काठमाडौं । स्थानीय बजारमा आज बुधबार पनि सुनचाँदीकोे मूल्य बढेको छ । आज सुन तोलामा सात हजार ४०० र चाँदी १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९४५ रुपैयाँ कायम भएको छ ।
हिजो मंगलबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८४५ कायम भएको थियो ।
सोमबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको चाँदी चार हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
गत आइतबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८६ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ७२० कायम भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।









