पूर्वी नवलपरासीमा थप ३ जनामा कोरोना संक्रमण

नवलपुर । पूर्वी नवलपरासीमा सोमबार थप ३ जनामा कोरोनो संक्रमण देखिएको छ । सोमबार गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा कावासोती ठेगाना भई कावासोती कै क्वारेन्टाइनमा रहेका २ जना २२ र ३६ बर्षीय पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

त्यसैगरी विनयी त्रिवेणी गाउँपालिकाका १४ बर्षीय पुरुषमा पनि सोमबार कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यो सँगै नवलपुरमा ९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ भने १ जना महिला उपचार पछि संक्रमण मुक्त भएर फर्किएका छन् ।

नवलपुरमा सोमबारको तथ्यांक सहित अहिलेसम्म देवचुली नगरपालिकामा ५ जना विनयी त्रिवेणी गाउँपालिकामा २ जना र कावासोती नगरपालिकामा २ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २७ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जसपा नेपाल निर्वाचनमा एक्लै लड्ने

कुरी-कुरी