, अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेनले संयुक्तराज्य अमेरिकाभर जारी जातीय प्रदर्शनसँगै भएको हिंसात्मक घटनाको निन्दा एवं भत्र्सना गरेका छन् । तर उनले अन्यायका विरुद्धमा आवाज उठाउने अमेरिकीहरुको अधिकार भएको बताएका छन् ।

‘यस्तो क्रुरताको विरुद्धमा प्रदर्शन गर्न अधिकार र आवश्यक दुबै हो । तर आगजनी र अनावश्यक तोडफोड जरुरी होइन । मानिसको जीवनलाई खतरामा लैजाने हिंसा हामीले चाहेको होइन । मानिसको जीवनमा अत्यावश्यक व्यवसाय बन्द हुने हिंसा अक्षम्य हो ।’ उनले एक विज्ञप्ति प्रकाशित गरी भनेका छन् ।

(Visited 134 times, 1 visits today)
Loading comments...

आजको समाचार

गोपाल किराती नेतृत्वको माओवादी केन्द्रले विप्लवसंग एकता गर्ने 

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किरातीले अब व्यापक ध्रुवीकरणमा जाने बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष...

नाटक बोक्सीको घरलाई चलचित्रमा उतार्दै केकी

काठमाडौं । अभिनेत्री केकी अधिकारी यतिबेला आफूले निर्माण गर्ने नयाँ चलचित्रको तयारीमा व्यस्त छिन् । उनले यसअघि विशाल भण्डारीको निर्देशनमा चलचित्र ‘कोहलपुर एक्सप्रेस’ निर्माण...

कोरोना संक्रमणबाट योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको निधन

काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा रवीन्द्रकुमार शाक्यको कोभिड–१९ को सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज निधन भएको छ । कोरोनाबाट जटिलावस्थामा ललितपुरस्थित...

बिरामी बोकेको पिकअप त्रिशूलीमा खस्दा तीन बेपत्ता

काठमाडौं । प्युठानबाट बिरामी बोकेर काठमाडौँ जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका छन् । साथै एक जना घाइते भएका छन्...

भूमिमा रहेको द्वैध स्वामित्व सदाका लागि अन्त्य गरिने : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले वर्षौदेखी जटिल समस्याका रुपमा रहेको भूमिमा रहेको द्वैध स्वामित्व राज्यले सदाका लागि अन्त्य...

साताका लोकप्रिय समाचार

महासंघको चुनावमा चलचित्रबाट अशोक र आकाश

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी चयनका लागि यही १३ मंसिरमा निर्वाचन हुँदै छ । निर्वाचन तिथि नजिकिएसँगै उम्मेदवारहरूको व्यस्तता बढेको छ । यही...

नबन्दै भत्कियो सडकको नाला

सिन्धुली । कमलामाई नगरपालिकाद्वारा ठेक्का प्रक्रियामा बन्दै गरेको कमलामाई नगरपालिका वडा नंं. ५ को मधुटारदेखि सिलामे जाने सडकको नाला बनि नसक्दै भत्किएको छ ।...

प्रशासनमा देखिएका बेथितिमाथि अंकुश

निजामती प्रशासनका विभिन्न निकायमा कार्यरत प्रशासक विभिन्न इन्स्टिच्युटमा कक्षा लिन जाने कार्यमाथि सरकारले रोक लगाएको छ । यस्तो प्रक्रियालाई बेथितिका रूपमा लिएर ‘अफिस आवर’मा...

सभामुखबाट नवनिर्वाचित सांसद पाण्डेले लिए शपथ

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका नवनिर्वाचित सांसद मोहनबहादुर पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा...

प्रमाणित हुने बित्तिकै नेपालीले काेराेना बिरुद्धकाे खोप पाउँछन् : मन्त्री ढकाल

काठमाण्डाैं ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ विरुद्धको खोप प्रमाणित भएर बजारमा आउने कित्तिकै नेपाली नागरिकले प्रयोग गर्न पाउने विश्वास दिलाएकाे छ...

ट्रेन्डिङ

वेभ सिरिज निर्माणतर्फ अभिनेत्री अनुष्का

मुम्बई । पछिल्लो समय भारतमा पनि वेज सिरिज बनाउनेक्रम बढेको छ । अमाजोन, नेटफ्लिक्सलगायत थुप्रै भारतीय डिजिटल प्लेटफर्मले राम्रो पैसा दिने भएपछि सिनेकर्मीको ध्यान...

आज ९ जना थपिए, संक्रमितको संख्या ३०४ पुग्यो

काठमाडौं । कोरोना संक्रमित आज ९ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको प्रेस नोटअनुसार रौतहट इशनाथ...

कोरोना आशंकमा स्वास्थ्य केन्द्रमा भर्ना भएका तिनै जनामा कोरोना भेटिएन

कोरोना भाइरस(कोभीड–१९) को आशंकामा बाह्रविसे प्राथामीक स्वास्थ्य केन्द्रमा भर्ना भएका तिनै जनामा कोभीट नभएको परीक्षणबाट पुष्टी भएको...

धम्जामा धमाधम सडक स्तरोन्नती र ढलानको काम

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा सडक स्तरोन्नती, ढलान तथा नयाँ ट्रयाक खोल्ने काम धमाधम सुरु भएको छ । वडा कार्यालय भित्र...

कोरोनाबाट आमा गुमाएको शिशुलाई खतिवडाको ५१ हजार सहयोग

काठमाडौं । कोरोनाबाट पहिलो पटक नेपालमा ज्यान गुमाएकी सिन्धुपाल्चोककी एक महिलाको शिशुका लागि अमेरिकामा बस्दै आएका नेपाली युवा दिनेश खतिवडाले ५१ हजार १ सय...

टुकुचा मिचेर बनाइएका संरचना भत्काउने सरकारको तयारी, दायाँ बाँया हरियाली सडक बन्ने

काठमाडाैं । सरकारले काठमाडौंको मध्य सहरबाट बग्ने टुकुचा खोलाको संरक्षण र हरियाली प्रवर्द्धन शुरु गर्ने भएको छ । सोमबार बागबजारस्थित टुकुचा खोलाको स्थलगत अवलोकन...

निजी आवास अनुदानमा सरकार झनै लचिलो, अनुदान लिने समयसीमा फेरि थपियो

काठमाडौं । सरकारले भूकम्पपीडितका लागि दिइने अनुदानसम्बन्धी समयसीमामा झनै लचकता देखाएको छ । भूकम्पपछिको पुनर्निर्माणको क्षेत्रमा काम गर्दै आएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान लिने...

ढुक्क हुनुहोस्, थप ऊर्जा लिएर फर्किन्छु : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । दोस्रोपटक हुन लागेको मिर्गौला प्रत्यारोपणको पूर्वतयारी स्वरूप प्रधानमन्त्री ओली सोमबार बेलुकी...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

परालमा सुताएर स्लाइन दिइएको ७७ वर्षिय राईको अवस्था यस्तो छ

संखुवासभा । भोजपुरको षडानन्द नगरपालिका ३ खार्तम्छा चिचिला निवासी ७७ वर्षीय रामबहादुर राईको परालको ओछ्यानमा राखेर स्लाइन पानी दिइएको तस्विर भाइरल भयो । कतिले...

थप १ हजार ६१४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । देशभर आज थप १ हजार ६१४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख...

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु

काठमाडौँ । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र...

कोरोना संक्रमणबाट योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको निधन

काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा रवीन्द्रकुमार शाक्यको कोभिड–१९ को सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज निधन भएको छ । कोरोनाबाट जटिलावस्थामा ललितपुरस्थित...

भर्खरै

सिरहामा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

लहान । सिरहा–चोहर्वा सडकखण्डअन्तर्गत सिरहा नगरपालिका– १० पदमपुरमा आज साँझ बसले मोटरसइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । सिरहाबाट चोहर्वातर्फ जाँदै...

यस वर्ष जाडोमा तापक्रम औसतभन्दा बढी नै रहने

काठमाडौँ । मौसमविद् तथा वैज्ञानिकले यस वर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान गरेका छन् । जाडो समयमा तापक्रमको अवस्था कस्तो हुने...

सरकारको नेतृत्व परिवर्तन हुनै सक्दैन : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको नेतृत्व परिवर्तन हुनै नसक्ने बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले कुनै व्यक्ति वा...

प्रधानमन्त्री ओलीको मोदीलाई सन्देश : ‘सीमा समस्या वार्ताबाट समाधान गरौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पु-याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर...

धेरै पढिएका

बलिउड मोडल भन्छिन् : लुगा फेर्न लाग्दा निर्माता कोठामा आए

मुम्बई । ‘बिग बोस’ ९ बाट चर्चामा आएकी मोडल मन्दना करीमीले हिन्दी चलचित्र कोका कोलामा काम गर्दा निर्माता महेन्द्र धारीवालले यौन दुव्र्यबहार गरेको आरोप...

कक्षा १२ को परिक्षा सुरु, डेढ घन्टामा सकिने

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभरका ४...

करदातालाई फागुनसम्म आयकर बुझाउन सरकारको पुनः ताकेता

काठमाडौं । सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता गरेको छ । ६ वर्षयता...

सांसद प्रभु साहद्वारा महम्मदपुरमा ८ सय परिवारलाई ग्यास सिलिन्डर वितरण

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले चुनावी प्रतिबद्धता पूरा गर्दै गरुडा नगरपालिका–५ महम्मदपुरमा...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)