Thursday, August 5, 2021
HomeBreaking Newsसबैको पीसीआर परीक्षण निःशुल्क गर्न सर्वाेच्चको आदेश

सबैको पीसीआर परीक्षण निःशुल्क गर्न सर्वाेच्चको आदेश

,
sharethis

काठमाडौं । सर्वोच्च अदालतले क्वारेन्टिनमा रहेका सम्पूर्ण व्यक्तिको अविलम्ब पीसीआर विधिबाट निःशुल्क स्वास्थ्य परीक्षण गर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । साथै क्वारेन्टिनमा रहेकाको हकमा आवश्यक पर्ने स्वास्थ्य सेवा र सुरक्षा प्रबन्ध मिलाउन भनिएको छ ।

अधिवक्ता पुण्यप्रसाद खतिवडासमेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले सो आदेश जारी गरेको हो । क्वारेन्टिनमा रहेकालाई सामाजिक दूरीको मान्यतालाई कायम राखी गर्मी मौसम भएकाले लामखुट्टेलगायतबाट हुन सक्ने संक्रमणबाट जोगाउन आदेशमा उल्लेख छ ।

विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डअनुसार प्रत्यक्ष र अग्रिम पंक्तिमा रहेर स्वास्थ्य सेवा उपलब्ध गराउने चिकित्सक, नर्स, स्वास्थ्य सेवामा खटिएका कर्मचारी, सफाइकर्मी तथा आम जनसमुदायसँग प्रत्यक्ष सम्पर्कमा रहने सुरक्षाकर्मीलाई आवश्यक पर्ने पोसाक, वस्तु, उपकरणलगायत सम्पूर्ण सामग्री पर्याप्त मात्रामा निःशुल्क अविलम्ब उपलब्ध गराउन भनिएको छ ।

सर्वोच्चले आधारभूत स्वास्थ्य सेवा संविधानमा नै मौलिक हकका रूपमा रही निःशुल्क भएको, सरुवा रोगलाई आधारभूत सेवाभित्र पारी निःशुल्क रहेको भन्ने कुरा जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ३(४) मा पनि उल्लेख भएको जनाउँदै क्वारेन्टिन अवधिभर बसेका व्यक्तिलाई निःशुल्क भोजन, पानीको अतिरिक्त सामाजिक दूरी कायम गरी उचित तवरले बस्ने, सुत्ने र शौचको प्रबन्ध गर्न पनि भनेको छ । त्यस्तै, सिटामोललगायत औषधिहरू, मास्क र चिकित्सकीय मास्क, गुणस्तरीय ह्यान्ड स्यानिटाइजर निःशुल्क रूपमा आवश्यक पर्ने व्यक्तिलाई अविलम्ब उपलब्ध गराउन पनि भनिएको छ ।

नेपालको संविधानको धारा १६ मा प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने हक रहेको उल्लेख गर्दै सर्वोच्चले आदेशमा भनेको छ, ‘बाँच्न पाउने संविधानप्रदत मौलिक हकअन्तर्गत नागरिकको अमूल्य जीवनको रक्षा गर्न सकिएन भने उसका लागि राज्य, सरकार र संविधानको कुनै अर्थ हुँदैन ।’

‘साथै मानिसको बाँच्न पाउने हकमा राज्य र सरकार उदासीन हुन पाउँदैन,’ सर्वोच्चको आदेशमा भनेको छ ।

(Visited 185 times, 1 visits today)

आजको समाचार

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

तेस्रो लहरविरुद्ध डटौं

नेपालमा आउने भनिएको कोरोना महामारीको तेस्रो लहर आइसकेको संकेत चिकित्सकहरूले गरिसकेका छन् । यो एक सातामा काठमाडौंलगायत अन्य स्थानका स्वास्थ्यसंस्थामा संक्रमित बिरामीको थेगिनसक्नु आगमनसँगै...

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

साताका लोकप्रिय समाचार

झलनाथ खनालकाे मृगाैला प्रत्याराेपण सफल

  काठमाडाैं ।  नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता खनालको मिर्गौला प्रत्यारोपण गरिएको हो...

४१०७ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाकाे निधन

  काठमाडाैं ।  पछिल्लो २४ घण्टामा थप ४१०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुनाको पीसीआर...

उपभोक्ताको स्वाथ्यममाथि चरम खेलबाड

काठमाडौं । उद्योगीले बजारमा गुणस्तरहीन खाद्यसामग्री बिक्रीवितरण गरी उपभोक्ताको स्वाथ्यमा खेलबाड गर्ने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष...

ऐतिहासिक आँखी झ्यालबाट नेपालको अर्थ–राजनीति

नेपालको अर्थराजनीतिलाई ऐतिहासिक दृष्टिकोणबाट नियाल्दा विभिन्न कालखण्डमा भएका राजनीतिक विद्रोह तथा सामाजिक आन्दोलनमार्फत परिवर्तन आएको पाइन्छ । नेपाल समावेशी, संविधानवादको मूल्य मान्यतामा आधारित, समाजवाद...

गोरखा प्यानलबाट छुट्टिएपछि नेपाल इको प्यानल

काठमाडौं । इँटाले उत्पादनशील माटोको नाश गर्ने भन्ने बुुझेपछि यसको विकल्पमा वातावरणमैत्री निर्माण सामग्री कसरी बनाउन सकिन्छ भनेर सोधखोजमा लागेका इन्जिनियर कृष्णभक्त दुवाल तब...

ट्रेन्डिङ

कठ्यांग्रिँदो स्याँठ छल्न न्यानोपन

लप्से (ललितपुर) । ‘बत्तीमुनिको छायाँ’ मानिने दक्षिण ललितपुर लप्सेस्थित देउराली आधारभूत विद्यालयका ३५ विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएको छ । जाडोबीच सहज पठनपाठनका लागि कक्षा...

सभामुखलाई कानुनविदहरुले दिए यस्ता सुझाव

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटालाई संविधानको परिधिभित्र रही प्रतिनिधिसभा जोगाउने भूमिकामा जनमत सिर्जना गर्ने कार्यमा केन्द्रित रहन सुझाव दिइएको छ । संविधानको धारा ७६ (५)...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)