डडेलधुरा । गन्यापधुरा गाउपालिकाले आफै भिटिएम किट खरिद गरि क्वारेन्टाईनमा रहेका व्यक्तिहरुको स्वाव संकलन गरि परिक्षण शुरु गरेको छ ।
जिल्लामा किट अभाव हुदाँ विभिन्न स्थानीय तहहरुका क्वारेन्टाईनहरुमा रहेका व्यक्तिहरको परिक्षण हुन सकेको छैन तर, गन्यापधुरा गाउपालिका डडेल्धुराले भने आफै भिटिएम खरिद गरि स्वाब संकलन गरिरहेको छ ।
भारतका विभिन्न शहरहरुबाट आएर क्वारेन्टाइन १४ दिनभन्दा बढी बसेका ६३ जनाको शनिबार स्वाब संकलन गरिएको गन्यापधुरा गाउपालिकाका अध्यक्ष नवल बहादुर मल्लले बताए ।
गाउपालिकाले देश लकडाउन हुने वित्तिकै आफ्नै लगानीमा ९० वटा भिटिम किट खरिद गरि राखेको हो लक डाउनको शुरुवातमै किट किनेकोले हाल क्वारेन्टाईनमा रहेका व्यक्तिहरुको परिक्षण गर्न पाईएको गाउपालिका अध्यक्ष मल्ले बताए ।
गाउपालिकाले स्वाव संकलन गरिएका व्यक्तिहरुको रिर्पोटका आधारमा घर पठाउने बताएको छ । जिल्लामा भिटिएम खरिद गरि स्वाब संकलन गर्ने पहिलो स्थानीय तह गन्यापधुरा गाउपालिका रहेको छ ।
गाउपालिकाले शनिबार १४ दिन क्वारेन्टाईन पुगेका व्यक्तिहरुको स्वाव संकलन गरेको भए पनि भारतबाट आउने व्यक्तिहरुको संख्या बढ्दै गएको र क्वारेन्टाईनहरु व्यवस्थापनमा सजिलो होस भन्दै अव देखी क्वारेन्टाईन बसेको ९÷१० पुगेको व्यक्तिहरुको स्वाब संकलन गर्ने र रिर्पोटका आधारमा घर पठाउने व्यवस्था गरिएको समेत अध्यक्ष मल्लले बताए ।
भारतका विभिन्न शहर हुदै गौरीफन्टा नाका र गड्डाचौकी नाका भएर आएका ९ सय ४२ जना हाल गन्यापधुरा गाउपालिकाका विभिन्न क्वारेन्टाईनहरुमा रहेका छन् ।
भारतको गौरीफन्टा नाका र गड्डाचौकी नाकाबाट करिब चार हजार मानिसहरु डडेल्धुराका ७ वटा स्थानीय तहमा भित्रिएका छन् र अझै आउने क्रम जारी रहेको स्थानीय तहहरुले बताएका छन् ।