मुम्बई । दिल्ली उच्च अदालतले बलिउड अभिनेत्री ऋचा चड्ढालाई उनले सामाजिक सञ्जालमा राखेको एक श्रव्य दृश्यको लागि अदालतमा हाजिर हुन निर्देशन दिएको छ । त्यो श्रव्य दृश्यमा यी अभिनेत्रीले आफूलाई छेड छाड गर्ने भनेर एक पुरुषलाई सम्बोधन गरेकी थिइन् । ऋचाको अतिरिक्त, अदालतले एक पत्रकारलाई पनि पत्र काटेर हाजिरको लागि आदेश दिएको छ । त्यो श्रव्य दृश्य साझा गर्ने धेरैलाई अन्य प्लेटफर्महरूबाट त्यो पोस्ट हटाउन पनि निर्देशन दिएको छ ।
बलिउड अभिनेत्री ऋचा चड्ढाले सामाजिक सञ्जालमा साझा गरेका पोस्टले विमानमा भएको घटनापछि यौन दुव्र्यवहारको आरोपमा आधारित एक पुरुषलाई छेड छाड गर्ने व्यक्तिको रूपमा वर्णन गरेको छ ।
एक व्यक्तिले अभिनेत्री ऋचा चड्ढा, एक स्वतन्त्र पत्रकार, मेटा प्लेटफर्म, इन्डिगो एयरलाइन्स विरुद्ध दायर गरेको मानहानिको मुद्दाको सुनुवाइका क्रममा अदालतले यस्तो निर्देशन दिएको हो ।
यो विवाद मार्च ११ मा भएको घटनाबाट उत्पन्न भएको हो । दिल्लीबाट मुम्बईको उडानको क्रममा, एक महिला स्वतन्त्र पत्रकार (पहिलो प्रतिवादी) ले वादीलाई उडानको बिचमा दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । मुद्दाका अनुसार, वादीले सबै आरोपहरू अस्वीकार गरेका छन् ।
न्यायाधीश विकास महाजनले अभिनेत्री ऋचासहित विभिन्न व्यक्तिहरूले सामाजिक सञ्जालमा राखेका यस्ता बनावटी कथाहरूले समाजमा विकृति ल्याएको आफ्नो आदेशमा उल्लेख गरेका छन् । यस्ता भिडियोले स्पष्ट रूपमा एफआईआरको दायरा उल्लंघन गरेको पनि उनले बताएका छन् । उनले भने कि यस्ता पोस्टहरूले एफआईआरमा लगाइएका आरोपहरूको रिपोर्ट मात्र गरेनन्, समय पूर्व नै मुद्दामा आफ्नो फैसला पनि जारी गरेको देखिन्छ । अदालतले यस शृंखलाका धेरै पोस्टहरूमा कडा आपत्ति जनाउँदै हटाउन र पोस्ट राख्नेहरूलाई दण्डित गर्न पनि कदम चालेको उनले बताए । अभिनेत्री ऋचाले साझा गरेका यस पोस्टलाई ‘सामाजिक सञ्जालको सबैभन्दा आपत्तिजनक र अनावश्यक प्रयोग’को रूपमा अदालतले व्याख्या गरेका पनि न्यायाधीश महाजनले आदेश पत्रमा उल्लेख गरेका छन् । जसले मुद्दाको तथ्य प्रमाणित नगरी मुद्दालाई सनसनीपूर्ण बनाउने प्रयास गरेको उनको तर्क छ ।
अदालतले भन्यो, ‘सान्दर्भिक सामाजिक सञ्जाल पोस्टले वादीलाई दुव्र्यवहार गर्ने भनेर उल्लेख गर्दछ, र यो शब्द उनको फोटो माथि ठुला अक्षरमा लेखिएको छ। फोटोमा वादीको नाम र उनको रोजगारदाताको नाम पनि समावेश छ । पहिलो नजरमा, यो अनलाइन मानहानिको मुद्दा हो, जसले वादीलाई सार्वजनिक उपहास र प्रतिष्ठामा हानि पु¥याउन सक्छ ।’
एक महिलाले ‘एक्स’ लाई आरोप लगाउँदै पोस्ट गरेपछि यो विवाद बढेको हो । एफआईआर दायर हुनुभन्दा पहिले नै यस पोस्टमा वादीको पहिचान, फोटो र व्यावसायिक जानकारी सार्वजनिक गरिएको थियो । त्यसपछि, उक्त पोस्टलाई अभिनेत्री रिचा चड्ढाले आफ्नो सामाजिक सञ्जालमा साझा गरिन् । क्रमशः धेरैले यसलाई सामाजिक सञ्जालमा साझा गरे । उनीहरूले सामग्री पुनः पोस्ट गर्दै टिप्पणी गरे, ‘यसलाई अझ धेरै शेयर गरेर भाइरल बनाउनु होला ।’
अदालतले अभिनेत्री ऋचासहित अन्यलाई अन्तरिम आदेश जारी गरेको छ । जसले सामाजिक सञ्जालका पोस्ट र समाचार रिपोर्टहरूले उनलाई समय पूर्व दोषी ठहराएको कुरा उनको मर्यादा र निष्पक्ष मुद्दाको अधिकारको उल्लंघन गरेको उल्लेख ग¥यो । यसरी अभिनेत्री ऋचा सामाजिक सञ्जालमा एउटा श्रव्य दृश्य कथा साझा गर्दा अहिले अदालतको फन्दामा परेकी छिन् ।






