Friday, April 23, 2021
Home Editor-Picks १० हजार भेन्टिलेटर ‘स्ट्यान्डबाई’ राख्न सुझाव

१० हजार भेन्टिलेटर ‘स्ट्यान्डबाई’ राख्न सुझाव

,

काठमाडौं । नेपालमा आगामी तीन महिनासम्म कोरोना भाइरस संक्रमणको दर अझै बढ्ने र संक्रमित गम्भीर अवस्थामा पुग्न सक्ने भएकाले कम्तीमा १० हजार भेन्टिलेटर स्ट्यान्डबाई राख्नुपर्ने स्वास्थ्यसम्बन्धी अनुसन्धानकर्ता तथा चिकित्सकले सरकारलाई सुझाव दिएका छन् । अहिले देशभरमा १ हजार ५ सय ९५ आइसीयू बेड र ८ सय ४० वटा भेन्टिलेटर मात्रै छन् । पछिल्लो समयमा नेपालमा कोरोना भाइरस संक्रमणको दर एक्कासि बढ्दै जान थालेकाले यसले भयावह रूप लिन सक्ने भन्दै सरकारले विशेष सतर्कता अपनाउनुपर्नेमा अनुसन्धानकर्ताले जोड दिएका हुन् ।

चीनको योङ्ची मेडिकल कलेज वुहानका रिसर्च स्कलर डा. रमेश आचार्यले नेपालमा आगामी तीन महिना (जुन, जुलाई र अगस्ट)मा जोखिम अझै बढेर जान सक्ने र भेन्टिलेटरको अभावमा मृत्युदर बढ्न सक्ने भन्दै कम्तिमा १० हजार भेन्टिरलेटर स्ट्यान्डबाई अवस्थामा राख्नुपर्ने सुझाव दिएका छन् ।

‘भारतसँगको सीमा नाका व्यवस्थापन गर्न नसक्दा हजारांैको संख्यामा संक्रमित नेपाल भित्रिसकेका छन्, उनीहरूकै कारण नेपालमा जोखिम अझै बढेर जाने देखिएको छ,’ डा. आचार्यले राजधानीसँग भने ।

– १० हजार चिकित्सक र ५० हजार नर्स तयारी अवस्थामा राख्नुपर्ने
– नेपालमा जुन, जुलाई र अगस्ट थप चुनौतीपूर्ण
– सयवटा पीसीआर मेसिन अत्यावश्यक
– ७७ वटै जिल्लालाई ‘हाइरिस्क जोन’मा राख्नुपर्ने
– भारतबाट अझै २ लाख फर्कन सक्ने

‘नेपालका लागि आगामी जुन, जुलाई र अगस्ट अत्यधिक चुनौतीपूर्ण छ । सरकारी निकायले रातदिन नभनी परिणाम निस्कने गरी काम गर्नुपर्छ,’ वुहानदेखि नै कोरोना भाइरसको जोखिम र बच्ने उपायबारे अध्ययन गर्दै आइरहेका डा. आचार्यले भने ।

आचार्यले संक्रमणसँग जुध्ने सरकारको हालको तयारी निकै फितलो भएको बताउँदै सरकारले अहिलको जस्तै काम चलाउ तयारी गरेमा आगामी तीन साताभित्र स्थिति नियन्त्रण बाहिर जान सक्ने चेतावनी दिए ।

‘फितलो सतर्कता, ट्रेसिङ र टेस्टिङ प्रभावकारी हुन नसक्दा समस्या झनै बढेर गएको छ,’ आचार्यले भने । डा. आचार्यले भावी संकटबाट बच्न कम्तीमा १० हजार चिकित्सक, ५० हजार नर्स, ढेड लाखको संख्यामा युवा स्वयंसेवी आवश्यक पर्ने बताए ।

आचार्यले सीमा क्षेत्रमा तत्काल अस्थायी अस्पताल बनाउनुपर्ने बताए । अनुसन्धाताका अनुसार नेपालमा कम्तिमा सयवटा पीसीआर मेसिनबाट टेस्ट विस्तार गर्नुपर्छ । भारतीय सीमा क्षेत्र जोडिएका जिल्लामा कम्तिमा ५० हजार पीसीआर टेस्ट र १ लाख आरडीटी टेस्ट गर्नुपर्छ । डा. आचार्यले अब ७७ वटै जिल्लालाई हाई रिस्क जोनमा राखी सबै किसिमका सुरक्षा विधि अपनाउन आवश्यक रहेको बताए । आचार्यले विगत तीन साताको समयमा भारतबाट १ लाख १९ हजार नेपाली स्वदेश फिर्ता भइसकेको र उनीहरुलाई व्यवस्थित क्वारेन्टिनमा राख्न नसकिएकाले समस्याले विकराल रूप लिइरहेको बताए ।

‘अबको एक महिनाभित्र ढेडदेखि २ लाख नेपालीहरु भारतबाट आउने विभिन्न अध्ययनले देखाएको छ । उनीहरुको व्यवस्थापन हुन नसके स्थिति झनै भयावह हुनेछ,’ डा. आचार्यले भने ।

नेपाल ल्याइने व्यक्तिलाई के गर्ने ?
सरकारले विभिन्न देशमा गएका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरिसकेको छ । सोअनुसार पहिलो चरणमा झन्डै २५ हजारलाई फर्काउने तयारीसमेत गरिसकेको छ । डा. आचार्यले विदेशबाट आउनेलाई दुई साताभित्रै ल्याइसक्नुपर्ने बताए ।

‘उनीहरूलाई नेपाल आइसकेपछि दोस्रो दिनदेखि नै पीसीआर टेस्ट गर्ने तथा २८ दिन क्वारेन्टिनमा राख्नुपर्छ,’ डा. आचार्यले राजधानीसँग भने, ‘क्वारेन्टिनमा राखे पनि प्रत्येक हप्ता टेस्ट गर्नुपर्छ ।’

डा. आचार्यले विदेशमा बसेकालाई सम्बन्धित देशको दूतावासमार्फत दुई साताको समय दिने र सो समयभित्र नआएमा नेपाल फिर्ता गर्न नहुने बताए ।

स्थानीय तहमा के गर्ने ?
डा. आचार्यले कोरोना जोखिम न्यूनीकरणमा स्थानीय तहको महŒवपूर्ण भूमिका हुने बताए । उनले स्थानीय तहको जनसंख्या, क्षमता र बाहिरबाट आएका मानिसको अवस्था हेरेर स्थानीय तहमा २५ बेडको आईसीयू सुविधासहितको अस्पताल निर्माण गर्न जरुरी रहेको जनाए । उनले देशैभरका सबै सरकारी अस्पतालमा कम्तिमा १ सय बेड थप गर्ने र सबै जिल्लामा सरुवा रोग अस्पताल निर्माण गर्न आवश्यक बजेट विनियोजन गर्न सुझाव दिए ।

जोखिमबाट बच्न डा. आचार्यका सुझाव
– देशैभर प्रेसर, सुगर, दम र मिर्गौलाका रोगीको पहिचान गरी आइसोलेसनमा राख्न लगाउने
– अस्पतालमा आउने सबै प्रकारका रोगीको पीसीआर टेस्ट नगरी अस्पताल भर्ना नगर्ने
–पीसीआर रिपोर्टबिना एक जिल्लाबाट अर्को जिल्लामा जान नदिने
– क्वारेन्टिनबाट भाग्नेलाई कम्तीमा तीन महिना जेल राख्ने नियम बनाउने
– देशैभर क्वारेन्टिनमा भएका व्यक्तिमा प्रत्येक दिन ज्वरो, प्रेसर र दम भए–नभएको रेकर्ड राख्ने
– कम्तीमा २० हजार स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई ट्रेनिङ दिई ट्र्याकिङ, ट्रेसिङ र टेस्टिङमा खटाउनुपर्ने

(Visited 2,495 times, 1 visits today)
Loading comments...

आजको समाचार

एमाले बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण...

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

‘ओलीले जाली कुरा गरे, उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्न’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूसँगको वार्तामा जाली कुरा गरेको बताएका छन् । उनले शुक्रबार...

साताभर ३२ अर्बको सेयर कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३२ अर्ब सेयर कारोबार भएको छ । सेयर बजार सूचक नेप्सेले भने गत साताको तुलनामा ८७.४५...

कस्तुपको सिलौटोमा कुलेन्द्र, रामजी, ज्योति र प्रीति

काठमाडौं । कलेन्द्र बिक, रामजी खाँड, ज्योति मगर र प्रीति आले आफैंमा गायक गायिका हुन् । तर, यतिबेला लोकदोहोरीका यी चार हस्ती एउटा लोकदोहोरी...

साताका लोकप्रिय समाचार

पार्टी एकता जोगाउन खनाल-नेपालसहित १५ नेताको सयुक्त अपिल

काठमाडाैं ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन् । नेपाल...

नेपाल र नेदरल्यान्ड्स फाइनलमा

काठमाडौं । मलेसिया र नेदरल्यान्ड्सले बराबरी खेलसँगै घरेलु टोली नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । वर्षाले प्रभावित खेलमा मलेसियालाई जितका...

सभापति देउवाद्वारा सांस्कृतिक पुस्तक लोकार्पण

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खोजमूलक सांस्कृतिक ग्रन्थ ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ पुस्तक लोकार्पण गरेका छन् । देउवाले नुवाकोटका साहित्यकार श्रीराम...

पार्टीको ह्वीप उलंघन गर्ने तीन सांसद पार्टीबाट निष्कासित

काठमाडौं । संसदीय दलको ह्वीप उल्लंघन गर्दै कर्णालीमा रहेको माओवादी सरकारको पक्षमा मतदान गर्ने तीन जना सांसदलाई एमालेले पार्टीबाट निष्कासित गरेको छ । एमाले...

थप ९०० मा कोरोना सङ्क्रमण पुष्टि

काठमाडाैं ।  देशभर पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार पछिल्लो समय ६ हजार...

ट्रेन्डिङ

टिकाको दिन कुमार बिकको खुट्टा छिनाउने पक्राउ

तुलसीपुर । तुलसीपुरमा खुट्टा छिनाल्ने घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका...

अख्तियारका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत १५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । आइतबार १ सय ८२ जनाको स्वाब संकलन गरिएकोमा १५...

पाँच लाखको अक्षय कोषको स्थापना

सर्लाही  । सर्लाहीको लालबन्दी नगरपालिकामा रहेको जन ज्योती बहुमुखि क्याम्पसमा गरिब , असहाय , दलित, तथा जेहन्दार बिद्यार्थीहरुको लागि पाँच लाखको अक्षय कोषको स्थापना...

३८ लाख ग्राहकलाई विद्युत् महसुलमा २० प्रतिशत छुट

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ३८ लाख घरायसी ग्राहकलाई २० प्रतिशत विद्युत् महसुलमा छुट दिने भएको छ । १ सय ५० युनिटसम्म विद्युत्...

प्रधानमन्त्रीका तीन सल्लाहकार सङ्क्रमणमुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा कोरोना सङ्क्रमण मुक्त हुनुभएको छ...

गीतकार उपाध्यायले बनाए ५१ विश्व कीर्तिमान

काठमाडौं । गीत संगीतबाटै विश्वमा सबैभन्दा बढी विश्व रेकर्ड कायम गर्ने व्यक्तिको सूचीमा नेपाली गीतकार डीआर (धर्मराज) उपाध्याय परेका छन् । उनले गीत संगीतसम्बन्धी...

सरकार, निजी क्षेत्र र जनताको सहकार्य जरुरी

नेपालमा दोस्रो चरणको कोरोना संक्रमणसँगै यसको रोकथामका लागि सरकारले उद्योगी, व्यवसायी, निजी क्षेत्र तथा आमजनतासँग एकताबद्ध भएर अघि बढ्न अपिल गरे पनि अपेक्षाकृत सहयोग...

ओली समुह काठमाडौमा रनभुल्ल, दाहाल नेपाल समुह जिल्लामा सक्रिय

सिन्धुपाल्चोक । केन्द्रमा पार्टी आधिकारिकताको विवाद पेचिलो बनिरहदा सिन्धुपाल्चोकमा भने नेकपाका नेताहरु पार्टी सुद्धिढीकरणको अभियान लिएर बस्ती बस्तीमा पुग्न सुरु गरेका छन् । सिन्धुपाल्चोक प्रचण्ड–माधव...

नेप्सेमा नकारात्मक सर्किट, कारोवार स्थगित

काठमाडौँ । कूल छ प्रतिशत बढीले ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले शेयर कारोवार स्थगित गरेको छ । मंगलबार र बुधबार लगातार छ प्रतिशत बढीले...

राष्ट्रवादी नागरिक समाजले शक्ति प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रवादी नागरिक समाजले राजसंस्था पुनर्बहालीका लागि शक्ति प्रदर्शन गर्ने भएको छ । आगामी १८ पुसमा रत्नपार्कमा दिउँसो १२ बजे शक्ति प्रदर्शन गर्ने समाजले...

कोरोनाबाट थप २९ जनाको मृत्यु, मृतकको संख्या १५०८ पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट थप २९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या १...

ज्यान मार्ने उद्योगमा फरार अभियुक्त तुलसीपुरमा पक्राउ

तुलसीपुर । ज्यान मार्ने उद्योगमा फरार रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर –१२ निबासी २० बर्षको निराजन खड्का र...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)