यू–१९ टेबल टेनिस टोली भारत प्रस्थान, धनगढीमा भव्य विदाइ

धनगढी । भारतमा हुने साउथ एशिया युथ च्याम्पियनसिप २०२६ मा सहभागी हुन जाने नेपालको यू–१९ टेबल टेनिस टोलीलाई धनगढीमा भव्य स्वागतसहित विदाइ गरिएको छ ।

इन्टरनेशनल टेबल टेनिस फेडरेशन र एशियन टेबल टेनिस युनियनअन्तर्गत सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी हुन लागेको टोलीलाई शनिबार एक औपचारिक कार्यक्रममार्फत सफल यात्राको कामना गर्दै विदाइ गरिएको हो ।

धनगढी पुगेको टोलीले यहाँको खेल पूर्वाधार, प्रशिक्षण वातावरण तथा स्थानीय तहको सक्रियताको प्रशंसा गरेको छ । खेलाडीहरूले धनगढीले खेलकुदलाई प्राथमिकतामा राख्दै गरेको प्रयासले आफूहरूलाई थप प्रेरणा मिलेको बताएका छन् ।

कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीहरू राष्ट्रका गौरव भएको उल्लेख गर्दै उत्कृष्ट प्रदर्शनमार्फत देशको नाम उच्च राख्न शुभकामना व्यक्त गरे ।

प्रतियोगितामा सहभागिताले नेपाली युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय अनुभव, सीप विकास र आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

epaper

ताजा समाचार

दाम उठ्यो, हिसाब छुट्यो—३८ लाख कसरी फुट्यो?