अहिलेको संकटपुर्ण अवस्थामा सबै जिम्मेवार बनाै : प्रभु साह

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रणका लागि अहिलेको संकटपुर्ण अवस्थामा सबै जिम्मेवार हुनुपर्ने बताएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुक मार्फत उनले सबैको संयमित, अनुशासित एवं एकताबद्ध जिम्मेवारीले अहिलेको महासंकटमाथि बिजयी प्राप्त गर्न सकिने जनाएका छन् ।

बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि अहिलेको संकटपुर्ण अवस्थामा पक्ष वा विपक्षीको मानसिकताबाट माथि उठेर सहकार्य गर्दै अगाडी बढनुपर्ने समय रहेको नेता साहले जनाएका छन् ।

‘यो संकटको समयमा पक्ष–विपक्षको मानसिकताबाट माथी उठेर आफुले गरिरहेको कार्यको के कस्तो प्रभाव पर्न सक्छ ? भने समेतको आकलन गरेर मात्र बिरोध वा समर्थन गर्न जरुरी छ’ साहले भने, ‘आकस्मिक रूपमा पैदा भएको अहिलेको यो महासंकटमा सबै संयमित, अनुशासित एवं एकताबद्ध भई जिम्मेवारपूर्ण ढंगले अघि बढ्न तथा यस महाविपत्तिमाथि विजय प्राप्त गर्न हार्दिक अनुरोध गर्दछु ।’

पुर्व मन्त्री तथा सांसद रहेका नेकपा नेता साहले कोरोना संक्रमण रोकथाम र नियंत्रणको लागि लकडाउन मार्फÞत सामाजिक दूरी कायम गर्ने र कोरेनटाईन मार्फत बिरामी पहिचान गर्ने जस्ता उपाय अहिलेसम्मको सबैभन्दा उपयुक्त उपाय देखीएकोले कोरेनटाईन निर्माण बिश्व स्वास्थ्य संगठनले तयार गरेको मापदण्ड बमोजिमको भरपर्दो एवं व्यवस्थित हुनुपर्ने बताएका छन् ।

नेपाल सहित बिश्वमै अकास्मिक रुपमा आएको कोरोनाको नियन्त्रण एवं सामना गर्न बिकाशोन्मुख देश र ग्रामिण क्षेत्रका लागि चुनौती बनेको उनको ठहर छ ।

‘बलियो पूर्वाधारहरुको कमी हामी जस्तो विकाशोन्मुख देश र त्यसमा पनि मुख्यतः ग्रामीण क्षेत्रहरुका लागी तुलनात्मक रुपमा थप कष्टकार एवं चुनौतीपूर्ण हुनु स्वभाविक छ’ साहले भने, ‘त्यसका बाबजूद पनि अहिलेको संवेदनशील समयमा विभिन्न अभाव, दबाव र जटिलताहरुका बिच स्थानीय तहहरुले स्थानीय स्तरमा उपलब्ध साधनस्रोत, जनशक्ति र भौतिक पूर्वाधारहरूको उच्चतम सदुउपयोग गरिएको छ ।’

अध्ययन–अध्यापनको लागी निर्माण गरिएका मुख्यतः सरकारी र सार्वजनिक विद्यालयहरुको भवनलाई तत्काल आवासीय भवनमा रुपान्तरण गरी युद्ध स्तरमा कोरेनटाईनहरु निर्माण गर्दै सञ्चालनमा ल्याइएको उनले जनाएका छन् ।

यि कार्य आफैंमा पनि प्रशंशनीय भए पनि केहि मौकापरस्त, पूर्वाग्रही तथा गैरजिम्मेवार व्यक्तिहरु बिषयको गम्भीरतालाई नबुझेर भ्रमपूर्ण प्रचारमा उद्धत रहेको उनले जनाएका छन् ।

अहिलेको यस महासंकटको घडीमा समेत कोरेनटाईनलाई सुविधासम्पन्न होटल तथा आधुनिक अस्पतालसंग तुलना गर्दै कोरेनटाईन भित्र तथा बाहिर रहेका आम सर्वसाधारण मानिसहरूलाई भड्काउने तथा समाजमा विद्वेष र आरजकता फैलाउने कार्यमा समेत केही व्यक्ति लागेको प्रति उनले गम्भीर आपत्ति जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 207 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बैतडीको सुर्नया १ मा एमाले र शिवनाथ १ मा कांग्रेस प्यानल सहित विजयी