मधेशका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल

काठमाडौं । मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूसँग प्रधानमन्त्री बालेन शाहको छलफल शुरू भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार दिउँसो ३ बजेबाट छलफल शुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मंगलबार प्रधानमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए । त्यसअघि सोमबार उनले कोशी र कर्णाली प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए ।

सम्बन्धित निर्वाचन क्षेत्रका मुख्य समस्याहरू पहिचान गर्ने र समाधानका उपायहरू पहिल्याउने उद्देश्यले छलफल अगाडि बढाइएको सचिवालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

epaper

ताजा समाचार

नयाँ वर्षमा आएका दुई चलचित्रकै व्यापार कमजोर