उषा खड्गीको जाहेरीपछि जीपी तिमल्सिना पक्राउ

काठमाडौं । पूर्वपत्नी समेत रहेकी पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीको उजुरीपछि सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ परेका छन । अभद्र व्यवहार लगायतको कसुरमा उषाले सोमबार भक्तपुर प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् । साथै, जीपीविरुद्ध धम्की र कुटपिटको प्रयास गरेको आरोप पनि लगाइएको छ । जाहेरीपछि प्रहरीले सोमबार दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो ।

छलफलमा कुरा नमिलेपछि कानुनी प्रक्रियामा अघि बढ्न तिमल्सिनालाई मंगलबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । १७ चैतमा फेसबुकमार्फत उषाले आफूलाई सुरक्षा चाहिएको बताउँदै नयाँ सरकारले आफूलाई न्याय दिनुपर्नेसहितका श्रृंखलाबद्ध फेसबुक स्टाटस लेखेकी थिइन् । उनले त्यतिबेला प्रहरी, प्रशासनमा शान्ति सुरक्षा माग्दै उजुरी दिने संकेत पनि गरेकी थिइन् ।

उनले अंशवण्डाको कुरा उठाउँदै आफूले न्याय पाउनुपर्ने र आफ्नो जीवनमा हस्तक्षेप हुन नहुने बताएकी थिइन् । २०७९ जेठ २६ गते उषा र जीपीबीच जिल्ला अदालत काठमाडौं मा सम्बन्धविच्छेद भएको थियो । अलग भएको ६ महिनापछि त्यतिबेला अंशवण्डाको टुंगो नलाग्दै सोहीवर्षको मंसिर १९ मा प्रेमिका सविना अधिकारीसँग जीपीले दोस्रो विवाह गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 402 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ