पूर्वप्रधानमन्त्री ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा रिहा गर्न अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा सरकारलाई कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश मेघराज पोखरेलको इजलासले सो आदेश गरेको हो । 

सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै लिखित जवाफ माग गर्ने आदेश गरेको हो । ओलीका तर्फबाट आइतबार श्रीमती राधिका शाक्यले बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी थिइन् ।  

शनिबार प्रहरीले २३ र २४ भदौको घटनामा छानबिनका लागि पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो । त्यसविरुद्ध परिवारका तर्फबाट सर्वोच्चमा गैरकानुनी रूपमा थुनामा राखेको भन्दै निवेदन परेको थियो ।यसअघि सर्वोच्चले पूर्वगृहमन्त्री एवं कांग्रेस नेता लेखकको निवेदनमा पनि कारण देखाऊ आदेश जारी गरेको थियो । 

तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ